ट्रेंडिंग:

>> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> कस्को कति मत ? (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला >> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित >> सुदूरपश्चिमका १६ क्षेत्रबाट चुनाव लड्न कांग्रेसमा सयभन्दा बढी आकांक्षी, देउवा र बडू मात्रै सर्वसम्मत >> एमाले मतदान अपडेट : अब १०० मत खस्न बाँकी >> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह

माओवादी आन्दोलन नै परिवर्तनको जग र समाजवादको मार्ग भएको दावी

२ फाल्गुन २०८१, शुक्रबार
२ फाल्गुन २०८१, शुक्रबार

बुटवल, २ फागुन ।

दश वर्षे “जनयुद्ध” नै नेपालमा परिवर्तनको आधार भएको कम्युनिष्ट नेताहरूले बताएका छन्। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले बिहीबार बुटवलमा आयोजना गरेको “जनयुद्धको उपलब्धि र सीमा” विषयक अन्तत्र्रिmयामा वक्ताहरूले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता जस्ता ऐतिहासिक उपलब्धिहरू माओवादी युद्धकै उपज भएको बताएका हुन्।

कार्यक्रममा बोल्दै नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य वसन्त सीले दश वर्षे युद्ध नेपाली इतिहासको महत्त्वपूर्ण अभियान भएको बताउँदै भने, “जनयुद्धको गौरवपूर्ण इतिहासलाई तोडमोड गर्ने केही प्रतिगामी तत्व सक्रिय छन्, तर जनताले लडेर ल्याएको व्यवस्थाको अवमूल्यन गर्ने अधिकार कसैलाई छैन।”

नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य वामदेव क्षेत्रीले माओवादी आन्दोलनले राजतन्त्र र सामन्तवादको अन्त्य गर्दै शान्ति र समृद्धिको नेतृत्व गरिरहेको बताए। उनले भने, “राज्य वर्गीय हुन्छ, हिजो निरंकुश सत्ताले दमन गरेकाले हामी युद्धमा गयौं। आजको राजनीति र सामाजिक परिवर्तनको आधार नै जनयुद्ध हो।”

कार्यक्रममा वामपन्थी बुद्धिजीवी दिल साहनी, घनश्याम पाठक, वरिष्ठ पत्रकार डा. बालकृष्ण चापागाईं, नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्ष हरि अर्याल, नेकपा एमालेका जिल्ला सहसचिव बाबुराम पन्थी, एकीकृत समाजवादीका जिल्ला इन्चार्ज नन्दराम बन्जाडे लगायतका वक्ताहरूले “जनयुद्ध” नेपाली इतिहासको महत्त्वपूर्ण अध्याय भएकाले यसको रक्षा र विकास गर्नु सबैको दायित्व भएको बताएका थिए।

वक्ताहरूले टुक्रिएको माओवादी आन्दोलनलाई एकीकृत गर्दै समग्र वाम शक्तिहरूबीच ध्रुवीकरण आवश्यक रहेको उल्लेख गरे। संविधानले परिकल्पना गरेको समाजवादी प्रणालीतर्फ अगाडि बढ्नु अहिलेको प्रमुख दायित्व भएको उनीहरूको भनाइ थियो।

नेकपा (माओवादी केन्द्र) रुपन्देही जिल्ला संयोजक नारायण जिसी ‘निर्मल’ को अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनवादी कलाकारहरूले सांस्कृतिक प्रस्तुति दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?