ट्रेंडिंग:

>> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो

मुस्लिम संघमा नेतृत्व चयनको विवादले मध्यरातमा भागाभाग, अनिश्चितकालका लागि स्थगित

१ फाल्गुन २०८१, बिहीबार
१ फाल्गुन २०८१, बिहीबार

बुटवल, १ फागुन ।

नेपाल मुस्लिम संघ लुम्बिनी प्रदेशको प्रथम अधिवेशन विवादका कारण स्थगित गरिएको छ। ११ जिल्लाका प्रतिनिधिहरूले चुनावको माग गर्दा पनि निर्वाचन प्रकृया अघि नबढाइएपछि केन्द्रीय नेताहरू बैठकबाट जबरजस्ती हिँडेको आरोप लागेको छ।

प्रदेश अधिवेशनमा आफ्ना मनोनित नेतृत्व नहुने भएपछि केन्द्रीय नेताहरूले अधिवेशनलाई अवरुद्ध गरेको आरोप प्रतिनिधिहरूले लगाएका छन्। उनीहरूले निष्पक्ष निर्वाचनको माग गर्दै चुनाव गराउन दबाब दिएका थिए। नेपाल मुस्लिम संघको केन्द्रिय समिति र निर्वाचन समितिले विज्ञप्ति जारी गर्दै अधिवेशन स्थगित गरिएको जानकारी दिएका छन्।

अधिवेशनको नयाँ मिति कहिले निर्धारण गरिन्छ भन्नेबारे कुनै स्पष्ट जानकारी दिइएको छैन। प्रतिनिधिहरूले यस निर्णयको विरोध गर्दै संघमा लोकतान्त्रिक प्रक्रियालाई कमजोर बनाइएको बताएका छन्। साथै, निर्वाचन नगरी जबरजस्ती अधिवेशन स्थगित गर्नु अलोकतान्त्रिक भएको उनीहरूको भनाइ छ। उक्त प्रथम अधिवेशनको उद्घाटन शत्र भने भब्यताका साथ सम्पन्न भएको छ र अधिबेशनको उद्घाटन नेपाली कांग्रेसका केन्द्रिय महामन्त्री गगन थापाले गरेका थिए।

अधिवेशनका लागि ११ जिल्लाका १२८ प्रतिनिधि छनौट भएर बुटवलमा आएका थिए । बुधबार साँझ सदस्यहरु निर्विरोध भएपनि अध्यक्षमा तीन जनाको उम्मेदारी, तथा अन्य पदमा पनि उम्मेदारी परेपछि निवौचनको सबै प्रकृया शुरु भएको थियो । अध्यक्षमा बुटवलका सबर मिया र जाकिर हुसेनको उम्मेदारी पर्को थियो भने नवलपरासीका कमिदिन मियाले सोही पदमा उम्मेदारी दिए पनि उनी सहमतिमा जान तयार भएका थिए । यसअघि सचिवमा रहेका सबर मियाको पक्षमा रहेका प्रतिनिधिहरु धेरै भएकाले उनले चुनाव जित्ने निश्चित भएपनि अर्को पक्षले अनावश्यक विवाद निकालेर अधिवेशन रोकेको आरोप उनका पक्षले लगाएक छन् भने जाकिर पक्षले प्रतिनिधि छनौटमै समस्या भएकाले केन्द्रले नै रोकेको तर्क गरेका छन् ।

कांग्रेस केन्द्रीय सदस्य तथा मुस्लिम संघका संस्थापक केन्द्रीय अधयक्ष अब्दुल सत्तरले अधिवेशनबाट जाकिर हुेनलाई अध्यक्ष बनाउन खोजेको तर निर्वाचनबाट त्यो नहुने भएपछि अनेक बहानामा बल प्रयोग गरेर स्थगित गराएको अध्यक्षका उम्मेदार सबर मियाले बताए । ‘अधिकांश प्रतिनिधि मेरो पक्षमा थिए, तर अब्बुल सत्तर मलाई चाहनुभएको थिएन, निर्वाचनको सबै प्रकृया पूरा भएर मत पत्र छापिएको थियो तर आफूले भनेको नहुने भएपछि अन्तिम समयमा बल प्रयोग गरेर रोकाउनुभयो’ उनले भने–‘११ जिल्लाका प्रतिनिधिले हिजै नेतृत्व टुंगाउन माग गरेर नारावाजी पनि गरेका हुन्, तर उहाँहरु डराएर भाग्नुभएको हो, यसरी पनि संस्था चल्न सक्छ ?’

सबरको दावीअनुसार अब्दुलको दवावमा ुसंघका केन्द्रीय अध्यक्ष अताउल मन्सुरीले निर्वाचन समितिलाई पत्र लेखेर सदस्यहरु निर्विरोध निर्वाचित भएपछि निर्वाचन प्रकृया रोकिएको हो जबकी पहिले निर्वाचन समितिका प्रमुख लोकप्रसाद खरेलले चुनावको सबै तयारी गरेका थिए । अध्यक्षका अर्को दावेदार जाकिर हुसेनले भने सबर पक्षले फर्जी मतदाता बनाएको सूचना बाहिर आएपछि केन्द्रीय समितिले अन्तिम समयमा पत्र लेखेर रोकेको बताउँछन् ।

‘एउटा जिल्लामा बसेर सबै जिल्लाका प्रतिनिधि बनाइएको थियो, यसको सूचना केन्द्रले पाएपछि रोकिएको हो, रमजान चलेको छ, अब एक महिनापछि मात्रै हुनेभयो, बुटवलमा बसेर अनावश्यक राजनीति गर्दा समस्या भएको हो’ उनले भने –‘केन्द्रीय अध्यक्ष, अन्य नेताहरुलाई नै होहल्ला गरेर कार्यक्रमस्थलबाट लखेटिएको थियो, यसरी पनि संगठन चलाउन सकिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?