ट्रेंडिंग:

>> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली

गैंडहवामा महिलाहरुका लागि होमस्टे सञ्चालन तालिम

१ फाल्गुन २०८१, बिहीबार
१ फाल्गुन २०८१, बिहीबार

बुटवल ।

रुपन्देहीको गैडहवामा मुख्यमन्त्री नव प्रवर्तन साझेदारी कार्यक्रम अन्तर्गत महिलाहरुका लागि होमस्टे सञ्चालन, व्यवस्थापन तथा कुक तालिम सम्पन्न भएको छ ।

गैडहवा–४ मा अवस्थित गैडहवा ताललाई आन्तरिक तथा बाह्य पर्यटक लक्षित होमस्टे (घरबास) कार्यक्रम सञ्चालन गर्ने उद्देश्श्यसहित स्थानीय उत्पादन र परम्परागत परिकारहरुलाई प्रवर्द्धन गर्नेगरी तालिम सञ्चालन गरिएको हो । तालिममा सिकेका सीपलाई प्रयोग गरी महिलाहरुले तयार पारेका विभिन्न परिकारहरुको स्वादसहित बुधबार विवित साँस्कृतिक कार्यक्रमगरी तालिम समापन गरिएको थियो । सो अवसरमा बोल्दै गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेलले महिलाहरुलाई सीप र रोजगारसँग जोड्दै दीर्घकालिन आर्थिक गतिविधिमा जोड्ने प्रयास गरिएको बताए ।

पर्यटन बिकास र रोजगारका माध्यमबाट आर्थिक रुपमा आत्मनिर्भर बनाउनका लागि तालिमले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे । भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीसँग जोडिएको गैडहवालाई पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्नका लागि गाउँपालिकाले विभिन्न स्वरोजगारमुलक कार्यक्रमलाई प्राथमिकता दिएको उनले बताए । लुम्बिनी आएका पर्यटकलाई गैडहवा ताल तथा यहाँका अन्य पर्यटकीय स्थलहरुमा समेत ल्याउन सकेमा यहाँका जनताले ठूलो आर्थिक लाभ उठाउन सक्ने बताउँदै उनले सोही अनुसार योजना बनाएर अघि बढिएको जानकारी गराए ।

वडा नम्बर ९ अध्यक्ष मिना क्षेत्री, वडा नम्बर ७ का लालबहादुर केवट, वडा नम्बर १ का प्रदिपप चौधरी तथा वडा नम्बर ४ का अध्यक्ष सुरेन्द्र सिंह कुर्मी लगायतले बोल्दै गैडहवा ताल र यहाँको सिमसार क्षेत्रको संरक्षण र प्रचारप्रसारमा जोड दिए । होमस्टे सञ्चालन गरी रोजगारीको अवसरलाई दिगोपन र स्थानीय जनतालाई आत्मनिर्भर बनाउन सकिने उनीहरुको बिचार थियो । यसैगरी गाउँपालिका योजना शाखा प्रमुख रचना गौतम, लुम्बिनी होटल एसोसिएशनका महासचिव पुरुषोत्तम अर्यालल लगायतले बोल्दै तालिममा सिकेका सीपलाई व्यवहारमा प्रयोग गर्न जोड जोड दिए ।

लुम्बिनी घुम्न आउने पर्यटकलाई गैहवासम्म आउने वातावरण निर्माणका लागि सरकारसँगै स्थानीयको समेत भूमिका महत्वपूर्ण रहने हुँदा पर्यटन सँस्कृतिको बिकासमा जोड दिए । गैडहवा गाउँपालिकाको आर्थिक सहयोग तथा सशक्तिकरण बिकास नेपाल पाल्पाको आयोजनामा सञ्चालन गरिएको तालिममा गैडहवाका ३० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो । स्थानीय परिकार र परम्परालाई प्रवर्द्धन गरी पर्यटक भित्र्याउन सकिने बताउँदै सशक्तिकरण बिकास नेपालकी अध्यक्ष एलिजा खनालले आर्थिक गतिविधिमा जोडिन आग्रह गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?