Butwal Today

चापागाईलाई अत्याधिक मतले पराजित गर्दै बाबुराम भट्टराई अध्यक्ष निर्वाचित

१ फाल्गुन २०८१, बिहीबार
अ+
अ-

काठमाडौं ।

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को अध्यक्षमा बाबुराम भट्टराई अत्याधिक मतका साथ निर्वाचित भएका छन् ।

अध्यक्षका अर्का प्रत्याशी नेत्र प्रसाद चापागाईलाई पराजित गर्दै भट्टराई अध्यक्षमा निर्वाचित भएको नेसपा (नयाँ शक्ति)ले जनाएको छ। मत परिणाम के कति भन्ने अझै खुलाइएकाे छैन ।

औपचारिक घोषणा साँझ ५ बजेको पत्रकार सम्मेलनबाट गरिने जनाइएको छ ।