ट्रेंडिंग:

>> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ

अक्सफोर्डको ३४ औ वार्षिकोत्सब

डिजिटल अक्सफोर्डको अवधारणसहित भविष्यमा युनिभर्सिटी बनाउने लक्ष्य रहेको प्राचार्य भुषालको दाबी ।
१ फाल्गुन २०८१, बिहीबार
१ फाल्गुन २०८१, बिहीबार

बुटवल, १ फागुन ।
बुटवलको शैक्षिक विकासमा महत्वपूर्ण योगदान दिदै आएको अक्सफोर्ड माबिले आफनो ३४ औ वार्षिकोत्सब विहिबार देखि औपचारिक रुपमा शुभारम्भ गरेको छ । एक कार्यक्रमका बिच विहिबार लुम्बिनी प्रदेशमा पुर्वमन्त्री भोज प्रसाद श्रेष्ठले उद्घाटन गर्दै यस क्षेत्रको शिक्षामा अक्सफोर्डको योगदान बारे चर्चा गर्दै समयसापेक्ष पाठ्यक्रम र कार्यक्रमलाई अघि बढाउदा सफल बनेको उदाहरण पेश गरे । प्रविधिको विकासका कारण विद्यार्थीहरुको अध्ययन प्रक्रियामा परिवर्तन आएको भन्दै उनले समयसापेक्ष शिक्षामा सरकारको ध्यान जानुपर्ने बताए । प्रविधिमैत्री र ब्यवहारिक शिक्षालाई जोड दिएर नीति बनाउनेतर्फ सरकार लाग्नुपर्ने उनले सुझाव दिए ।

कार्यक्रममा विद्यालयका प्राचार्य दिनेश भुषालले सिकाई र शिक्षा दैनिक परिवर्तन हुने विषय भएको बताए । समयसापेक्ष शिक्षा अप्नाउदै नया नया प्रविधि विद्यालयमा अवलम्बन गर्दै आएको उनले बताए । ‘डिजिटल अक्सफोर्ड’ को अवधारणालाई अघि बढेको उनले बताए । विद्यार्थीहरुलाई किताबी ज्ञानसंगै अतिरिक्त ब्यवहारिक ज्ञान र प्रतिभा प्रस्फुटनका कार्यक्रम गर्दै आएको उनले बताए । ‘अदालती वकालत, नगर सभा लगायत धेरै ज्ञानमुलक कार्यक्रम विद्यार्थीहरुबाट हुदै आएको छ ।’–उनले भने । अभिभावक अभिमुखिकरण गरेर अभिभावकहरुको प्रतिभा र क्षमतालाई जोडेर कार्यक्रम जोड्दै रचनात्मक रुपमा अघि बढेको बताए । अभिभावकहरको मात्र प्रस्तुतिलाई जोडेर सहकार्य गराउने र संस्कार, शिक्षा र प्रविधिलाई जोड्ने कार्यक्रम रहेको छ । बालबालिकाहरुलाई स्क्रिनबाट टाढा गराउने र पढन संस्कृति विकास गराउने अभियान चालेको उनले बताए । अभिभावकहरुलाई ‘बनौ संस्कारी’ पुस्तक नै प्रकाशन गरि वितरण गरेको उनले बताए । विद्यार्थीहरुको अलराउण्ड डेभलपमेन्टका कार्यक्रमलाई जोड्दै रचनात्मक कार्यक्रम गरेको उनले बताए । अक्सफोर्डलाई शिक्षाको केन्द्रबिन्दु बनाउने गरि डिग्रिसम्मको कक्षा चलाउने मात्र नभई युनिभर्सिटीको रुपमा विकास गर्ने लक्ष्य अनुसार लागेको उनले बताए ।

कार्यक्रममा विद्यालयका सहप्राचार्य मोहन शर्माले संस्कार सहितको शिक्षा नारासहित रुपन्देहीमा नै जग बसाल्ने काम गरेको दाबी गरे । बालकालिकाको दोस्रो घर विद्यालय भएको भन्दै उनिहरुको भावनालाई आत्मसात गर्दै शिक्षकहरुबाट महत्वपुर्ण भुमिका दिन सफल भएको उनले बताए । अभिभावकहरुको चाहना भन्दा पनि बालबालिकाहरुको अन्तरनिहित प्रतिभाहरु खोजी गर्ने र त्यहि अनुसार विकासको बाटो देखाउने काममा विद्यालय अग्रसर रहेको उनले बताए ।

कार्यक्रममा कालिका मानव ज्ञान माबिका प्रधानाध्यापक दिनेश थापाले आफू विद्यालयमा अध्यापन गराउदाको क्षणबारे स्मरण गर्दै निजि क्षेत्रको उत्कृष्ट विद्यालयका रुपमा पहिचान अक्सफोर्ड सफल भएको बताए । बालबालिकालाई नाटक, नृत्य र कला क्षेत्रमा निपुण बनाउन शिक्षकहरुको भुमिकाबारे प्रकाश पारे ।

वार्षिकोत्सवको अवसरमा कक्षा १ देखि १० सम्मका ३ दिनसम्म विद्यार्थीहरुले विभिन्न कला प्रस्तुत गर्नेछन । विहिबार नर्सरी देखि २ सम्मका विद्यार्थीहरुको प्रस्तुती अन्तरगत कक्षा १ कै विद्यार्थी अर्मान श्रेष्ठले ‘गाउगाउबाट उठ’ गित गाए । यसैगरि कक्षा १ का विद्यार्थीहरुले जितगढी किल्लामा नेपाल–अग्रेज फौजबिच भएको युद्धको आकर्षक प्रस्तुति गरे । जहाँ अग्रेज फौजलाई कर्णेल उजिर सिहले हराएको नाट्य प्रस्तुत गरेका थिए । यसैगरि अभिभावकसहित विद्यार्थीको नृत्य समेत प्रस्तुत गरिएको थियो । ‘छोरी मलाई भागीभागी नसताउ’ गितमा रबि घिमिरेले छोरीसंग नृत्य प्रस्तुत गर्दा धेरै अभिभावकलाई रुवाए ।

यसैगरि शुक्रबार कक्षा २–५ सम्म तथा शनिबार ६ देखि १० सम्मका विद्यार्थीहरुले आफ्नो कला प्रस्तुत गर्नेछन । विद्यालयमा १८ वटा विभिन्न गतिविधिमा आवद्ध क्लबहरु छन । जसमा ईन्टयाक्ट क्लब अफ अक्सफोर्ड, अक्सफोर्ड स्काउट ट्रप, जुनियर रेडक्रस सर्कल, अक्सफोर्ड बाल क्लब, अक्सफोर्ड बाटिका क्लब, अक्सफोर्ड आईसिटि क्लब, अक्सफोर्ड क्वीज क्लब, आर्ट एण्ड क्राफट क्लब, अक्सफोर्ड स्पोट्र्स क्लब, अक्सफोर्ड लिटरेचर क्लब, अक्सफोर्ड डान्स क्लब, अक्सफोर्ड सिङ्गिङ क्लब, अक्सफोर्ड म्युजिकल क्लब, एसक्युसि क्लब अफ अक्सफोर्ड, अक्सफोर्ड फाईन आट्र्स क्लब, अक्सफोर्ड मार्शल आट्र्स क्लब, अक्सफोर्ड ईको क्लबहरु निरन्तर क्रियाशिल रहेको विद्यालयका ईसिए ईन्चार्ज कपिल ढकालले बताए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं ८ का वडाअध्यक्ष यज्ञ प्रसाद पंगेनी, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दुर्गादत्त भण्डारी, अक्सफोर्ड कलेजका प्रमुख मनोज मरासिनी, नवरत्न माबि सेक्टर बिका प्रधानाध्यापक भविश्वर बन्जाडेले शिक्षक, अभिभावक र विद्यार्थीहरुको साझा संकल्पबाटमात्र विद्यालय उत्कृष्ट बन्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?