ट्रेंडिंग:

>>  कृषकलाई ५० प्रतिशत अनुदानमा पम्पसेट वितरण >> जनताको गुनासो सुन्नबाट तीन वर्षदेखि टाढिँदै इस्मा >> घर र धाराको जिआइएस प्रणालीबाट अनुगमन सुरु >> दाउन्नेको काम चाँडो सक्न मन्त्री घिसिङको निर्देशन  >> विश्व ध्यान दिवसको औचित्य >> नगरपालिकाद्वारा निःशुल्क दाउरा वितरण >> बँदिया भाले: आम्दानीको स्रोत >> आज विश्व ध्यान दिवस >> सेवा प्रवाहमा जनशक्ति अभाव मुख्य चुनौती >> आयोजकलाई अपमान गरेपछि हर्क साम्पाङले गरे उपाध्यक्ष परियारलाई कारबाही >> जेनजी आन्दोलन समिति संयोजकमा मिरज ढुंगाना, सरकार अपदस्थ गर्नेदेखि सर्वपक्षीय सरकारको योजना >> अर्जुन सापकोटा, पूर्णकला बिसी र रमेश भट्टराईले तताए अवलोकन कर्तालाई >> दोस्रो लुम्बिनी क्लासिक राष्ट्रब्यापी डेडलिफ्ट प्रतियोगिताको उपाधि दिकेश र गितालाई  >> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी >> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै >> श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न  >> नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण >> एमाले भित्रभित्रै चुनावको तयारी गरिरहेको छ : प्रचण्ड >> बर्दघाट चुरे उद्यानमा स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाश धाम जाने गोरेटो निर्माण तीव्र >> १ सय २ बोरा अनुदानको मल सहित एक व्यक्ति नियन्त्रणमा   >> शिक्षामा प्रेरणा: शिवराजमा थारु विद्यार्थीका लागि हाजिरी जवाफ >> बुटवलदेखि तिनाउ सत्यवतीसम्मको रमाइलो यात्रा  >> वैदेशिक भूमिमा पत्रकारिताको योगदान : तिलु शर्मा पौडेल सम्मानित >> युवा सचेतना र सांस्कृतिक कार्यक्रमसहित रोयल नेपाल यूथ एसोसिएसनको वार्षिकोत्सव  >> वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज >> कोलिय गणराज्यको राजधानी क्षेत्रमा अध्येयता >> शक्ति सन्तुलनको पौराणिक गाथा >> खम्पा विद्रोह र नेपाल: १९६० दशकको तिब्बती सङ्कटको प्रभाव   >> बौद्धस्थल लुम्बिनी: पर्यटकको ‘अन्तिम बिसौनी’ >> थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि >> सुनचाँदी पसलमा गोली हानी लुटपाटमा प्रयास गर्ने पक्राउ >> अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने कुरा स्वीकार्य हुँदैन :  अध्यक्ष शर्मा >> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना

स्वर्गद्वारी गुठी आन्दोलनः मोही किसानको न्याय खोजी राजधानीसम्म

१ फाल्गुन २०८१, बिहीबार
१ फाल्गुन २०८१, बिहीबार

लमही (बुटवल टुडे), ३० माघ– दाङका स्वर्गद्दारी गुठिपीडित आफूहरूले न्याय नपरेको भन्दै संघीय राजधानीको माइतिघरमा आन्दोलित छन । लामो समयदेखि दाङमा आन्दोलन गरे पनि सुनुवाइ नभएको भन्स उनीहरू काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएका छन् । यति बेला दाङाका सभासद्हरूको ध्यान उनिहरूतिर तानिन थालेको छ । पूर्व सूचना तथा सन्चार मन्त्री रेखा शर्मा र सत्तारुढ दल नेपाली कांग्रेसका सांसद दीपक गिरीले स्वर्गद्वारी गुठी संरक्षण हुने गरी आन्दोलनरत मोही किसानहरूलाई न्याय प्रदान गर्न माग गरेका छन् ।
वास्तविक मोही किसानको पक्षमा भएको सहमतिअनुसार सरकारले यथाशीघ्र न्याय प्रदान गर्नुपर्ने उनीहरूको माग छ ।

‘स्वर्गद्वारी आस्थाको धरोहरका रूपमा रहेको छ । यसको संवद्र्धन र प्रवर्दनका लागि सरकारको चासो रहनुपर्छ’ प्रतिनिधिसभाको बैठकमा बोल्दै सासद दिपक गिरिले भने । सरकारले आफूसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै यही माघ २० गतेदेखि स्वर्गद्वारी गुठी पीडितहरू आन्दोलनमा छन् ।मोही किसानहरूलाई मोही पूर्जा प्राप्त भए पनि जमिन प्राप्त हुन नसकेकाले आन्दोलन गर्नुपरेको उनीहरूको भनाइ छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका गिरीले वास्तविक मोही किसानको पक्षमा सहमति अनुसार सरकारले उनीहरूलाई न्याय प्रदान गरोस् भन्ने माग गरेका हुन् । उनले तपोभूमि, आस्थाको धरोहर स्वर्गद्वारी आश्रमको जमीन अन्य कुनै संघसंस्था वा नक्कली मोहीले भोग चलन गरिरहेका छन् भने त्यसको पनि छानबिन गर्न उनले माग गरे ।

‘स्वर्गद्वारी आश्रमको दाङ देउखुरी र घोराही लगायतमा रहेको जग्गा यदि कुनै संघसंस्थाले वा गैरमोही किसानका नाममा भोगचलन भइरहेको छ भने त्यसको पनि राज्यले खोजतलास गरोस् । गुठीको जमीन कुनै पनि भू माफियाले उपभोग गर्न पाउनु हुँदैन’ उनले भने ।

२०८० साल चैत ७ गते बीच भूमिसुधार तथा व्यवस्था मन्त्रालय र स्वर्गद्वारी गुठी पीडित भूमि किसान संघर्ष समिति बीच सहमति भएको थियो । जसमा मोही किसानको माग लाई सम्बोधन गर्ने गरी सरकारले एकीकृत नयाँ कानून तर्जुमा गर्ने भनिएको थियो । तर उक्त सहमति लागू नभएको भन्दै स्वर्गद्वारी गुठीका मोही किसानहरूले काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका छन् । दाङमा स्वर्गद्वारी आश्रमको स्वामित्वमा रहेको एक हजार पचास बिघा जग्गामध्ये ७ सय ५३ बिघामा मोही लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?