Butwal Today

रुपन्देहीको कन्चनमा छोराले गरे आमाको हत्या

१ फाल्गुन २०८१, बिहीबार
अ+
अ-

गैंडहवा, १ फागुन ।

रुपन्देहीमा आमाको हत्या आरोपमा छोरा पक्राउ परेका छन् ।

जिल्लाको कञ्चन गाउँपालिका वडा नं १ सुन्दर टोलकी ४५ वर्षीया आमा पार्वती परियारको हत्या आरोपमा प्रहरीले २० वर्षीय छोरा सरोज परियारलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) विजय पण्डितका अनुसार बुधबार राति करिब १ बजेको समयमा सरोजले आमा पार्वतीको हात र अनुहारमा हँसिया प्रहार गरेका थिए ।

सरोज पहिल्यैदेखि मानसिक रोगी रहेका र मदिरा सेवन गरेर आमामाथि हँसिया प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको डीएसपी पण्डितले बताए । घटना लगत्तै छोरा सरोजलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ।

घरमा मृतक पार्वती र सरोज मात्रै बस्दै आएका थिए । पार्वतीका जेठा छोरा रोजगारीका लागि भारतमा रहेका छन् ।