ट्रेंडिंग:

>> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान >> “फूलको माला” नयॉ रत्यौली गीत सार्वजनिक (भिडियोसहित) 

प्रविधिको बाढीमाथि रेडियो जोगाउने चिन्ता

१ फाल्गुन २०८१, बिहीबार
१ फाल्गुन २०८१, बिहीबार

आज विश्वभरि रेडियो दिवस मनाइँदै छ । हरेक बर्षको १३ फेबु्रअरीमा यो दिवस मनाउने औपचारिकता पूरा गरिदै आईएको छ । यो बर्ष पनि समुदायका लागि रेडियो भन्ने नाराका साथ यो दिवस मनाईदैछ । प्रभावकारी सञ्चार माध्यम बनेर सशक्त ढङ्गले योगदान पुयाएको भन्दै फेब्रुअरी १३ को दिनलाई विश्वभर विश्व रेडियो दिवसको रूपमा मनाउन युनेस्कोले आह्वान गरे अनुसार यो दिवस मनाउने गरिएको छ । नेपालमा पनि सम्बद्ध सरोकारवालाहरूले हरेक बर्ष रेडियो दिवस मनाईदै आएका छन् । बिडम्वना विश्व रेडियो दिवस मनाउँदै गर्दा रेडियाको साख र प्रभाव खुम्चिँदै गएकोमा रेडियोकर्मीलाई चिन्तित वनाएको छ । आधुनिक प्रविधिका कारण रेडियोका श्रोता समेत घटिरहेका छन् । हातहातको मोबाईलले नै रेडियोको काम गरिरहेकोले अहिले रेडियोको भूमिका कमजोर भैरहेको अवस्था छ । यद्यपि आजको दिन विश्वका रेडियो, रेडियोकर्मी र यससँग जोडिएका लाखौंलाख श्रोताका लागि विशेष दिन हो । अहिलेपनि विश्व सूचना युगको महादौडमा रेडियो सशक्त र प्रभावकारी माध्यम हो भन्दा अत्युक्ति हुँदैन । यसको प्रभाव अहिलेपनि कायमै छ । तर पछिल्लोसमय रेडियाका श्रोता धेरै घटदै गएको अनुभूति गर्न थालिएको छ । निश्चितरूपमा रेडियोको स्थान अहिले सामाजिक सञ्जालले ओगटन थालेका छन् । पहिले रेडियो समाचार, सन्देश, शिक्षा र मनोरञ्जनको मूख्य आधार थियो । रेडियोको अगाडि बसेर समाचार, गीत संगीत सुन्ने ती दिन साँच्चैको सुनौला थिए । चिन्ताको कुरा– अहिले रेडियो विस्थापित हुने अवस्थामा पुगेको छ । बिबिसीले नेपालमा गरेको एक अध्ययनमा पनि नेपालबाट रेडियो सुन्ने श्रोताको संख्या एकदमै न्यून रहेको देखिएको छ । इतिहासलाई फर्केर हेर्ने हो भने बिक्रमसम्बत २००७ सालमा रेडियो सुरुवात हुँदै गर्दा रेडियोको राज एकछत्र थियो ।

रेडियो भनेको आमसञ्चारको एउटै सशक्त माध्यम थियो । समाचारदेखि मौसम अनि मनोरञ्जन तथा पत्रमित्रता सन्देशमार्फत एकदेशबाट अर्को देशसम्मको चिठीपत्रको भरपर्दो माध्यमको रूपमा रेडियोले सशक्त भूमिका निर्वाह गरेको थियो । यो क्रम १५ बर्षअघिसम्म उत्तिकै प्रभावकारी थियो तर जब हरेक नेपालीको हातहातमा मोबाइल पुग्यो, त्यसले रेडियोको श्रोता खुम्चाईदिएको छ । अद्यापि गाउँघरमा रेडियो नै अहिलेसम्म सूचना र सन्देश अनि मनोरञ्जनको माध्यम बन्दै आएको अवस्था छ । नेपालमा २०४६ साल अघिसम्म रेडियो नेपालको विकल्प थिएन । रेडियो भनेकै रेडियो नेपाल थियो । बिबिसी र भारतबाट प्रसारण हुने अलइण्डिया रेडियोबाट नेपाली कार्यक्रम प्रसारण हुन्थ्यो र श्रोताका लागि ती सूचना सामाग्री समाचारका श्रोत हुन्थ्यो । दरबारका समाचारले मूख्य प्राथमिकता पाउँथ्यो । सर्टवेभमा आउने बिबिसीले नेपालमा प्रजातन्त्रको बिगुल फुकेको थियो । अन्य समाचार श्रोत नहुँदा श्रोताका लागि हरेक दिन साँझ पौने नौं बजे आउने बिबिसी नेपाली सेवा सुनेर आफ्नो धारणा बनाउनुपर्ने अवस्था थियो । नेपालमा प्रजातन्त्र पुनस्र्थापनामा रेडियोको भूमिका महत्वपूर्ण थियो भन्दा अतिसयोक्ति हुँदैन् । २०४६ सालमा प्रजातन्त्र पुनस्र्थापना भएपछि भने नेपालमा रेडियोको बाढी नै आयो । हरेक जिल्ला र सहरमा एफएम खोल्ने लहर करिव २० बर्ष चल्यो । तर, पछिल्लोसमय लहर र रहरमा खोलिएका एफएम कति त बन्द भैसकेका छन् । बचेका एफएम सकसले चलाउनुपर्ने अवस्था छ । सूचना साम्राज्यमा सामाजिक सञ्जालको बर्चस्व बढ्दै गर्दा रेडियोको भूमिका खुम्चिँदै गएको छ । मानव सभ्यताको विकासमा रेडियोले महत्वपूर्ण भूमिका निर्वाह गरेको जगजाहेर छ तर आज विश्व रेडियो दिवस मनाउँदै गर्दा रेडियो जोगाउने चुनौति उत्पन्न भएको छ । विश्व सूचनाको युगमा प्रवेश गरेसंगै रेडियोलाई विस्थापित गर्ने अन्य धेरै बिकल्प आएका छन् । यद्यपि श्रोता घट्दैमा रेडियोको भूमिका कमजोर भयो भन्नु न्यायसंगत होइन् । तसर्थ अवको दिनमा रेडियोको इतिहास र साख जोगाउनकै लागि भएपनि रेडियो सुन्ने बानीको विकास गराउनेतर्फ ध्यान जानु जरुरी छ । विश्व रेडियो दिवसको अवसरमा रेडियोलाई प्रभावकारी सञ्चार माध्यमको रूपमा पुनः स्थापित गराउनेतर्फ पहल गरौं ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?