ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

फेब्रुअरी महिनाः आयोडिन नुनको महिना

१ फाल्गुन २०८१, बिहीबार
१ फाल्गुन २०८१, बिहीबार

मानसिक फुर्ति शारीरिक शक्तिको लागि आयोडिनयुक्त नुन थोरै खाऔं सहि मात्रामा खाऔं । दुई बालबालिकाको चिन्ह अंकित आयोडिनयुक्त नुन नै खाँऔं । आयोडिन एक प्रकारको लवण हो । यो माटोमा पाइन्छ । जनावर तथा मानव शरीरको बृद्धि र बिकासको लागि आयोडिन नभै हुदैन । मानिसको शरिरका अत्यन्त संबेदनशील अंगहरू जस्तैः मस्तिष्क र सम्पूर्ण स्नायु प्रणालीलाई राम्ररी संचालन गर्नका लागि आयोडिनको जरुरत पर्दछ । हामी सबैले नुन आवश्यकता अनुसार खाऔं तर सहि मात्रामा आयोडिन भएको दुई बालबालिकाको चिन्ह भएको प्याकेटको नुनमात्र खाऔं । मानसिक फुर्ति, शारीरिक शक्ति आयोडिनयुक्त नुनबाट मात्र पुर्ति भन्ने मूल नारालाई समेत आत्मसाथ गरौं । आयोडिनको महिना फेब्रुअरीलाई सफल बनाऔं । दुई बालबालिकाको चिन्ह भएको आयोडिनयुक्त नुन दैनिक सेवन गरौं, बालबालिकाको आई क्यु लेबल बढाऔ ।
मानव जीवनलाई गर्भावस्थादेखि जीवको हरेक अवस्थामा बाँच्न, स्वस्थ रहन र पूर्णरूपमा मानसिक तथा शारीरीक बिकासका लागि मानिसलाई बिभिन्न किसिमका पोषणयुक्त तत्वहरूको अति आवश्यक पर्दछ । यी आवश्यक तत्वहरूमध्ये आयोडिन पनि एक महत्वपूर्ण खनिजतत्व हो । जुन सबै उमेरका मानिस तथा जीवजन्तुलाई दैनिक रूपमा आवश्यक पर्दछ । गर्भावस्थादेखि दुई बर्षको उमेरसम्म मानिसको दिमागको ८० प्रतिशत विकास भैसकेको हुन्छ । त्यसैले यस समयमा शरिरमा आयोडिनको कमी भएमा मानसिक तथा शारिरिक बिकासमा समेत अवरोध आउँछ । नेपालको भौगोलिक अवस्थाले गर्दा यहाँको माटो र पानीमा आयोडिनको अभाव छ । त्यसैले हामी नेपालीहरूले हाम्रो दैनिक खानामा आयोडिन मिसाएको नुन खानामा खानु नै एक मात्रा सरल उपाय हो । ढिके तथा खुल्ला नुनमा आयोडिन मिसाएको भएतापनि यसलाई भण्डारण गर्दा र बजारमा खुल्लारूपमा राख्दा यसमा भएको आयोडिन उडेर नास भएको हुन्छ । प्रायजसो ढिके नुन फोहोर देखिने र धोएर खानामा राख्ने चलन भएकाले पनि यसमा भएको आयोडिन पखालिएर आफै नास हुन्छ । त्यसैलेपनि दुई बालबालिकाको चिन्ह भएको प्याकेटको नुनमा सहि मात्रामा आयोडिन मिसाएको हुन्छ । यसलाई नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र खाद्य गुणस्तर निर्धारण बिभागले सहीमात्रामा आयोडिन भएको नुन भनि प्रमाणित गरेको छ । साथै आयोडिन भएको नुन खाने गरेमा सम्पूर्ण ब्यक्तिको दिमागको विकास तिब्र गतिमा हुने र शरीरलाई आवश्यक पर्ने आयोडिन तत्वको समेत पूर्ति हुने भएकाले हरेक खानामा आयोडिन युक्त नुनको प्रयोगलाई अनिवार्य मानिन्छ । दैनिक खानामा साधारण स्वस्थ व्यक्तिको लागि १५० माईक्रो ग्राम र गर्भवती महिलाको लागि दैनिक खानामा २५० माईक्रो ग्राम आयोडिन तत्वको मात्राको आवश्यकता पर्दछ । सहिमात्रामा आयोडिन पाउन दुई बालबालिकाको चिन्ह भएको पाकेटको धुलो नुन प्रयोग गर्ने बानी बसालौं । ढिके तथा खुला बेचिने नुनबाट प्रयाप्तमात्रामा आयोडिन पाउन नसकिने भएकाले त्यस्ता नुन प्रयोग नगरौं । आयोडिनयुक्त नुनलाई घाम र पानीको प्रभाव नपर्ने गरी सुरक्षित तरिकाले राख्ने गरौं । आयोडिन नुनलाई नपखाली खाँऔं । आयोडिनयुक्त नुनलाई दाल तरकारी पाकेपछि मात्र राख्ने गरौं ।
आयोडिनले के के गर्दछः
१. आयोडिनले गलगाँड (कण्ठरोग ) नियन्त्रण गर्दछ ।
२. आयोडिनले मानसिक र बौद्धिक क्षमताको विकास गर्दछ ।
३. आयोडिनले लाटो लठेब्रोपनको नियन्त्रण गर्दछ ।
४. आयोडिनले पुनरउत्पादन क्षमताको बृद्धि गर्दछ ।
५. आयोडिनले बाल मृत्युदर घटाउन मद्दत गर्दछ ।

आयोडिनका फाईदाहरू :
गर्भाअबस्थामाः गर्भवती महिलाले दैनिकरूपमा आयोडिन तत्वको सहि मात्रामा प्रयोग गर्ने हो भने गर्भको बच्चाको मानसिक र शारीरीक विकासमा महत्वपूर्ण फाईदा गर्दछ । साथै आयोडिनको कमीबाट हुनसक्ने असर जस्तै गर्भको बच्चा तुहिने तथा मरेको बच्चा जन्मने जस्ता समस्याहरूबाट सजिलै बच्न सकिन्छ ।
बाल्यअवस्थामाः बाल्यावस्थामा पनि आयोडिन तत्वको सहि मात्राको प्रयोगले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा महत्वपूर्ण भूमिका खेल्दछ । बालबालिकाहरू फुर्तिला र तन्दुरुस्त हुनुको साथै दिमागिय रूपमा अति अब्बल देखिन्छन ।
किशोराबस्थामाः किशोरावस्थामा पनि आयोडिन तत्वको सही र आवश्यक मात्राको प्रयोगले किशोर किशोरीहरूको मानसिक तथा शारीरिक क्षमतामा बृद्वि हुन्छ । जसले गर्दा पढाई लेखाईका साथसाथै अन्य क्रियाकलापमा पनि सकारात्मक प्रभाव पर्दछ । किशोर किशोरीहरूको आईक्यू लेबल बढाउनको लागि दैनिक खानामा आयोडिन तत्वको मात्राको आवश्यकता देखिन्छ ।
सबै उमेरमाः आयोडिन तत्वको सहि मात्राको प्रयोगले सबै उमेर समूहका मानिसहरूको मानसिक तथा शारीरिक विकासमा आवश्यकीय विकास हुन्छ । जसले गर्दा गलगाँड र हाईपोथाईरोडिजम जस्ता घातक रोगहरूबाट बच्न सकिन्छ । त्यसै कारणले पनि आयोडिन तत्वको आवश्यकीय र सहिमात्रामा प्रयोग गर्नु आवश्यक छ ।

जान्नैपर्ने केही महत्वपूर्ण कुराहरू :
१. ढिके तथा खुल्ला नुनमा मानिसहरूको शरीरलाई दैनिक रूपमा आवश्यक पर्ने आयोडिनको मात्रा पूर्णरूपमा नहुन सक्दछ । यस्तो ढिके तथा खुल्ला नुन सफा पनि नहुने हुनाले हामीहरूले खानको लागि उपयुक्त हुदैन । त्यसैले यो कुरा जान्न आवश्यक छ ।
२. “दुई बालबालिकाको चिन्ह” भएको प्याकेटको नुन शुद्व र सफा हुनुको साथै यसमा सहिमात्रामा आयोडिन तत्व मिसाईएको हुन्छ । त्यसैले दैनिक प्रयोगमा “दुई बालबालिकाको चिन्ह” नै भएको आयोडिनयुक्त प्याकेटको नुन प्रयोग गर्नु बुद्धिमानी मानिन्छ ।
३. “दुई बालबालिकाको चिन्ह” नेपाल सरकार र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समेत सहि मात्रामा आयोडिनको तत्व भएको नुनलाई दिने प्रमाणीत चिन्ह हो । त्यसकारणले गर्दा पनि “दुई बालबालिकाको चिन्ह” भएको नुन दैनिक प्रयोगमा कुनै संकोच लिनुपर्दैन ।
४. प्याकेटको आयो नुन खोलेर बिर्को भएको सफा डिब्बामा राखौं ।
५. तरकारी पाकिसकेपछि मात्र नुन राख्ने बानी बसालौं ।
६. नुन राखीसकेपछि तरकारी छोपेरमात्र राख्ने गरौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?