ट्रेंडिंग:

>> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु >> सशस्त्र प्रहरीमा ६ डीआईजी सरुवा >> साफ महिला फुटसल च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग ३–० ले पराजित >> नेकपाले घोषणा गर्यो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित) >> यस्तो छ रुपन्देहीमा मनोनयनको तालिका, कुन दलको उम्मेदवारी दर्ता कति बजे ? >> हिमाली जिल्लामा कांग्रेसले उम्मेदवार टुङ्ग्यायो >> उपमेयर राई राजीनामा दिने तयारीमा, बाँके क्षेत्र नं. २ बाट चुनाव लड्ने >> बालेनले सम्बोधन गर्ने ‘परिवर्तन उद्घोष सभा’ जनकपुरधाममा सुरु >> पूर्णबहादुर खड्का प्रतिनिधिसभा चुनाव नलड्ने >> रास्वपाबाट धादिङ–१ मा आशिका तामाङ उम्मेदवार >> स्पेनमा रेल दुर्घटना : मृत्यु हुनेको संख्या ३९ पुग्यो >> सुनचाँदीको भाउमा फेरि कीर्तिमान, सुन तोलाको २ लाख ८२ हजार >> प्रचण्डका पूर्व स्वकीयले पाए टिकट, ज्वाला र बस्नेत बाहिरिए >> कपिलवस्तु सामुदायिक अस्पतालका नवनिर्वाचित पदाधिकारीद्वारा शपथ ग्रहण >> कांग्रेसले आज उम्मेदवारको टुंगो लगाउने >> युवा तथा खेलकुदमन्त्री गुप्ताले दिए राजीनामा >> लुम्बिनीमा पर्यटक सूचना केन्द्र >> देशले काँध खोजिरह्यो, युवा बाटो खोजिरहे ! >> नेपालमा जैविक खेतीको सम्भावना र चुनौती >> निर्वाचन आचारसंहिता कार्यान्वयन: सरकारी नियुक्ति, सरुवा र बढुवा आजदेखि बन्द >> ग्याँस सिलिन्डर दुर्घटना र सावधानी  >> अलपत्र सडक योजनामा १८ करोड बजेट सुनिश्चित >> गगन थापासँग सम्झाैता गर्न देउवापक्षीय नेताहरू लचक, विद्राेह नगर्ने र नयाँ पार्टी नखोल्ने पूर्णबहादुरको घोषणा >> यस्तो छ ६३ दलका ३ हजार २१३ जनाको समानुपातिक बन्दसूची (सूचीसहित) >> बुटवलमा ईरिक्सा थपसम्बन्धी निर्णयको विरोधमा आन्दोलन गर्ने >> यी हुन् एमालेले टिकट दिएका रुपन्देहीका उम्मेदवारहरु >> जनकपुरबाट भ्रमणमा आएको बस धरानमा दुर्घटना हुँदा ५ जनाको मृत्यु >> एमालेले सच्यायो निर्णय: विष्णु पौडेल रुपन्देहीबाटै चुनाब लड्ने >> पामिर एकेडेमीमा खेल महोत्सव सुरु >> एनसेलको सहयोगमा ‘क्रिएटर्‌स मेला’ तीन सहरमा आयोजना हुँदै >> उच्च अदालतले फेरि भन्यो– एन्फाको निर्वाचन प्रक्रिया तत्काल रोक्नू >> कांग्रेस विवाद सर्वोच्च अदालतमा >> भोलिदेखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको निर्णय >> बालेन शाहले गरे रास्वपा वरिष्ठ नेताको पदभार ग्रहण >> मैले होइन, बर्दियाले मलाई छोड्यो: पूर्व सांसद गौतम >> काठमाडौँका मेयर बालेन शाहले दिए पदबाट राजीनामा >> प्रधानमन्त्रीले मन्त्री र निर्वाचन आयोग पदाधिकारीसँग छलफल गर्ने >> स्वास्थ्य बीमा बोर्डका निर्देशक डा. काफ्लेले दिए राजीनामा >> नेकपा छाडेर पूर्वमन्त्री रामेश्वर राय जसपा प्रवेश >> साफ पुरुष फुटसल: नेपाल र भारतबिच ३–३ गोलको बराबरी >> के मोबाइल, कम्प्युटर र टिभीको बढी प्रयोगले बालबालिकामा कम्मर दुख्ने समस्या बढ्छ ? >> निर्वाचन कार्यतालिका रोक्न माग गर्दै देउवा समूह आयोगमा >> बालेन शाहको राजीनामा किन भयो होल्ड ? >> कतारमा अमर र प्रीतिको धमाकेदार प्रस्तुतिसँगै भव्य रूपमा मनाइयो “माघ्या सकराटी” (फोटो फिचर)  >> सुनको भाउ सामान्य बढ्यो, चाँदी घट्यो >> रुपन्देही २ बाट नेकपाको उम्मेदवार विश्वदीप >> विष्णु पौडेललाई खुला पत्र: विरासतको सुरक्षा कि अवसरवादीको घेराबन्दी ? >> निर्वाचनमा मतदाताको दायित्व >> जोखिमबाट बच्न पूर्व तयारीमा ढिलाइ 

जिल्ला प्रहरी कार्यलय रुपन्देहीमा निशुल्क स्वास्थ्य परीक्षण, दुई सय प्रहरी लाभान्वित

१ फाल्गुन २०८१, बिहीबार
१ फाल्गुन २०८१, बिहीबार

भैरहवा, १ फागुन ।

प्रहरीहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यलय रुपन्देहीमा बुधबार निशुल्क स्वास्थ्य परीक्षण गरिएको छ। नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशको आयोजना तथा युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भैरहवाको प्राविधिक सहयोगमा जिल्ला प्रहरी कार्यलय रुपन्देहीका प्रहरी कर्मचारीहरूको निशुल्क स्वास्थ्य परीक्षण गरिएको हो। शिविर कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशका अध्यक्ष नविना खत्रीले प्रहरीको पेशा सेवा मात्र नभई समाजमा न्याय कायम राख्ने, समुदायको सुरक्षा सुनिश्चित गर्ने, प्रहरीहरू नगरीको विश्वासको धरोहर रहेको बताइन्।
“समाज र चुनौतिहरूको सामना गर्दागर्दै प्रहरी कर्मचारीहरूले आफ्नो स्वास्थ्य प्रति ध्यान पुर्याउन नसक्दा यस्ता शिविर कार्यक्रमहरूले प्रहरी कर्मचारीहरूलाई स्वास्थ्य प्रति सचेत गराउने माध्यम बनेको छ।” अध्यक्ष खत्रीको भनाइ छ।

उक्त शिविरमा जिल्ला प्रहरी कार्यलय रुपन्देहीका प्रमुख रञ्जित सिंह राठोरले भने, “हामी प्रहरी अरूका लागि खटिरहेका हुन्छौं र अरूका लागि खटिरहँदा हामीले स्वास्थ्यको ख्याल गर्न पाउँदैनौं, अलि अफ्ट्यारो भयो भने मात्र चेकजाच गराउने र अस्पताल जाने गर्छौं जसले गर्दा स्वास्थ्यमा धेरै समस्या र रोगहरू निम्त्याउने गर्दछ।” सोही कारणलाई मध्यनजर गर्दै यस किसिमका शिविरहरू गर्दै आएको उनले बताए।

युसिएमएस भैरहवाका प्रशासन प्रमुख तेज कुमार केसीले शिविरमा मुटुको ईसीजी, महिला तथा प्रसुति जाँच, छाला, नाक कान घाटी, मस्तिष्क तथा नसा रोग, फिजिसियन लगायत विभिन्न चेकजाँचका लागि करिब १५ जना डाक्टरद्वारा प्रहरीहरूको उपचार गरिएको बताए।

साथै उनले उपचार गराउन नसकेको अथवा उपचार गर्न नभ्याएका प्रहरीहरूको अस्पतालमा उपचार गर्ने बताउनु भएको छ।
निशुल्क स्वास्थ्य परीक्षणमा २०० जना प्रहरी लाभान्वित भएका छन्। युसिएमएसका डाक्टर तथा सहायक प्राध्यापक राहुल यादवले २०० जना प्रहरीमा रोगहरू देखिएको बताएका छन्। नियमित हुने हाइपोटेन्सन, डायबिटीज, थाइराइड लगायत धेरै समस्याहरू देखिएका छन् र अस्पताल फलोअप नगरेका कारण विभिन्न समस्याहरू बढेको पनि उनले बताए। साथै महिलाहरूमा सेतो पानी बग्ने समस्या बढी देखिएको उनले बताए।

उपचार गराएका बिरामीहरूलाई अस्पतालले निशुल्क औषधि पनि वितरण गरेको छ। शिविरमा सहभागीहरूले सामान्य स्वास्थ्य परीक्षण, औषधि वितरण र स्वास्थ्य सम्बन्धी परामर्श सेवा प्राप्त गरेका छन्। यस पहलले प्रहरीहरूको स्वास्थ्यमा सुधार ल्याउन र स्वास्थ्य सेवाको पहुँचलाई बढावा दिन महत्त्वपूर्ण भूमिका खेलेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?