Butwal Today

काठमाडौँको साँखुमा स्कुल बस दुर्घटना: ३ जनाको मृत्युसमेत, २७ जना घाइते

१ फाल्गुन २०८१, बिहीबार
अ+
अ-

काठमाडौँको शंखरापुर नगरपालिका-५ स्थित साँखुमा बुधबार भएको एक स्कुल बस दुर्घटनामा ३ जनाले ज्यान गुमाएका छन्। चाबहिलस्थित एसएस एकेडेमीको बस दुर्घटनामा २७ जना घाइते भएका थिए, जसमा २७ जनालाई उपचारपछि डिस्चार्ज गरिएको छ।

दुर्घटनामा परेका एक जना बालिका गम्भीर घाइते भएकी छिन् र उनी मेडिसिटी अस्पतालमा उपचार भइरहेका छन्। अन्य घाइतेहरूलाई पिपुल्स लाइफ केयर अस्पताल, शंखरापुर अस्पताल र नेपाल मेडिकल कलेजमा उपचार दिइएको छ।

प्रारम्भिक अनुसन्धानले बसको ब्रेक फेल भइ दुर्घटना भएको पुष्टि गरेको छ। दुर्घटनामा चालक मनिष माझी रहेका थिए, जो सिन्धुपाल्चोकका निवासी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?