ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड

विवाहको उमेर २० वर्ष नै कायम राख्न माग गर्दै प्रधानमन्त्रीलाई  ज्ञापन–पत्र  

३० माघ २०८१, बुधबार
३० माघ २०८१, बुधबार
दाङ, ३० माघ ।
महिला, बालबालिका तथा सामाजिक क्षेत्रमा क्रियाशील मुक्त कमलरी विकास मञ्चलयायत विभिन्न ३० वटा संघसंस्थाले नेपालमा विवाहको कानूनी उमेर २० वर्ष नै कायम राख्न माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन–पत्र बुझाएका छन् ।
प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समिति अन्तर्गत गठन भएको उपसमितिको गत माघ २ गते बसेको बैठकले नेपालमा विवाह गर्न उमेरलाई २० वर्षबाट घटाएर १८ वर्ष बनाउने प्रस्ताव अघि सारेको विषयप्रति उनीहरुले ध्यानाकर्षण भएको जनाउँदै विद्यमान कानून अनुसार विवाहको कानूनी उमेर २० वर्ष नै कायम राख्न प्रधानमन्त्री समक्ष माग गरेका हुन् ।
नेपालको सातै प्रदेशका, बालविवाह बढी हुने जिल्ला र समुदायमा, बालविवाह विरुद्ध जागरण अभियान सञ्चालन गर्दै आएका स्थानीय संस्थाहरू, बालबालिका र किशोरकिशोरीहरूले संसदीय उपसमितिको प्रस्ताव प्रति गम्भीर  ध्यानाकर्षण भएको जनाएका छन् । उनीहरुले बाल अधिकार सम्बन्धि महासन्धि १९८९, महिलामाथि हुने सबै प्रकारका विभेदहरुको अन्त्य गर्न महासन्धि १९७९ र दिगो विकासको लक्ष्य (सन २०१६–२०३०) लगायत मानव अधिकार, महिला र बालअधिकारसँग सम्बन्धित दस्तावेजहरुलाई नेपाल  सरकारले अंगिकार गरी बालबालिका र तथा महिलाको अधिकार सुनिश्चित गर्ने प्रतिवद्धता जनाएको स्मरणसमेत गराएका छन् ।
यसैगरी, नेपालको संविधान, बालबालिका सम्बन्धि ऐन २०७५, राष्ट्रिय बालबालिका नीति २०८०, बालबालिका सम्बन्धि नियमावली २०७८, मुलुकी अपराधसंहिता २०७४, तथा स्थानीय सरकार संचालन ऐन २०७४, बालविवाह विरुद्धको रणनीति २०७२, बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ लगायत अन्य कानुन पनि बालविवाह अन्त्यका लागि कार्यन्वयनमा रहेको अवस्थामा यसको दीगो कार्यान्वयनमा जोड दिन आग्रह गरिएको छ ।
’बालविवाह सम्बन्धि कानुन तय गर्ने क्रममा भए गरेका अध्ययन, अनुसन्धान र तथ्यांकका आधारमा किशोर किशोरीको मानसिक, मनोसामाजिक, यौन तथा प्रजनन् स्वास्थ्य, शारीरिक विकास र सामाजिक संरचनाको सन्तुलित विकासका लागि नेपालमा विवाहको उपयुक्त उमेर २० वर्ष बनाइएको तथ्यलाई नजरअन्दाज नगर्न अपिल गर्दै  बालविवाह न्यूनीकरणका लागि सरकार स्वयम् र विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय संघसंस्थाहरुले गरेका योगदानका कारण किशोर किशोरीहरुले कम्तिमा १२ कक्षा पास गरी स्नातक तहमा भर्ना हुन सकेका छन्‘ ज्ञापन पत्रमा भनिएको छ ।
नेपाल विश्वमा बालविवाह बढी हुने देश मध्ये दशौँ स्थानमा रहेको र दक्षिण एसियाली मुलुकमा तेस्रोमा रहेको सन्दर्भमा विवाहको उमेरहद घटाउँदा यसले देशमा अझ बिकराल स्थिति आउन सक्ने खतरा पनि औँल्याईएको छ ।
‘बालविवाह गरिनु बालअधिकार, महिला अधिकार, मानव अधिकारको हनन मात्रै नभई विकास र समृद्धिको बाधक हो । मुलुक संघीयतामा गइसकेको अवस्थामा अब समाजबाट यस्ता कुप्रथाहरु सदाका लागि हटाउनुपर्छ ।
स्थानीय, प्रदेश र संघीय सरकारले चाहेमा यो सम्भव छ । अतः देशभरीका सम्पुर्ण बालबालिका र किशोरकिशोरीको तर्फबाट बालविवाह विरुद्ध सरकारले कडा कदम चालोस् र विवाहको उमेरहद २० वर्ष नै कायम गरोस भन्ने जोडदार माग गर्दछौं’ प्रधानमन्त्री ओलीलाई बुझाईएको ज्ञापन पत्रमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?