ट्रेंडिंग:

>> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन

मन्त्रीले गरे दूरसञ्चार प्राधिकरणका निर्देशक घिमिरेको प्रशंसा

३० माघ २०८१, बुधबार
३० माघ २०८१, बुधबार

काठमाडौं, ३० माघ ।

सुरक्षित इन्टरनेट दिवसको अवसरमा नेपाल दूरसञ्चार प्राधिकरण, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय तथा अन्य सरोकारवालाहरूको सहकार्यमा होटल रेडिसनमा मंगलबार विशेष कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा साइबर सुरक्षाको बढ्दो महत्त्वबारे प्रकाश पार्दै सरकारले गरिरहेका प्रयासबारे जानकारी गराएका थिए । उनले सामाजिक सञ्जाल विधेयकमार्फत डिजिटल माध्यममा बढ्दै गइरहेका अपराध र विकृति नियन्त्रण गर्ने लक्ष्य रहेको बताए ।

मन्त्री गुरुङले दूरसञ्चार क्षेत्रमा कार्यरत कर्मचारीलाई निर्धक्क भएर काम गर्न हौसला प्रदान गरे । सो अवसरमा उनले प्राधिकरणका निर्देशक अर्जुन घिमिरेको कार्यसमर्पणको प्रशंसा गरेका थिए ।
हाल प्राधिकरणमा कर्मचारी संख्या कम रहेको, केही कर्मचारी निलम्बनमा परेका र केहीको मुद्दा अदालतमा विचाराधीन रहेको बताउँदै यस्तो कठिन परिस्थितिमा घिमिरे र उनको टोलीले निरन्तर सेवा प्रदान गरिरहेकोमा उनले प्रशंसा व्यक्त गरे ।

दूरसञ्चार प्राधिकरणको कार्यभार बढ्दै गएको अवस्थामा सीमित कर्मचारीले विभिन्न शाखाको जिम्मेवारी सम्हालेका छन् । निर्देशक घिमिरेले मात्रै प्रशासन, वित्त, उपभोक्ता मामिला लगायतका क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् ।

साथै, उनले टेलिकम तथा इन्टरनेट सेवाप्रदायकहरूलाई सुशासनमा ल्याउने, अनियमित प्रतिस्पर्धा रोक्ने तथा कानुन उल्लङ्घन गर्नेहरूमाथि निगरानी बढाएका छन् ।

यद्यपि, कार्यक्रममा प्राधिकरणको कार्यक्षमतामाथि चिन्ता व्यक्त गर्दै सेवाप्रदायक, परामर्शदाता तथा अन्य सरोकारवालाले विभिन्न आवेदनहरू लामो समयदेखि रोकिएको, विदेशी मुद्रा सटही लगायतका महत्त्वपूर्ण प्रक्रियाहरूमा ढिलाइ भइरहेको गुनासो गरेका थिए ।

साथै उनीहरूले प्राधिकरणको नेतृत्व टोलीसामु साइबर सुरक्षाको मजबुती, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रभावकारी व्यवस्थापन तथा दूरसञ्चार क्षेत्रका समसामयिक समस्याहरू समाधान गर्नुपर्ने चुनौती रहेको औंल्याए । त्यस्तै अध्यक्षको कार्यालयमा निर्णय पर्खिरहेका महत्त्वपूर्ण फाइलहरूको थुप्रो रहेको तथा उद्योग परामर्शको अभाव रहेको विषयमा उनीहरूले ध्यानाकर्षण गराएका थिए ।

हालैमात्र मन्त्री गुरुङको प्रत्यक्ष पहलमा सातै प्रदेशमा दूरसञ्चार क्षेत्रमा देखिएका समस्या र चुनौतीको समाधानको सन्र्दभमा सरोकारवालाबीच अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको थियो । सो अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, दूरसञ्चार प्राधिकरण, सेवाप्रदायहरूका साथै प्रदेश प्रदेशका मुख्यमन्त्री तथा मातहतका निकायको सक्रिय सहभागिता रहेको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?