ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

विवाहको उमेर २० वर्ष नै कायम राख्न माग गर्दै प्रधानमन्त्रीलाई  ज्ञापन–पत्र  

३० माघ २०८१, बुधबार
३० माघ २०८१, बुधबार
दाङ, ३० माघ ।
महिला, बालबालिका तथा सामाजिक क्षेत्रमा क्रियाशील मुक्त कमलरी विकास मञ्चलयायत विभिन्न ३० वटा संघसंस्थाले नेपालमा विवाहको कानूनी उमेर २० वर्ष नै कायम राख्न माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन–पत्र बुझाएका छन् ।
प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समिति अन्तर्गत गठन भएको उपसमितिको गत माघ २ गते बसेको बैठकले नेपालमा विवाह गर्न उमेरलाई २० वर्षबाट घटाएर १८ वर्ष बनाउने प्रस्ताव अघि सारेको विषयप्रति उनीहरुले ध्यानाकर्षण भएको जनाउँदै विद्यमान कानून अनुसार विवाहको कानूनी उमेर २० वर्ष नै कायम राख्न प्रधानमन्त्री समक्ष माग गरेका हुन् ।
नेपालको सातै प्रदेशका, बालविवाह बढी हुने जिल्ला र समुदायमा, बालविवाह विरुद्ध जागरण अभियान सञ्चालन गर्दै आएका स्थानीय संस्थाहरू, बालबालिका र किशोरकिशोरीहरूले संसदीय उपसमितिको प्रस्ताव प्रति गम्भीर  ध्यानाकर्षण भएको जनाएका छन् । उनीहरुले बाल अधिकार सम्बन्धि महासन्धि १९८९, महिलामाथि हुने सबै प्रकारका विभेदहरुको अन्त्य गर्न महासन्धि १९७९ र दिगो विकासको लक्ष्य (सन २०१६–२०३०) लगायत मानव अधिकार, महिला र बालअधिकारसँग सम्बन्धित दस्तावेजहरुलाई नेपाल  सरकारले अंगिकार गरी बालबालिका र तथा महिलाको अधिकार सुनिश्चित गर्ने प्रतिवद्धता जनाएको स्मरणसमेत गराएका छन् ।
यसैगरी, नेपालको संविधान, बालबालिका सम्बन्धि ऐन २०७५, राष्ट्रिय बालबालिका नीति २०८०, बालबालिका सम्बन्धि नियमावली २०७८, मुलुकी अपराधसंहिता २०७४, तथा स्थानीय सरकार संचालन ऐन २०७४, बालविवाह विरुद्धको रणनीति २०७२, बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ लगायत अन्य कानुन पनि बालविवाह अन्त्यका लागि कार्यन्वयनमा रहेको अवस्थामा यसको दीगो कार्यान्वयनमा जोड दिन आग्रह गरिएको छ ।
’बालविवाह सम्बन्धि कानुन तय गर्ने क्रममा भए गरेका अध्ययन, अनुसन्धान र तथ्यांकका आधारमा किशोर किशोरीको मानसिक, मनोसामाजिक, यौन तथा प्रजनन् स्वास्थ्य, शारीरिक विकास र सामाजिक संरचनाको सन्तुलित विकासका लागि नेपालमा विवाहको उपयुक्त उमेर २० वर्ष बनाइएको तथ्यलाई नजरअन्दाज नगर्न अपिल गर्दै  बालविवाह न्यूनीकरणका लागि सरकार स्वयम् र विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय संघसंस्थाहरुले गरेका योगदानका कारण किशोर किशोरीहरुले कम्तिमा १२ कक्षा पास गरी स्नातक तहमा भर्ना हुन सकेका छन्‘ ज्ञापन पत्रमा भनिएको छ ।
नेपाल विश्वमा बालविवाह बढी हुने देश मध्ये दशौँ स्थानमा रहेको र दक्षिण एसियाली मुलुकमा तेस्रोमा रहेको सन्दर्भमा विवाहको उमेरहद घटाउँदा यसले देशमा अझ बिकराल स्थिति आउन सक्ने खतरा पनि औँल्याईएको छ ।
‘बालविवाह गरिनु बालअधिकार, महिला अधिकार, मानव अधिकारको हनन मात्रै नभई विकास र समृद्धिको बाधक हो । मुलुक संघीयतामा गइसकेको अवस्थामा अब समाजबाट यस्ता कुप्रथाहरु सदाका लागि हटाउनुपर्छ ।
स्थानीय, प्रदेश र संघीय सरकारले चाहेमा यो सम्भव छ । अतः देशभरीका सम्पुर्ण बालबालिका र किशोरकिशोरीको तर्फबाट बालविवाह विरुद्ध सरकारले कडा कदम चालोस् र विवाहको उमेरहद २० वर्ष नै कायम गरोस भन्ने जोडदार माग गर्दछौं’ प्रधानमन्त्री ओलीलाई बुझाईएको ज्ञापन पत्रमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?