Butwal Today

स्थानीय तहमा पुग्दै हुलाक कार्यालय, खुम्चिदै सेवा

२९ माघ २०८१, मंगलवार
अ+
अ-

 पाल्पा , २७ माघ।

कुनै बेला सुचना प्रवाहको मुख्य भूमिका निभाएको हुलाक सेवा आधुनिक प्रविधिका कारण खुम्चिएको छ । बिकट गाउमा चिठीपत्रको माध्यममबाट सुचना आदानप्रदान हुने युगबाट आधुनिक प्रविधिमैत्री युगमा प्रवेश भएसंगै हुलाकको सेवा खुम्चिएको हो ।

पत्रपत्रिका, बैक तथा बित्तिय सस्थाका चिठीपत्र ओसारपोसार र सरकारी कामकाजका लागि अनिवार्य टिकट बिक्री कार्यमा सिमित हुनुपरेको जिल्ला हुलाक कार्यालय, पाल्पाका सुचना अधिकारी टंक भण्डारी बताउछन । संघिय संघियतामा प्रवेश गरेको आठ वर्ष पछि हुलाक कार्यालय स्थानिय तहमा पुगेको छ । केन्द्रिय नीति अनुरुप जिल्लाका दश स्थानिय तह मध्य ९ वटा स्थानिय निकायका मुख्य केन्द्रमा हुलाक कार्यालयको स्थापना भएको उनले बताए । संघिय संरचना अनुरुप पालिका तहमा स्थापना सहित जिल्लाको पालुङ मैनादी मदनपोखरा, अर्गली, वल्डेङगढी गरी ५ वटा स्थानमा इलाका हुलाक खारेजीमा परेका छन् । तिन तहका कार्यालय इलाका, अतिरिक्त र जिल्ला मध्ये क्रमिक रुपमा इलाका अतिरिक्त सबै प्रकृयाको खारेजीको प्रकृयामा जानेछन् । ५२ वटा अतिरिक्त मध्ये ८ वटा खारेजीमा परेका छन् भने १२ वटा इलाका मध्ये ५ वटा खारेजी भएका छन् । सरकार स्थानिय निकायका केन्द्रमा कार्यालय स्थापना गर्ने नीति अनुरुप, इलाका अतिरिक्त कार्यालयमा आवश्यक जनशक्ती थप नर्गन, उमेर हदका कारण कर्मचारीलाई विदाइ गर्न, क्रमिक रुपमा कर्मचारी विहीन भएपछि स्वाभाविक रुपमा कार्यालय खारेजीको बाटोमा लाग्ने कार्यालयका प्रमुख जगदिप पन्थी बताउछन् ।

सुचना तथा संञ्चारको आधुनिक बिकास पुर्व बलियो माध्यम बनेको हुलाक माध्यम पछिल्लो समयमा सुचना तथा संचार क्षेत्रमा भएको बिकासका कारण प्रयोग विहीन हुन लागेपछि संघिय संरचना अनुसारको संरचना तयार भएको हो । स्थानिय निकाय तथा स्थानिय तहका केन्द्रमा निर्मित संरचना अनुरुप रामपुर नगर, तानसेन नगर, तिनाउ, निस्दी, पुर्वखोला गाउपालिकामा केन्द्रमा आफनो स्वामित्वको कार्यालय रहेको र रिब्दीकोट, रैनादेवी छहरा, वगनासकाली गाउपालिकाको केन्द्रमा स्थापित हुलाक कार्यालय भाडाका घरमा कार्यालय स्थापना गरेको प्रमुख पन्थी बताउछन् । यसै गरी हुलाक कार्यालयले यस आर्थिक वर्षको ६ महिनाको अवधिमा विभिन्न शिर्षकबाट ९ लाख, ५४ हजार ६ सय ८० रुपैया राजश्व वापत संकलन गरेको छ ।

संघिय संरचना अनुसार स्थानिय निकायमा स्थापित हुलाक कार्यालयले पुष मसान्त सम्म साधारण चिठी १४५ वटा दर्ता, ३३९ वटा आयात ३१३६ रजिष्टरी दर्ता, २०५४ वटा आयात गरेको , साना पाकेट ८ वटा आयात, रजिष्टरी पुलिन्दा ९ वटा दर्ता २९ वटा, २७ वटा बुक पोष्ट दर्ता, ३१२ वटा आयात, २४९६ वटा पत्रपत्रिका दर्ता, ६९३ वटा आयात, दु्रत चिठी पत्र १ सय १२ वटा आयात भएको छ । सुचना तथा सञ्चार क्षेत्रमा बिकासका कारण सञ्चारका उपकरण चिठीपत्रका विकल्पमा प्रयोग आएपछि ओझेलमा परेको हुलाकबाट यस आर्थिक वर्षमा साधारण चिठी ६२ वटा, रजिष्टरी चिठी २ दुई हजार १ सय १४ वटा साना पकेट ८ वटा रजिष्टरी पुलन्दा ९ वटा , बुकपोष्ट २७ वटा, पत्रपत्रिका १३ वटा निर्यात भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?