Butwal Today

सुन तोलाको ६ सय रूपैयाँले बढयो

२९ माघ २०८१, मंगलवार
अ+
अ-

काठमाडौं ।

सुनको मुल्यमा बृद्दी भएको छ ।

आज नेपाली बजारमा सुनको मुल्य ६ सय रूपैयाँले बृद्दी भएको हो । जसअनुसार मंगलबार सुन तोलामा एक लाख ७० हजार २०० पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन तोलामा एक लाख ६९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। उता, चाँदीको मुल्य भने केही घटेको छ । जसअनुसार आज १ हजार ९४५ मा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ।

सोमबार चाँदी एक हजार ९७५ रुपैयाँमा कारोबार भएको थियो।