Butwal Today

पर्सामा भारतीय नागरिकको हत्या आशंका

२९ माघ २०८१, मंगलवार
अ+
अ-

रौतहट, २९ माघ

पर्सा जिल्लाको पश्चिमीभेग ठोरी गाउँपालिकामा एक भारतीय नागरिकको हत्या भएको आशंका गरिएको छ। ठोरी गाउँपालिका–४ बाघमोर्चा पुल नजिक शंकास्पद अवस्थामा शव भेटिएको हो। गाउँलेहरूले शव देखेर प्रहरीलाई खबर गरेका थिए।

मृतकको पहिचान ५१ वर्षीय राजदेव माझीका रूपमा भएको छ, जो भारत बिहार पश्चिमी चम्पारणका निवासी थिए। शवको घाँटीमा सल बेरिएको र दाग देखिएको कारण यसलाई हत्या भएको अनुमान गरिएको छ।

पोस्टमार्टम रिपोर्टपछि मात्रै हत्याको कारण र जिम्मेवार व्यक्तिको पहिचान हुने जनाइएको छ। प्रहरी टोलीले शवलाई मुचुल्का गरेर वीरगञ्जस्थित नारायणी अस्पतालमा पोस्टमार्टमको लागि पठाएको छ र घटनाको थप अनुसन्धान जारी रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?