ट्रेंडिंग:

>> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान >> “फूलको माला” नयॉ रत्यौली गीत सार्वजनिक (भिडियोसहित) 

विश्व सुरक्षित इन्टरनेट दिवस,प्रविधिको दुरुपयोगले बढाउँदै विकृति

२९ माघ २०८१, मंगलवार
२९ माघ २०८१, मंगलवार

‘इन्टरनेटलाई अझै बढी सुरक्षित र विश्वसनीय बनाऔं’ भन्ने नाराका साथ विश्वभरी आज विश्व सुरक्षित इन्टरनेट दिवस मनाईदैछ । हरेक बर्ष यो दिवस मनाईन्छ तर इन्टरनेटलाई सुरक्षित बनाउन नसक्दा विश्वले अनेकखाले समस्या र उल्झन भोग्दै आएको छ । प्रविधिलाई प्रयोग गर्न जान्ने हो भने बरदान हुन्छ । दुरूपयोग गर्ने हो भने बिनास निम्त्याउँछ । इन्टरनेटको प्रयोग र दुरूपयोगका विषयमा बहस गर्नेभन्दा पनि प्रविधिलाई प्रयोग गर्ने सन्दर्भमा अवको दिनमा ध्यान दिनु जरुरी छ । नेपालमा पनि इन्टरनेट दुरूपयोग गर्दा सिर्जना भएका घटनाले ठूलो चुनौति सिर्जना गरेको छ । इन्टरनेटकै कारण हजारौं नागरिकले असुरक्षित जीवन विताउनु परिरहेको छ । इन्टरनेटलाई सदुपयोग गर्न नसक्दा नेपालकै कुरा गर्ने हो भने पनि कैयौंको घरबार बिग्रिएको अवस्था छ । पारिवारिक सम्वन्धमात्र होइन, अपराध, हिंसा, बिचलन र मानसिक चिन्ता बढाउने काम इन्टरेनटकै माध्यमबाट भैरहेको छ । इन्टरेनटलाई सदुपयोग गर्ने हो भने यो बरदान हो । यसको सही प्रयोगले यही प्रमाणित भएको छ तर, दुरूपयोग गर्दाको परिणाम के हुन्छ भन्ने कुरा नेपालले राम्रैसंग भोगिरहेको अवस्था छ । तसर्थ इन्टरनेट मानव जीवनका लागि श्वास प्रश्वास जत्तिकै आवश्यक छ तर यसलाई दुरूपयोग गरेको अवस्थामा यसले पु¥याउने हानीको कल्पना समेत गरेर सकिदैन । आज २२ औं सुरक्षित इन्टरनेट दिवस मनाउँदै गर्दा यस वर्षको नाराले पनि त्यही सन्देश बोकेको छ । इन्टरनेटलाई अझै बढी सुरक्षित विश्वसनीय बनाऔं भन्नुको तात्पर्य पनि त्यही हो । इन्टरनेटको प्रयोग पछिल्लोसमय बालबालिका र युवा युवतीले बढि गरिरहेको देखिएको छ । तसर्थ यसको प्रयोगबाट बालबालिका तथा युवा वर्ग बढी जोखिममा छन् । उनीहरूलाई इन्टरनेटबाट शिक्षा दिनुका साथै समाज परिवर्तनमा प्रेरणा बढाउनु जरुरी छ ।

डिजिटल प्रविधिको सुरक्षित तथा सकारात्मक प्रयोगको प्रवर्धन गर्न प्रत्येक वर्ष सुरक्षित इन्टरनेट दिवस मनाइन्छ । डिजिटल प्रविधिको असुरक्षित प्रयोगले उनीहरूलाई अनलाइन यौन दुव्र्यवहार एवं शोषण, साइबर बुलिङ्ग, फिसिङ्ग तथा सेक्स्टोर्सन जस्ता गम्भीर जोखिमहरूप्रति अघि बढाउन सहयोग गर्दछ । तसर्थ यस्ता जोखिमबाट बचाउनेतर्फ हामी सवैको ध्यान जाओस् । अवको दिनमा नेपाललाई अपराधबाट मुक्त गर्ने हो भने इन्टरनेटको सुरक्षित प्रयोगतर्फ बालबालिका, युवा वर्ग, अभिभावकहरू सवै सचेत र जिम्मेवार बन्नु जरुरी छ । किनभने धेरै भन्दा धेरै अपराधका घटना इन्टरनेटको दुरूपयोगबाट भएको देखिएको छ । तसर्थ अहिले इन्टरनेटलाई सुरक्षित बनाउनेतर्फ हामी सवैको ध्यान जानु जरुरी छ । यतिखेर विश्वभर जस्तै नेपालमा पनि सामाजिक सञ्जालको जगजगी छ । फेसबुक, टिकटक, युट्युब, ट्विटर, इन्स्टाग्राम तथा स्न्यापच्याट जस्ता माध्यम प्रयोग गर्नेको संख्या दिनानुदिन बढ्दो छ । इन्टरनेटमा उपलब्ध यस्ता माध्यम विशेषगरी नयाँ पुस्तामा यतिसम्म जरो गाड्न सफल भएको छ कि यसलाई न उनीहरू छाड्न सक्छन् न त तोड्न नै । सोझो अर्थमाभन्दा सामाजिक सञ्जाल उनीहरूका लागि लत बनिसकेको छ । यसको श्रोत भनेको इन्टरनेट नै हो । तसर्थ इन्टरनेटलाई सुरक्षित प्रयोग गर्नेदेखि दुरूपयोग हुन नदिनेतर्फ सतर्कता आवश्यक छ । यो दिवस मनाउँदै गर्दा नेपाल सरकारले पनि सचेतनाका कार्यक्रम सञ्चालन गर्नेतर्फ ध्यान दिनु जरुरी छ । प्रविधिको उपयोग र दुरूपयोग दुवै हुँदा मुलुकले ठूलो समस्या भोग्न परिरहेको अवस्थामा इन्टरनेटलाई सुरक्षित वनाउनेतर्फ हामी सवैको ध्यान जाओस् । पछिल्लोसमय इन्टरेनटकै माध्यमबाट कसैको चरित्र हत्या गर्ने, खासगरी महिलाहरूलाई ब्ल्याकमेलिङ गरेर उनीहरूको जीवन तहसनहस बनाउने, नकारात्मक सूचना प्रवाह गरिदिने क्रम बढेकोले सवै सचेत बन्नुको विकल्प छैन । इन्टरनेटकै कारण नेपालमा थुप्रै परिवारको घरबार उजाडिएको अवस्था देखिएको छ । अवको दिनमा इन्टरनेटलाई शिक्षामूलक र सामाजिक सद्भाव नबिगार्ने सामग्री मात्र प्रकाशन, प्रसारण गरी असल नागरिकको भूमिका निर्वाह गर्नेतर्फ पैरवी गर्नु जरुरी छ । यो बिषयमा नेपाल सरकार, सम्बद्ध निकाय, अपराधका घटना नियन्त्रण गर्ने प्रहरी प्रशासनको यो बिषयमा ध्यान जानु जरुरी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?