Butwal Today

मानव कल्याण समाज दाङको आयोजना  ज्ञान  विज्ञान महायज्ञको आय व्यय सार्वजनिक 

२९ माघ २०८१, मंगलवार
अ+
अ-
दाङ,२९ माघ।
दाङको घोराही उपमहानगरपालिका -१० नारायणपुरमा रहेको  मानव कल्याण समाज दाङको आयोजना माघ १७ गतेदेखि  २४ गतेसम्म सञ्चालन भएको श्रीमद्भागवत सप्ताह  ज्ञान्  बिज्ञान महायज्ञ २०८१ को आयब्यय सार्वजनिक गरिएको छ । आज पत्रकार सम्मेलन गरि आय ब्यय सार्वजनिक गरिएको हो।
मुल समारोह समितिका प्रमुख चन्द्रराज पन्तले ज्ञान बिज्ञान महायज्ञमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । कार्यक्रममा आर्थिक संयोजक नारायण भुसालले आय ब्यय प्रस्तुत गरेका थिए ।  आम्दानीमा रसिदबाट ६१ लाख ७८ हजार  ३५०  रुपैयाँ , दानपात्रमा १ लाख २९ हजार ७४० रुपैयाँ , भागबत पुस्तकको दक्षिणा ३७ हजार ५५५, कलश  ५१ हजार  १२० रुपैयाँ , वडाकार्यालयबाट पाउनुपर्ने १ लाख २८ हजार १४८ रुपैयाँ आम्दानी भएको जानकारी दिए ।
 महा यज्ञ सञ्चालन गर्दा विभिन्न शिर्षकमा १३ लाख ४९ हजार २६२ रुपैयाँ भएको  खर्च भएको जानकारी दिए । महायज्ञराजको आम्दानीबाट खर्च कटाई  ५१ लाख ७५ हजार  ६५१ रुपैयाँ बचत  भएको जानकारी दिए  ।।