ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

दाताले हात झिक्दा थलामा सशक्तिकरण कार्यक्रम

२९ माघ २०८१, मंगलवार
२९ माघ २०८१, मंगलवार

पाल्पा, २८ माघ  ।
तानसेन नगर भित्रका टोल बिकास संस्था भित्रका सदस्यलाई उद्यमी तथा उद्यम समूह बनाउने कार्यक्रम बजेटका कारण नै थला परेको छ । कार्यक्रममार्फत फलाम, तामा, बास बाट सामग्री निर्माण गर्न अचार बनाउने, दुध, मासुजन्य, हाते होजेरी, गलैचा, डल्लो साबुन उत्पादन, चाउमिन, चाउचाउ, सस, जाम जस्ता बस्तु उत्पादन हुने गर्दथ्यो । सशक्तिकरणका लागि संचालन गरिएको भनिएको उक्त कार्यक्रम नगरमा पछिल्लो समयमा प्रर्याप्त बजेटको कारण थला परेको छ ।

यु.एन.डि.पीको सहयोगमा २०५५ साल बाट नगरका विपन्न वर्ग तथा समुदायका वर्ग तथा परिवारलाई आर्थिक रूपमा सवल बनाउँदै गरिबी न्यूनीकरण गर्ने उद्देश्यले नगरमा गाउ नगर साझेदारी मार्फत उद्यम बनाउने कार्यक्रम मार्फत प्रति निर्वाचित जनप्रतिनिधीले पछिल्लो समयमा यसको महत्व र औतित्व बुझ्न नसक्दा परियोजना अस्तव्यस्त नै भएको पुराना कर्मचारीहरू बताउँछन् ।

नगर भित्रका टोल बिकास संस्था तथा समूह भित्रका उद्यम समूहलाई ससाना लगानी गर्नको लागि त्यो पनि न्यून ब्याजमा समूहको साक्षी जमानीमा हो । यसरी कर्जा प्रवाह गर्ने कार्यक्रम थियो । कर्जा प्रवाह गर्ने समयमा व्याज बुझाउन आउने र ऋण लिन आउनेको भिडै नै लाग्दथियो । नगरको बिकासको महत्वपुर्ण भूमिका राख्ने टोल बिकास समूह मध्य तीन सय भन्दा बढि यस कार्यक्रममा समाहीत भएको पुराना उद्यमी चन्द्र लक्ष्मी श्रेष्ठ बताउँछिन् । ५ वर्षको यो परियोजना राम्रो संग संचालन भयो । त्यतिबेला नेपालमा १२ वटा नगरपालिकामा संचालन भएको थियो । समूहमा राम्रोसंग कर्जा प्रवाह भएको थियो । कर्जा वापतको व्याज पनि संकलन भएको थियो । नगर समूहले बचत रकमलाई समूहमा प्रवाह गर्नुको सट्टा युवा स्वरोजगार कोषमा परिचालन गरेपछि अव परियोजनाले निरन्तता पाउने कुरामा आफु आशाबादी नभएको सेती पोखरीका तामाका भाडा उद्यमी विर बहादुर विश्वकर्मा बताउँछन् ।

सानो लगानीले प्रभावकारी उत्पादन हुने यस्तो परियोजना आफनो खुट्टामा उभिन सक्ने भयो । ५ वर्षको अवधिमा समूह मार्फत संचालन हुने नगर सरकारले नियमन र निगरानी गर्ने क्रममा राजनैतिक तरलताका कारण दाताले सहयोग रकम कम गर्दै गयो क्रमिक रूपमा २०७० सालबाट सहयोग ठप्प भयो तर पनि संचालन गर्न सकिएको थियो । परियोजनाका जिम्मेबार कर्मचारी नगरपालिकामा समायोजन भए पुराना समय र दिनहरू भुल्दै गएपछि नगरपालिकाले यसको महत्व बुझ्न नसक्दा अस्तव्यस्त भएको पुराना कर्मचारी तथा नगर सरकारका राजश्व शाखाका प्रमुख मधु सुधन घर्ती बताउँछन् ।

संघीय संरचना अनुरूप सम्पन्न निर्वाचन जनप्रतिनिधिलाई यसको महत्व बारेमा बुझाउन प्रयत्न गर्दा बुझ्न चेष्टा गर्नुको सट्टामा भएको रकम पनि अन्तै परिचालन गरिदिए । पहिलाको वडा नम्बर १२ हालको ५ को छापटोल टोल बिकास समूहमा ४ लाख र सबै भन्दा कम लामडाँडाको टोल बिकास समूह इन्दे्रणी ढाका समूह संग सबै भन्दा कम ६ हजार रूपैयाँ कर्जा वापतको रकम उठन बाँकी रहेको छ । समूहसंग ४० लाख ८२ हजार ६ सय २३ रूपैया कर्जा वापतको रकम उठन बाँकी रहेको छ । समूह बाट संकलित ५० लाख रूपैया तत्कालिन नगर सरकारले युवा स्वरोजगार कोषमा रकमान्तर गर्दा बिउ पूर्जी नै सकियो अब बैंकमा २, ४ लाख मात्र बाकी छ । पहिलाको तुलनामा ससक्त रूपमा संचालन गर्न सकिने प्रसस्त आधारहरू छन् । राम्रो प्रतिफल पाउने गरी प्रभावकारी रूपमा संचालन गर्न नगर सरकारले २ करोड रूपैयाँ घुम्ती कोषका लागि विनियोजन गरे उद्यम र उद्यमी बनाउने मात्र होइन । गरिवी न्यूनीकरण गर्दै नगर सरकार द्धारा संचालिन बिकास र निर्माणका साना साना योजना संम्पन्न गर्नका लागि यस्ता समूह परिचालन गर्न सकिने मधु सुधन घर्ती बताउँछन् ।

नगर सरकारका प्रमुख सन्तोषलाल श्रेष्ठले यो कार्यक्रमलाई नगर सरकारले निरन्तता दिने विषयमा आफुले मसिनोसंग अध्यय गरेको र आउने आर्थिक वर्षमा घुम्ती कोषका लागि रकम जम्मा गर्ने, दाताले सस्था बलियो भएपछि हात झिकेछ । नगरपालिकाले भने लामो समय सम्म जनप्रतिनिधी नहुँदा र पछिल्लो समयमा नगर सरकार संग प्रर्याप्त बजेट नहुँदा निरन्तता नदिएको हुन सक्ने उनी बताउछन् । अब यसलाई निरन्तता दिने सवालमा आफू सकारात्मक भएको उनी बताउँछन् ।

साझेदारी कार्यक्रमले घुम्ति कोष बाट कर्जा प्रवाह, बिउ पुर्जीबाट साना साना सहयोगले ठुला उपलब्धि, प्रविधी हस्तान्तरण, सिप तथा क्षमताको बिकासमा सहयोग गर्ने हो । नगरसरकारले यसलाई अगाडि बढाए गाउँ गाउँ बस्ती बस्तीमा उद्यमी बन्ने र बनाउन मदत पुग्ने र गाउँ बस्तीमा रोजगारीको बलियो ढोका खुल्ने पुराना उद्यमी टिका विश्वकर्मा बताउँछन्। दाताले सस्था बलियो भनेर बिस्तारै हात झिक्यो नगर सरकारले निरन्तता नदिँदा उद्यमी कार्यक्रम ध्वस्त भयो अबन नगर सरकारले लगानीका हात अगाडि बढाए पहिला भन्दा राम्रो हुने पुराना उद्यमीहरू बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?