ट्रेंडिंग:

>> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो

उप सम्पादक खनाललाई उत्कृष्ठ सहकारी पत्रकारिता पुरस्कार प्रदान

२९ माघ २०८१, मंगलवार
२९ माघ २०८१, मंगलवार

बुटवल, २९ माघ ।

नेपाल पत्रकार महासंघ रुपन्देहीको संयोजनमा रुपन्देही बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट प्रदान गरिने ‘उत्कृष्ट सहकारी पत्रकारिता पुरस्कार २०८१’ बाट बुटवल टुडे राष्ट्रिय दैनिकका उपसम्पादक कृष्ण खनाल पुरस्कृत भएका छन् । पत्रिकाको संस्थापनकालदेखि कार्यरत खनाल कृषि, सहकारी र समसमायिक विषयमा कलम चलाउँदै आएका छन् । उप सम्पादक खनाललाई नेपाली काँग्रेस लुम्बिनी प्रदेश सभा प्रमुख सचेतक प्रदेश सभा सदस्य जमुना ढकाल, रुपन्देही बचत तथा ऋण सहकारी संघका अध्यक्ष बसन्त प्रसाद ढकाल, लुम्बिनी प्रदेश विशिष्टकृत सहकारी संस्थाका अध्यक्ष ज्ञानु पौडेल सहितले नगद सहित सम्मान तथा पुरस्कृत गरेका हुन् ।

रुपन्देही बचत तथा ऋण सहकारी संस्थाको १९ औं स्थापना दिवसको अवसरमा आयोजित विशेष समारोहमा उक्त पुरस्कार प्रदान गरिएको हो । कार्यक्रममा बोल्दै नेपाली काँग्रेस लुम्बिनी प्रदेश प्रमुख सचेतक जमुना ढकालले राज्यले जननताको पैसा सुरक्षित छ भनेर घोषणा गर्नुपर्ने अवस्था आएको बताइन् ।

उनले सबै सहकारीहरुको अवस्था अहिलेको जस्तो नभएको भन्दै समाजमा उद्यमशिलता प्रवद्र्धन, विकासको लागि नमुना सहकारीहरुले काम गर्दै आएको बताइन् । उनले राम्रा सहकारीहरुको प्रचारप्रसार कम भएको भन्दै यसमा सहकारीले गरेका अनुकरणीय कार्यको प्रचार प्रसार गर्नुपर्नेमा जोड समेत दिइन् ।

सहकारीलाई राज्य संयन्त्रको बाँडफाँडपछि प्रदेश र स्थानीय तहको बिचमा राखेको र नियमक निकायको संयन्त्र विना नै अधिकार दिएको कारण अहिलेको अवस्था आएको उनको तर्क थियो । उनले अहिलेको सरकार सबैभन्दा बलियो सरकार भएको अहिलेको सरकारले भन्दै आशालाई निराशामा बदल्न दिन नहुने बताइन् । उनले भनिन्– “हामी तपाईंको को पक्षमा छौ, तपाईंको माग, आन्दोलनमा सबै तयार छौ ।’’ सहकारीप्रति जननाको जनविश्वास कमी हुँदै गएको भन्दै उनले जनतालाई सहकारी के हो ? यसको महत्व के छ भनेर बुझाउन आवश्यकता रहेको समेत तर्क गरिन् ।

कार्यक्रममा बोल्दै जिल्ला बचत संघका पुर्व अध्यक्ष तथा सल्लाहकार भिम प्रसाद तुलाचनले एक दुई वटा सहकारीले गरेको बदमासीको कारण अहिलेका सहकारी अभियान्ताहरुले दोष खानुपरेको बताए । उनले सहकारीको नियमन गर्ने सरकारले नियमन बेलैमा नगरेको कारण सहकारीमा समस्या आएको भन्दै यसको लागि सकारीको छुट्टै नीति बनाएर अगाडि जानुको विकल्प नभएको बताए । उनले भने –‘नीतिगत रुपमा हामी अगाडि बढ्न आवश्यक छ, राष्ट्रिय सहकारी नीति नै नभएको बेलामा हामीले रुपन्देहीबाट अभियान सुरुवात गरेका हौ ।’

केन्द्रीय सहकारी संघका लेखा समिति सुपरिवेक्षण समितिमा समेत रहेका तुलाचनले सरकारले सहकारी ऐन पूर्णरुपमा कार्यान्वयन नगर्दाको अहिलेको अवस्था आएको बताउँदै सहकारी ऐन २०७४ मा नै सहकारी कोष, न्यायाधिकरणमा जोड दिएको बताए । सहकारी अभियानलाई दोष दिनु भन्दा पनि ऐन कार्यान्वयनमा लैजानको लागि सरकारलाई सुझाव दिएका थिए । नेपाल सरकारले नियममक निकायले यो विषयमा गम्भीर भएर लाग्नु पर्ने उनले बताए । उनले भने, “सहकारी प्राधिकरण बनाएर थप सहकारी अभियानलाई तर्साउने काम भैरहेको छ ।”

सहकारी अभिभावक विहीन र नियमन भन्दा बाहिर गएको कारण अहिलेको अवस्था आएको भन्दै उनले यसमा सहकारीहरुको अवस्था राम्रो छ भनेर अभियान नै चलाउनुपर्ने अवस्था आएको बताएका थिए । सहकारी संस्थाहरुले गलत अभ्यासलाई निरुत्साहित गर्दै राम्रा अभ्यासको सृजनात्मक सिको गर्दै अगाडि जानुपर्नेमा जोड दिए ।

लुम्बिनी बिशिस्टकृत सहकारी संस्था लिमिडेका अध्यक्ष ः ज्ञानु पौडेलले समुदाय स्तरमा शशक्तिकरण, नमुना काम भैरहेका छन्, तर प्रसार प्रसार नभएको बताईन् । उनले नमुना भएका छन्, तर यसको प्रसार प्रसार हुन सकेको भन्दै यसको लागि सहकारी अभियान्ताहरुले सहकारीले गरेका नमुना कार्यको अनुशरण अन्य सहकारीले पनि गर्नुपर्नेमा जोड दिईन् ।

प्रदेश सरकारले प्रदेशको सहकारी प्रवद्र्धन कोष बनाएको भएपनि त्यसको कुनै पनि कार्यान्वयन नभएको भन्दै अध्यक्ष पौडेलले सहकारी प्रवद्र्धन कोषलाई लघु कर्जाको रुपमा सहकारी मार्फत अनुदानको रुपमा सहकारीमा कर्जा लगानी गर्न आवश्यक रहेको बताएकी थिइन् ।

लुम्बिनी प्रदेश बचत संघका अध्यक्ष श्रीकृष्ण नेपालले सहकारीमा बिचलन आउने काम भैरहेको भन्दै यसको पूर्ण नियन्त्रण गर्न आवश्यक रहेको बताएका थिए । जिल्ला सहकारी संघको मार्गदर्शनमा अगाडि बढ्न आवश्यक रहेको उनको भनाई थियो । तीन तहका सरकारका बिचमा सहकार्य गरी सहकारीको नियमन गर्न आवश्यक रहेको उनको तर्क थियो ।

कार्यक्रममा केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका सञ्चालक तथा जिल्ला संघका सल्लाहकार हरि प्रसाद काफ्ल ले बोल्दै सहकारीको प्रर्वद्धनमा सबै तहका बीचमा हातेमालो आवश्यक भएको बताएका थिए । कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नम्बर १५ मा रहेको भद्रकालि दुग्ध उत्पादक सहकारी संस्थालाई उत्कृष्ठ सहकारीको रुपमा समेत पुरस्कृत गरिएको थियो । १९ औ स्थापना दिवसको अवसरमा संघले प्रकाशन गरेको ‘सहकारी बुलेटिन २०८१’ समेत बिमोचन गरिएको थियो । संघका अध्यक्ष बसन्त प्रसाद ढकालले सहकारी अभियान अहिले पछिल्लो समयमा केही कमजोर भएता भएपनि यसको असर दीर्घकालीन रुपमा भने नहुने बताएका थिए । सहकारीका समस्या समाधानको लागि सहकारीलाई दोष दिनु भन्दा पनि निमयक निकायले नै बेलैमा यो विषयमा शशक्त भएर भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?