ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

सामाजिक सञ्जाल विधेयक फिर्ता लिन सुमना श्रेष्ठको माग

२९ माघ २०८१, मंगलवार
२९ माघ २०८१, मंगलवार

काठमाडौं, २९ माघ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले सामाजिक सञ्जाल सम्बन्धी विधेयक फिर्ता गर्नु पर्ने जनाएकी छन्। संसद र समितिका बैठकहरूमा सो विधेयक प्रति आपत्ति जनाए पनि कुनै सम्बोधन नभएपछि उनले सामाजिक सञ्जालमार्फत फिर्ता लिनु पर्ने माग गरेकी छन्।

उनले सामाजिक सञ्जालमा लेखेकी छिन्:

“एउटा सांसद भएर पनि, म किन सामाजिक सञ्जालसम्बन्धी विधेयक फिर्ता लैजानुपर्छ भन्ने कुरा गर्दै छु?

दुई वर्षको संसदीय अनुभवमा मैले धेरै विधेयकमा संशोधन प्रस्ताव राख्ने, विरोध जनाउने र फरक मत राख्ने—यस्ता प्रक्रियात्मक तरिकाले विरोध जनाउने धेरै काम गरिसकेकी छु। तर के थाहा भएको छ भने, सदनको र संसदको आवरण देखाएर यहाँ पेलेर आफू मनखुशी काम बाहेक केही नहुने रहेछ।

सार्वजनिक सेवा प्रसारण विधेयकको उदाहरण दिन्छु। त्यसमा सार्वजनिक प्रसार सेवा (रेडियो नेपाल, नेपाल टेलिभिजन)लाई सरकारको अधीनमा राख्ने कुरा ल्याइएको थियो। त्यही समितिमा छु। छलफलमा कत्ति विरोध गरेँ, तर सुनेनन्। उल्टै तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले भन्नुभयो—‘आज हामी सरकारमा छौं, भोलि तपाईँ हुनुहुनेछ, सरकारलाई गाह्रो हुने गरी किन कानून बनाउने?’ भन्नुभयो। यसमा सरकारले सार्वजनिक सञ्चार माध्यमलाई पूर्ण नियन्त्रण गर्नु पर्छ भन्ने आशय व्यक्त गर्नुभयो।

सोही व्यक्तिहरू प्रायः विभिन्न मञ्चमा गएर बोल्नुहुन्छ र मिडिया स्वायत्त हुनुपर्छ भनेर भन्छन्। यस्ता फरक कुरा भनेको र गर्नेमा आकाश-पातालको फरक पर्छ।

अर्को उदाहरण – विद्युतीय व्यापार विधेयकको। त्यो विधेयक तपाईंलाई कत्तिको याद छ? हामीले कति छलफल गर्यौँ, लेख्यौं, भिडियो बनायौँ, तर अझै पनि साना उद्यमीलाई मर्कामा पर्ने गरी सूचीकरणको प्रावधान अस्पष्ट राखेर र सबै साना व्यापारले अनलाइन रेड लेसल मेकानिजम स्थापित गर्नुपर्ने कुरा राखेर तथा आर्थिक अपराधमा जेल जानु पर्ने प्रावधान राखेर समितिबाट प्रतिवेदन पास गरिएको छ।

हो, यसमा प्रतिनिधि सभा सदस्य गणेश पराजुलीले फरक मत दर्ता पनि गराउनु भएको छ। तर त्यो अर्को दस्तावेजीकरण मात्र भयो।

अर्को उदाहरण – अभिलेख संरक्षण (पहिलो संशोधन) ऐन २०८१। यसमा यदि कुनै कर्मचारीले अभिलेख तोकिएको व्यक्तिबाहेकलाई देखाए, सार्यो, नष्ट गर्यो भने ५० हजारसम्म जरिवाना वा कैद अथवा दुवै सजाय तोकिएको छ। तर कुनै सामाजिक सञ्जालमा लाइक र शेयर गरेकै भरमा ५ लाखसम्मको जरिवाना तोकिएको छ।

साँच्चै भन्नुपर्दा, यदि यो विधेयक सदनमा गयो भने, हामी केही सांसद चर्को स्वरमा चिच्याउँला, केही दिन भिडियो भाइरल होला, तर कानून भने निरङ्कुश नै बन्छ। जनता फेरी मारमा पर्नेछन्।

अर्को प्रश्न भनेको–के यसरी सदनमा पेश भएका विधेयक फिर्ता लैजान मिल्छ? पक्कै मिल्छ, अस्ती मात्र अर्थ मन्त्रीज्यूले आर्थिक दायित्वसम्बन्धी विधेयक, जसमा हामीले संशोधन समेत राखेका थियौँ, त्यसलाई फिर्ता लैजानु भयो।

सरकारले अहिलेसम्म गरेको भनेको जनतालाई थकाउने, अनि जब आवाज सबै सुक्छ, त्यो बेला आफुलाई जे मन लाग्छ, त्यही गर्ने नै हो। यो सबै विषयमा धेरै सरोकारवालाले आफ्ना राय विधेयक तर्जुमाका बखत दिएका पनि थिए, नदिएका होइनन्। तर पनि कानून भने निरङ्कुश नै आयो। आखिर सरकार विरुद्ध कसैले बोल्ने आँट नगरोस् भन्ने मनशायले आएको विधेयक हो यो पनि।

आम मान्छेको दुःखको कुरा गरेर तपाईँहरूलाई छुदैन। तर मनन योग्य कुरा के छ भने समयचक्र चलिरहन्छ।

भोलि कुनै बेला तपाईँ प्रतिपक्षमा रहनुहुनेछ, त्यो बेलाको सरकारले यसको दुरुपयोग गरेछ भनेर रोइकराई नगर्नु होला।

त्यसकारण एउटा सांसद भएर पनि, म किन सामाजिक सञ्जालसम्बन्धी विधेयक फिर्ता लैजानुपर्छ भन्ने कुरा गर्दै छु। हो, सामाजिक सञ्जाल प्लेटफर्म नेपालमा दर्ता हुनुपर्छ, गुनासो व्यवस्थापन चाहिन्छ–तर पहिले मस्यौदा ल्याउनुहोस्। सार्वजनिक बहस चलाउनुहोस्। जनतासँग अख्तियारी लिएर कानून बनाउनुहोस्।

आज अनलाइनमा युवा उत्रिएका छन्। यो डिजिटल हस्ताक्षर गरेर उनीहरूले विधेयक फिर्ता हुनुपर्ने माग राख्दै विरोध जनाएका छन्।

कि गुठी विधेयकको विरोध जस्तै, जबसम्म जनता सडकमा उत्रिदैनन्, सरकारले नसुन्ने हो?”

यो भनेको सुमना श्रेष्ठको भनाइको सार हो, जसले सामाजिक सञ्जाल विधेयकको विरोध जनाउँदै, त्यसलाई फिर्ता गर्न सरकारसँग आग्रह गरेकी छिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?