ट्रेंडिंग:

>> १० करोडको कारोबार गर्दै सकियो देवदह मेला  >> देशव्यापी मनोनयनले बढाएको उत्साह >> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद

यौन तथा प्रजनन स्वास्थ्य अधिकारका लागि सञ्चारकर्मी कार्यशाला

२९ माघ २०८१, मंगलवार
२९ माघ २०८१, मंगलवार

लुम्बिनी, २९ माघ ।

किशोर किशोरीहरुको यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी अभियानको सवलीकरण (समसारा) परियोजनाका कार्यक्षेत्रका १५ सञ्चारकर्मीलाई लुम्बिनीमा तीन दिने कार्यशाला सम्पन्न गरिएको छ । एम्लिफाई चेन्जको आर्थिक सहयोगमा कालिका स्वावलम्बन सामाजिक केन्द्र कपिलवस्तुले कपिलवस्तु, रुपन्देही र पश्चिम नवलपरासीका ३३ पालिकामा ३० महिना सम्म सञ्चालनमा आएको परियोजना बारे जानकारी दिन कार्यशाला आयोजना गरिएको थियो ।

कार्यशालामा सञ्चारकर्मीलाई यौन तथा प्रजनन स्वास्थ्य शिक्षा, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य ऐन २०७५ मा भएका व्यवस्थाहरु, ऐन कार्यान्वयनको अवस्था र चुनौती, लैङ्गिक हिंसा, बालविवाह, किशोर किशोरी र युवामैत्री सेवा, सुरक्षित सुत्केरी सेवा, गर्भ परीक्षण, गर्भपतनका कानुनी व्यवस्था, दाईजो, बहुबिवाह, प्रजनन स्वास्थ्य अधिकारका सवाल र सम्बोधनका उपाय, सञ्चार क्षेत्रले प्रजनन स्वास्थ्य अधिकारको बिषय उठान गर्न खेल्नुपर्ने भूमिकाबारे सहजिकरण गरिएको थियो । सहजकर्ता जेसी स्पेसलिस्ट (लैङ्गिक बिज्ञ) तथा सञ्चारकर्मी रिमा बिसी, अधिवक्ता गोमती सुनार (दिपा) ले कार्यशालाको सहजीकरण गरेका थिए । कार्यक्रममा समसारा परियोजनाका टिम लिडर अभिनव चौधरी, कपिलवस्तु संयोजक अनिल घर्ती, नवलपसारी संयोजक दिलु श्रेष्ठले परियोजनाका कार्यक्रम बारे जानकारी दिएका थिए भने कालिकाका कार्यक्रम संयोजक निशान्त कँुवरले संस्थाका कार्यक्रमको जानकारी दिएका थिए ।

परियोजनाका संयोजक अभिनव चौधरीले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य ऐन २०७५ को कार्यान्वयनको बातावरण निर्माण, सरोकारवालाको सशक्तिकरण, युवामैत्री वातावरणका लागि वकालत, मुद्दामा आधारित अभियान, वकालत कार्यशाला, मिडिया अभियान र स्वास्थ्य संस्था सुदृढिकरणका क्षेत्रमा रणनितीक रुपमा काम गरिने स्पष्ट पारे । परियोजनाले सञ्चार क्षेत्र सँग समन्वय गरेर बिषय केन्द्रित नितीगत सुधारका लागी पहल गर्ने उनको भनाई थियो ।

लैङ्गिक हिंसा उन्मुलन र युवा तथा किशोराको स्वास्थ्य सेवामा पहुँच बृद्धि गराउने गरी परियोजना कार्यान्वयनमा लगिने कालिकाका कार्यकारी निर्देशक रामेन्द्र सिंह रावलले बताए । सञ्चार क्षेत्रको सहकार्यमा यौन तथा प्रजनन स्वास्थ्य स्वास्थ्यका मुद्दाहरु सम्बोधन गर्न तिनै तहका सरकार सँग नीति कार्यान्वयन र आवश्यताका आधारमा संसोधनका लागि वकालत गरिने कार्यकारी निर्देशक रावलले जानकारी दिए । संंस्थाले गुणस्तरीय शिक्षा, स्वास्थ्य, जिविकोपार्जन र नागरिक शिक्षालाई नागरिकको सरोकारको बिषय बनाउने गरी कार्य सम्पादन गरेको उनको भनाई थियो । कार्यशाला आयोजनाले तिनै जिल्लाका प्रजनन स्वास्थ्यका सवाल र मुद्दा उठानमा भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको कालिकाका अध्यक्ष मन्दिप सिंहको भनाई थियो । समापन कार्यक्रममा अध्यक्ष सिंह, संस्थाका सदस्य गोपाल भण्डारी, कार्यकारी निर्देशक रावल, सहजकर्ताहरु, परियोजना कर्मचारी र तीन जिल्लाका सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?