ट्रेंडिंग:

>> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की >> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै >> एमाले निर्वाचन नतिजा आजै राति सार्वजनिक हुन्छ : गौतम >> सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च >> यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित >> एमाले निर्वाचन : अहिलेसम्म ३८० मत खस्यो, नतिजा आजै >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा

बिपद प्राधिकरणको सिईयो नियुक्तिमा बिज्ञतालाई ध्यान दिन सरोकारवालाको जोड

२९ माघ २०८१, मंगलवार
२९ माघ २०८१, मंगलवार

काठमाडौँ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुख सिइओका लागि आगामी बुधवार अन्तरवार्ता हुने भएको छ ।

कार्यकारी प्रमुख नियुक्ति गर्ने प्रक्रिया अन्तर्गत अन्तिम चरणमा छनौट भएका  ५ जनाको यही बुधवार बिहान ८ बजे गृहमन्त्रालयमा अन्तवार्ता हुने भएको हो ।

अन्तरवार्ताका लागि छनौट हुनेहरुमा दिनेश प्रसाद भट्ट बैतडी, धर्मराज उप्रेती डडेल्धुरा, बसन्तराज अधिकारी कास्की, मन्दिप सुवेदी रोल्पा र  सुमनकुमार कर्ण मोरङ छन् ।

छनौटमा परेका भट्ट गृहमन्त्री रमेश लेखकका भान्जा नाता पर्ने हुन । उनी नेपाली काँगेस महासमितिका सदस्य समेत हुन् । उक्त पदका लागि योग्य उम्मेद्वार हुनलाई कुनै पार्टीको सदस्यता नलिएको हुनुपर्ने उल्लेख छ ।

तर भट्ट अन्तिम ५ मा छनौट भएपछि कतिपयले विपद् प्राधिकरणमा राजनीतिक हस्तक्षेप हुन सक्ने भन्दै चिन्ता जनाएका छन् ।

सरकारले विपद् व्यवस्थापनको जिम्मेवारी विषय विज्ञता, अन्तर्राष्ट्रिय समुदायसँग समन्वय गर्न सक्ने र यस विषयमा अध्ययन गरेको व्यक्तिलाई दिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

विपद व्यवस्थापन जस्तो उच्च प्राविधिक विषयमा राजनीतिक व्यक्तिलाई ल्याउन  नहुने भन्दै उनीहरुले २०७२ को भूकम्पपछि पुनर्निर्माण गर्ने निकायमा राजनीतिकरण हुँदा भूकम्प प्रभावित जिल्लामा अहिलेसम्म पनि कतिपय परिवार जोखिमपुर्ण जीवन विताउन बाध्य भएको भन्दै सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।

तत्कालिन राष्ट्रिय पुननिर्माण प्राधिकरणमा काम गरेका एक बिज्ञ सदस्यले भने, हामीले विगतको अवस्थाबाट पाठ सिकेर विपद् हेर्ने प्राधिकणमा अब राजनीति गर्न हुदैन ।

नाम उल्लेख नगर्ने सर्तमा उनले भने, बिगतमा काँग्रेस एमालेको चरम राजनीतिकरणका कारण पुननिर्माण नाम मात्रको भयो, अव पनि त्यसो गरियो भने बिपद् व्यवस्थापनमा सरकार गम्भीर छैन भन्ने पुष्टी हु्न्छ ।
तत्कालिन राष्ट्रिय पुननिर्माण प्राधिकरणमै काम गरेका अर्का एक पुर्व सचिवले विपद् प्राधिकरणलाई सरकारले पर्याप्त अधिकार र स्रोत साधन उपलव्ध गराउन कन्जुस्याई गरेको भन्दै जीवन र मत्युसँग डिल गर्ने निकायलाई सरकारी अड्डा जस्तो नियमित काम गर्ने कार्यालय बनाउनु नहुने बताए ।

उनले भने, प्राधिकरणको अर्थ आफैमा शक्तिशाली भन्ने हो र सरकारले त्यसको नेतृत्वमा जाने कमाण्डरलाई पनि शक्तिशाली नेतृत्व दिएर पठाउनुपर्छ जसले बिषय बुझेको छ, विपद्मा काम गरेको अनुभव छ त्यसले मात्र प्राधिकरणको नेतृत्वलाई सही दिशा दिन सक्छ नत्र प्राधिकरण बनाउनुको कुनै औचित्य नै छैन ।

खास गरि उक्त प्राधिकरण विकास साझेदार संस्थाहरुसँगको समन्वयमा अघि बढ्ने भएकाले अन्तराष्ट्रिय संघसंस्थासँग समन्वय गर्ने व्यक्तित्वलाई सिइओ बनाउनुपर्नेमा विज्ञहरुको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?