ट्रेंडिंग:

>> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह

सडक दुर्घटनाका कारण र समाधानका उपाय

२८ माघ २०८१, सोमबार
२८ माघ २०८१, सोमबार

यातायातका साधनबाट एक स्थानदेखि अर्को स्थानसम्म पुग्न प्रयोग गरिने माध्यम सडक हो । सडक भनेको सवारी साधनहरूको आवागमनको लागि प्रयोग हुने मार्गलाई बुझाउँछ । जलमार्गको सम्भावना नभएको, रेल मार्गको विस्तार भै नसकेको र हवाई मार्ग अधिकांश नेपालीको पहुंच बाहिर रहेकाले सडक यातायात एकमात्र भरपर्दो यात्राको माध्यम हो । सडक प्रयोग गर्ने अधिकार मात्र होइन कर्तव्य पनि हो । सडकबाट नै कुल ग्राहस्थ्य उत्पादनको करिव ५.४ प्रतिशत योगदान राष्ट्रलाई पुगेको छ । सडक भनेको पूर्वाधारहरूको पनि पूर्वाधार हो । जुन देशमा सडक धेरै छ त्यो देश धनी हुन्छ । जापान, फ्रान्स, स्पेन, आईसल्याण्डमा सडक सम्पत्ती धेरै छन । यसरी सडक सम्पत्तीको मर्मत नगर्नु भनेको सम्पत्तीको मर्मत नगरेको हो । राज्यबाट कुल बजेटको ३ प्रतिशत बजेट सडकमा लगानी गर्नु पर्दछ । यदि तत्काल ३ प्रतिशत बजेट छुट्रयाउन सकिएन भने यसले ६ प्रतिशत नोक्सानी पुर्याएको हुन्छ । त्यसैले सडक सम्पत्तीको समयमा मर्मत हुनु पर्दछ । दाया वाया सडकको संरक्षणका लागि सार्वजनिक निजी साझेदारीको धारणा अनुसार संरक्षण गर्नुपर्दछ । सार्वजनिक निजी साझेदारीमा गाडी पार्किङ, सामान संकलन, विद्युत, केवल ईत्यादि प्रयोग गरेवापत कर लिन सकिने गरी ब्यवस्थापन गर्न सकिन्छ । वर्षैपिच्छे ठेक्का लगाएर सडकको निर्माण गर्ने भन्दा बहुबर्षीय ठेक्का माध्यमबाट कार्य गर्नुपर्दछ । जसले गर्दा सडकको गुणस्तर कायम गर्न सकिने, कार्यप्रगति हुने र मितव्ययी बन्न सक्छ । नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी सार्वजनिक सडकलाई राजमार्ग, सहायक मार्ग, जिल्ला मार्ग, र शहरी मार्ग गरी वर्गीकरण गरेको छ । त्यस्तो सडकको केन्द्र रेखादेखि दायाँ बायाँ दुवैतिर एकतीस मिटरमा नबढाई सडक सीमा तोक्नेछ । तर एकै किसिमको सडकको सम्पूर्ण लम्बाईमा पनि भौगोलिक स्थिति र बस्तीको कारण त्यस्तो सडक सीमा कम गर्न वा पुल तथा पुलको वरपर नदीको तटवन्ध सुरक्षाको लागि चार किल्ला समेत खोली आवश्यक सीमा तोक्न सक्नेछ । सडक सीमा तोकिएको क्षेत्र भित्र भवन आदि बनाउन निषेध गर्ने, सडक सीमा तोकिएकोमा सडक सीमाको र सडक सीमा नतोकिएकोमा सार्वजनिक सडकको किनाराबाट ६/६ मिटरमा नबढ्ने गरी नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकेको फासला भित्र पर्खाल बाहेक अन्य कुनै किसिमको स्थायी बनौट निर्माण गर्न नपाउने गरी निषेध गर्न सक्नेछ भन्ने व्यवस्था सडक ऐनमा उल्लेख छ । तर नगर विकास सम्बन्धी योजना लागू भएको क्षेत्रमा तत्सम्बन्धी प्रचलित नेपाल कानुनमा व्यवस्था भएबमोजिम हुनेछ । यसरी निषेध गरिएको क्षेत्रभित्र कसैले कुनै किसिमको स्थायी बनौट वा भवन निर्माण गरेमा त्यस्तो बनौट वा भवन सडक विभागको आदेशले भत्काउन सकिनेछ । सडक विभागले त्यस्तो बनौट वा भवन भत्काउँदा लागेको खर्चसमेत सम्बन्धित व्यक्तिबाट भराउन सक्नेछ भन्ने पनि कानुनी ब्यवस्था रहेको छ ।

नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी राष्ट्रिय लोक मार्ग, प्रदेश लोक मार्ग, स्थानीय सडक, ग्रामीण सडक, शहरी सडक, कृषि सडक, तोकिए बमोजिमका अन्य सडक गरी सडकको वर्गीकरण गर्न सक्नेछ ब्यवस्था रहेको छ । सडक विभाग, सम्बन्धित प्रदेश सरकार, गाउँपालिका वा नगरपालिकाले आवश्यकताअनुसार सार्वजनिक सडकको दायाँ वायाँ रुख विरूवा लगाउनु पर्नेछ । यसरी लगाइएको रुखको काँटछाँट गर्ने वा त्यस्तो रुखले आवागमनमा बाधा पुर्याएमा त्यसलाई हटाउने जिम्मेवारी सडक विभागको हुनेछ । कुनै सार्वजनिक सडकले वहन गर्न सक्ने वजनको हद तोकी त्यस्तो सार्वजनिक सडकमा त्यसरी तोकिएको हद भन्दा बढी वजनको सवारी चलाउन नपाउने गरी निषेध गर्न सक्नेछ । सार्वजनिक सडकको निर्माण, मर्मत वा सम्भारको सम्बन्धमा कुनै आसपासको जग्गाबाट माटो, ढुङ्गा वा बालुवा लिन आवश्यक परेमा सडक विभागको आदेशानुसार आवश्यक परिमाणमा माटो, ढुङ्गा वा बालुवा लिन सक्नेछ । त्यस्तो जग्गाबाट माटो, ढुङ्गा वा बालुवा लिंदा त्यसमा रहेको कुनै बाली रुख विरुवा वा अन्य कुनै चीज वस्तुको नोक्सानी भएमा क्षतिपूर्ति दिनु पर्नेछ । सडक विभागको स्वीकृति प्राप्त नगरी कसैले सार्वजनिक सडकसँग जोडिने गरी प्रवेश मार्ग बनाउन, सार्वजनिक सडक वा सडक सीमाभित्र खाडल वा कुलो खन्न वा भत्काउन, किला, लट्ठा, तगारो आदि गाड्न वा हाल्न वा घर टहरो वा छाप्रो बनाउन वा सडक सीमाभित्रको जग्गा आवादी गर्न वा यस्तै अन्य कुनै कार्य गर्न हुँदैन । कसैले सडक विभागको स्वीकृति प्राप्त नगरी त्यस्तो कार्य गरेमा सडक विभागले त्यस्ता व्यक्ति उपर यस ऐन बमोजिम कारवाही चलाउने छ । सरकारी कार्यालयहरूले पनि सडक खन्नु परेमा सूचना दिनु पर्नेः नेपाल सरकारको कुनै कार्यालयले कुनै कामको लागि सार्वजनिक सडक वा सडक सीमा खन्नु पर्दा सडक विभागको पूर्व स्वीकृति लिई खन्नु पर्छ र त्यसरी सडक वा सडक सीमा खन्ने सम्बन्धमा सडक विभागले कुनै तरिका वा शर्त तोकेको भए सो समेत पालन गर्नु पर्ने देखिन्छ । यसरी सडक निर्माणमा कानुनले सहजता प्रदान गरेको स्पष्ट हुदा हुदै पनि सडक निर्माणमा ढिलाइ हुनु, सडक दुर्घटना बढ्दो हुनु र सडकको गुणस्तरमा पनि गिरावट आउनु लज्जास्पद बिषय हो ।

संस्थागत, संरचनागत, प्रकृयागत, कानुनी व्यवस्था हुदा हुदै पनि हामीले सुरक्षित सडक यातायात बनाउन नसक्नु जिम्मेवार निकाय को हो भन्ने प्रश्न उठ्रनु स्वभाविकै हो । नेपाल सरकारका जिम्मेवार निकाय, सम्वन्धित प्रदेश सरकार, स्थानीय तह, यातायात ब्यवसायी, सञ्चारकर्मी पत्रकार, राजनीतिक दल, जनप्रतिनिधि, कर्मचारी लगायत सवैले सोचनीय बिषय हो । दिनानुदिन सडक यातायात असुरक्षित बन्दै गईरहेको छ । सडक दुर्घटना र दुर्घटनामा ज्यान गुमाउनेहरूको संख्या ह्वात्तै बढेको छ । दुर्घटनामा निर्दोष नेपालीहरूले अकाल मृत्युवरण गर्नु परेको छ । अपांङ्ग भएर बांच्न बाध्य छन । धनको क्षति त्यतीकै छ । दुर्घटनाले व्यक्ति, परिवार, समाज तथा देशलाई ठुलो क्षति पुराएको छ । नेपालमा यातायातका साधनहरूको आयात अनियन्त्रित र असन्तुलित हुनु सडक दुर्घटनाको कारण हो । धेरै सवारी साधन दर्ता भएको छ । नेपालमा भित्रिएका सवारी मध्ये बस सर्वसाधारणको सेवामा बढी उपयोगी छ । जसले धेरै सर्वसाधारणलाई सेवा दिन सक्ने साधन हो । बसको संख्या अरू सवारी साधनको तुलनामा कम नै रहेको छ । निजी प्रयोजनका साधनमा मोटरसाइकल, कार, जिप र भ्यान पनि तीव्र रूपमा बढ्न पुगेको छ । सर्वसाधारणको सेवा दिने ठुला सवारी साधनहरू थोरै आयातले यात्रुहरूले कोचिएर यात्रा गर्नु पर्ने अवस्था छ । निजी सवारी साधनहरू मोटरसाइकल, कार आयात भने अनियन्त्रित भित्रिनाले सडकमा भिड सिर्जना गरिदियो जसले गर्दा दुर्घटनालाई निम्त्यायो । सडक विभागमार्फत मुलुकभर सामरिक सडक संजाल र स्थानीय सडक संजाल गर्दै कमै मात्र सडक निर्माण भएको तर सडक मर्मत भने प्रभावकारी नभएकोले सडक निर्माण र सवारी आयातको यो असन्तुलन सडक दुर्घटनाको कारणका रूपमा देखिन्छ । यसैगरी सवारी दर्ता गर्दा रुटको अवस्था, यात्रुहरूको चाप, सडकको अवस्थाको अनुगमन नहुनु दुर्घटनाका कारण बनेको छ । गाउँमा सडक खन्नु र सवारी गुडाउनुलाई गाउँलेहरू गर्व मान्छन् । सवारीमा यात्रा गर्ने सपनालाई साकार पार्न सबै मिलेर सडक त खन्छन तर सवारी गुडाउनका लागि उपयुक्त सडक बन्यो कि बनेन त्यसबारे परीक्षण नै नगरी देशका अधिकांश पहाडी तथा ग्रामिण क्षेत्रमा स्थानिय श्रोत साधनबाट सडक विस्तार गरी सवारी कुदाउने गरेका छन् । जुन दुर्घटनाको कारणका रूपमा देखिएका छन् । इन्जिनियरको विना परामर्श भारीयन्त्र चालकले सडक खन्ने कार्य गरेका छन् । जसले गर्दा सडक निर्माणको नाममा विनास पनि हुने गरेको छ ।

सडकमै हाट बजार लगाउने, घर टहरा बनाउने, पसलहरू थाप्ने, सडक अवरुद्ध हुने गरी निर्माण सामग्रीहरू थुपार्ने, कर संकलनका नाममा ढाट तथा घुम्ती राख्ने, सुरक्षा चेकपोष्टका नाममा जिकज्याक (व्यारियर्स) राख्ने, पशुपंक्षी छाडा छोड्ने, सडकमै धान तथा सनपाट सुकाउने, जथाभावी सवारी पार्किङ गर्ने कार्यले दुर्घटना बढाएको छ । सडक विस्तारका लागि शिलान्यास गर्न हतार हतार गर्ने तर सडक निर्माण कार्यमा ध्यान नदिँदा निर्माण कार्य अति सुस्त छ । पहाडका सडकहरू रेखा मात्र कोरिएका छन् । केही स्थानका बाहेक अधिकांश सडकहरू भत्किएका, खाल्डा परेका, साईड दिनै नसकिने सांघुरा, खोला तथा खहरेमा बनेका पुलहरू एकतर्फी सञ्चालन हुने खालका, पानी जम्ने, बाढी बग्ने खालका छन् । खोलाको यात्रा, हिलाम्मे धानखेतको यात्रा, चट्टाने गग्रेटोको यात्रा, मरुभूमि जस्तो धुलाम्मे यात्रा नेपालको सडकको एउटै यात्राले सवै अनुभव संगाल्न पाईन्छ । लामो रुटमा चल्ने केही सवारी साधनहरू बाहेक छोटा तथा सहरी क्षेत्रमा सञ्चालित अधिकांश सवारी साधनहरू पुराना छन् । प्राविधिक तथा यान्त्रिक रूपमा अनुपयुक्त सवारी साधन गुडिरहेका छन् । सवारी सञ्चालन गर्न हुने नहुने भेहिकल फिटनेश टेष्ट गर्ने प्राविधिक सम्बन्धी सवारीका श्रमिक सहचालक हुने गरेको छ । सहचालकबाट हुन नसके अनुभवका आधारमा बनेका मिस्त्रिबाट मर्मत हुने गरेको छ । जिर्ण सडक, जिर्ण सवारी साधन क्षमता भन्दा बढी लोड दुर्घटनाको कारण बनेको छ । सार्वजनिक यातायात सेवाको सञ्चालन तथा व्यवस्थापन यातायात व्यवसायी तथा यातायात श्रमिकहरूले गरिरहेका छन् । सार्वजनिक यातायात सेवामा निजी लगानीका कारण सेवामुखी भन्दा नाफामुखी भएको छ । धेरै कमाउन क्षमता भन्दा बढी यात्रु चढाउने, प्राविधिक तथा यान्त्रिक रूपमा ठिक नभएका सवारी मर्मत नगरी कुदाउने, मिस्त्रीले सामान फेर्न सल्लाह दिएपनि जवरजस्ती कमजोर अवस्थामा चलाउने, पैसा थोरै हुँदा रिसाउने, सेवामुखी र समयसारिणी बनाउनु भन्दा पैसामुखी, समाजसेवा भन्दा व्यक्तिगत स्वार्थमा केन्द्रीत हुँदै कमाउ मानसिकताका कारण सडक दुर्घटना निम्तिएको छ ।
क्रमशः

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?