© २०२३
खाना पकाउने ग्याँस सिलिण्डरको जोखिम पछिल्लोसमय बढ्दै गएपछि सुरक्षालाई लिएर अनेक चिन्ता उत्पन्न भएको छ । लगातार भैरहने सिलिण्ड विष्फोटले त्यसको आयु कति भन्ने बिषयमा समेत वहस हुनु जरुरी छ । संघीय राजधानी काठमाण्डौंमा पाँच दिन अघि सिलिण्डर ग्याँस विष्फोट हुँदा आधा दर्जन व्यक्ति घाईते भएपछि एकपटक पुनः यो बिषयले चर्चा पाएको छ । निश्चितरूपमा सिलिण्डर ग्याँसको बिषयमा सचेत नहुने हो भने यसको जोखिमले मानिसको मृत्युसम्म हुने भएकोले पूर्व सचेतना आवश्यक छ । दुई बर्षअघिमात्रै पनि सांसद चन्द्र भण्डारी र उनकी आमा हरिकला भण्डारी ग्याँस सिलिण्डर दुर्घटनामा पर्दा सांसद भण्डारीकी आमाको मृत्यु भएको घटना अझै ताजै छ । पछिल्लोपटक मुस्कान मम सेन्टरमा भएको सिलिण्डर ग्याँस बिष्फोटले पनि त्यही चिन्ता थपिएको छ । सिलिण्डर ग्याँसको जोखिम कम गर्न सरकारले अनुगमन गर्नु जरुरी छ । अर्कोतर्फ खाना पकाउनेहरूले समेत ग्याँस सिलिण्डर प्रयोग गर्दा सावधानी अपनाउनु आवश्यक छ । कतिपय घटना उपभोक्ताले सचेतना अपनाउन नसक्दा भएका छन् । यसतर्फ सम्बन्धित निकायको ध्यान जाओस् । नेपालमा हरेक बर्ष सिलिण्डर ग्याँस विष्फोट भएको वा आगलागी भएको घटना बाहिर आउने गर्दछ । त्यसबाट कैयौं मानिस जोखिममा परेका छन् । अवको दिनमा सिलिण्डर ग्याँस उद्योगले समेत जोखिमलाई मध्यनजर गर्दै सुरक्षित सिलिण्डर विक्रीमा ध्यान पु¥याउनु आवश्यक छ । लाखौं नागरिकको जीवन सुरक्षासंग जोडिएको यो बिषयमा उद्योगले खेलचारी गर्नु हुँदैन । अर्कोतर्फ उपभोक्ताले समेत यसको जोखिमबाट बच्न सुरक्षित प्रयोगमा ध्यान दिनु आवश्यक छ । बेला बेलामा भैरहने यस प्रकारका ग्याँस सिलिण्डर दुर्घटनाबाट ठूलो मानवीय क्षति हुँदै आएको छ । यस प्रकारको दुर्घटना रोक्न आम नेपाली उपभोक्ता सचेत हुनु जरुरी छ । पूर्व सावधानी र सचेतनाले ग्याँस दुर्घटनाको जोखिमबाट बच्न सकिन्छ । त्यसका लागि फेरीपनि आम उपभोक्ता ग्याँस सिलिण्डरको प्रयोग र यसको जोखिमका विषयमा सचेत हुन जरुरी छ । सिलिण्डर कहिले बनेको हो र त्यसको म्याद कति छ भन्ने विषयपनि उपभोक्ताले जान्नैपर्ने कुरा हो । ग्याँस विक्रेताहरूका अनुसार जोखिमबाट बच्न सिलिण्डरको घाँटीमा भएका तीनवटा लाम्चा डण्डीमध्ये एउटामा भित्रपट्टी सिलिण्डरको म्यादलाई जनाउनेगरी कोड राखिएको हुन्छ । सो कोडकै आधारमा सर्वसाधारणले सिलिण्डरको म्याद पत्ता लगाउन सक्छन् । त्यसैगरी यस्ता ग्याँसको सुरुमा ए, बी, सी र डी मध्ये एउटा अक्षर लेखिएको हुन्छ । त्यसपछि १६, १७, २०, २२, २५ आदि अंकहरू लेखिएको हुन्छ । यसकै आधारमा सर्वसाधारणले सिलिण्डरको म्याद थाहा पाउन सकिन्छ । अव उपभोक्ताले ग्याँस किन्न जाँदा त्यस विषयमा चनाखो भएर हेर्ने र बुझ्ने गर्न सकिएको अवस्थामा मात्रै पनि जोखिमको पूर्व अवस्थाबाट जोगिन सकिन्छ । त्यसैगरी ए, बी, सी र डीले अंग्रेजीका क्रमशः ३–३ महिना जनाउँछ । एले जनवरी, फेब्रुअरी र मार्च महिना जनाउँछ भने बीले अप्रिल, मे, जुन महिनालाई जनाउँछ । सीले जुलाई, अगष्ट र सेप्टेम्बर तथा डीले अक्टोबर, नोभेम्बर र डिसेम्बर महिनालाई जनाउँछ । आम उपभोक्ताले यी कुरामा सजिलै ध्यान पु¥याउन सकेको अवस्थामा पनि जोखिम कम गर्न सकिन्छ र संभावित दुर्घटना रोकिन्छ । एउटा सिलिण्डरको म्याद १० वर्षसम्म हुन्छ । १० वर्षपछि हाइड्रोलिक टेष्ट गर्नुपर्ने र ५ वर्ष म्याद थप्न सकिन्छ । तर ग्याँस उद्योगहरूले भने हाइड्रोलिक टेष्टको मापदण्ड अवलम्वन नगरेको पाईएको छ । जुन दुर्घटनाका लागि घातक सिद्ध हुन सक्छन् । तसर्थ अवको दिनमा उद्योग र उपभोक्ता सवैले जोखिमबाट बच्ने र बचाउने विषयमा सतर्कता अपनाउनु समयको माग हो । सानो सावधानीले ठूलो घटनाबाट जोगिने भएकोले उपभोक्ता सचेतता अत्यावश्यक छ ।