Butwal Today

मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभाबाट पारित

२८ माघ २०८१, सोमबार
अ+
अ-

काठमाडौं ।

मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभाबाट पारित भएको छ ।

सोमबार बसेका राष्ट्रियसभा बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुव्वा गुरुङले मिडिया काउन्सिल विधेयक २०८० लाई सन्देशसहित पेश गरेको प्रस्ताव सभाको सर्वसम्मतिले स्वीकृत भएको हो ।

त्यसअघि विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै नियमन गर्ने अधिकार मिडिया काउन्सिललाई दिने गरि कानून निर्माण गरिएको बताएका थिए ।

बैठकमा राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले राष्ट्रिय सभाबाट पारित भई सन्देशसहित प्रतिनिधि सभामा पठाइएको विद्यायन सम्बधमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभा समक्ष जानकारी गराई टेबुल गरेका थिए ।

राष्ट्रिय सभाको अर्को बैठक फाल्गुन ४ गते आइतबार बोलाइएको छ ।