Butwal Today

थ्री बाई थ्री एनबिसी बास्केटबल सुरु

२८ माघ २०८१, सोमबार
अ+
अ-

काठमाडौं ।

अन्तर्राष्ट्रिय थ्री बाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिप सोमबारबाट काठमाडौंमा सुरु भएको छ ।

नेपाल बास्केटबल संघ र थ्री बाई थ्रीको आयोजनामा सुरु प्रतियोगितामा ३२ टिम सहभागी छन् । जस अनुसार नेपालबाट २२, बंगलादेशबाट चार, भारतबाट तीन र एक पाकिस्तानबाट टिम सहभागी भएको संघले जनाएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सुरु प्रतियोगितामा सहभागी टोलीलाई आठ समूहमा विभाजन गरिएको छ ।

लिगकम नकआउटमा आधारमा खेलाइने प्रतियोगिताको विजेता, उपविजेता र मोस्टभेलुएबल खेलाडीलाई नगद पुरस्कार प्रदान गरिने संघले जनाएको छ ।

तीन दिने प्रतियोगिताको फाइनलको दिन भारत र पाकिस्तानबिच मैत्रीपूर्णं बास्केटबल प्रतियोगिता समेत हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?