ट्रेंडिंग:

>> सार्वजनिक कार्यक्रममा नागरिकले गरे सुशासन, पारदर्शिता र नैतिकतामाथि प्रश्न >>  कृषकलाई ५० प्रतिशत अनुदानमा पम्पसेट वितरण >> जनताको गुनासो सुन्नबाट तीन वर्षदेखि टाढिँदै इस्मा >> घर र धाराको जिआइएस प्रणालीबाट अनुगमन सुरु >> दाउन्नेको काम चाँडो सक्न मन्त्री घिसिङको निर्देशन  >> विश्व ध्यान दिवसको औचित्य >> नगरपालिकाद्वारा निःशुल्क दाउरा वितरण >> बँदिया भाले: आम्दानीको स्रोत >> आज विश्व ध्यान दिवस >> सेवा प्रवाहमा जनशक्ति अभाव मुख्य चुनौती >> आयोजकलाई अपमान गरेपछि हर्क साम्पाङले गरे उपाध्यक्ष परियारलाई कारबाही >> जेनजी आन्दोलन समिति संयोजकमा मिरज ढुंगाना, सरकार अपदस्थ गर्नेदेखि सर्वपक्षीय सरकारको योजना >> अर्जुन सापकोटा, पूर्णकला बिसी र रमेश भट्टराईले तताए अवलोकन कर्तालाई >> दोस्रो लुम्बिनी क्लासिक राष्ट्रब्यापी डेडलिफ्ट प्रतियोगिताको उपाधि दिकेश र गितालाई  >> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी >> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै >> श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न  >> नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण >> एमाले भित्रभित्रै चुनावको तयारी गरिरहेको छ : प्रचण्ड >> बर्दघाट चुरे उद्यानमा स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाश धाम जाने गोरेटो निर्माण तीव्र >> १ सय २ बोरा अनुदानको मल सहित एक व्यक्ति नियन्त्रणमा   >> शिक्षामा प्रेरणा: शिवराजमा थारु विद्यार्थीका लागि हाजिरी जवाफ >> बुटवलदेखि तिनाउ सत्यवतीसम्मको रमाइलो यात्रा  >> वैदेशिक भूमिमा पत्रकारिताको योगदान : तिलु शर्मा पौडेल सम्मानित >> युवा सचेतना र सांस्कृतिक कार्यक्रमसहित रोयल नेपाल यूथ एसोसिएसनको वार्षिकोत्सव  >> वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज >> कोलिय गणराज्यको राजधानी क्षेत्रमा अध्येयता >> शक्ति सन्तुलनको पौराणिक गाथा >> खम्पा विद्रोह र नेपाल: १९६० दशकको तिब्बती सङ्कटको प्रभाव   >> बौद्धस्थल लुम्बिनी: पर्यटकको ‘अन्तिम बिसौनी’ >> थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि >> सुनचाँदी पसलमा गोली हानी लुटपाटमा प्रयास गर्ने पक्राउ >> अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने कुरा स्वीकार्य हुँदैन :  अध्यक्ष शर्मा >> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला

निर्माण व्यवसायी रुपन्देहीको साधारणसभा : दिगो पूर्वाधार विकासका लागि सहकार्य आवश्यक

२७ माघ २०८१, आइतबार
२७ माघ २०८१, आइतबार

बुटवल, २७ माघ ।

रुपन्देहीमा क्रियाशील निर्माण व्यवसायीहरूको छाता संगठन लुम्बिनी निर्माण व्यवसायी संघक रुपन्देहीको १८औं साधारणसभा तिलोत्तमा–५, मणिग्राममा सम्पन्न भएको छ ।

कार्यक्रमको उदघाटन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले साधारण सभाको सफलताको शुभकामना दिंदै व्यवसायीहरूको वक्यौता भुक्तानी लगायतका विषयमा प्रदेश सरकारले गम्भीर ध्यान दिएको उल्लेख गर्दै चालु आर्थिक वर्षमै अघिल्लो भुक्तानी क्लियर गर्ने लक्ष्य राखिएको जानकारी दिए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले निर्माण व्यवसायीहरूको योगदानले लुम्बिनी प्रदेशको विकासलाई तीव्र गतिमा अघि बढाइरहेको बताए । उनले सरकार निर्माण व्यवसायीहरूसँग सहकार्य गर्दै पूर्वाधार विकासलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्री ढकालले हाल निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिले निर्माण व्यवसायीहरूलाई गम्भीर चुनौती निम्त्याएको भन्दै सरकार यसबारे संवेदनशील रहेको बताए । उनका अनुसार मूल्य वृद्धिका कारण निर्माण लागत बढ्नुका साथै विकास परियोजनाहरूमा ढिलाइ भइरहेको छ । त्यसैले प्रदेश सरकारले व्यवसायीहरूको हकहित संरक्षण र निर्माण क्षेत्रमा स्थायित्व कायम गर्न आवश्यक नीति तथा सहजीकरणका उपायहरू अवलम्बन गर्ने उनले बताए ।

लुम्बिनी निर्माण व्यवसायी संघकी अध्यक्ष मञ्जु भुसालले संघको बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै रुपन्देही संघ प्रदेशकै प्रमुख निर्माण व्यवसायी संगठन भएको बताउँदै, व्यवसायिक गतिविधिसँगै संघ सामाजिक उत्तरदायित्व निर्वाहमा पनि सक्रिय रहेको उल्लेख गरिन् । उनले शववाहन सञ्चालन, विपद् व्यवस्थापन सहयोग, सार्वजनिक संरचनाहरूको निर्माण तथा संरक्षणलगायतका विविध सामाजिक कार्यहरूमा पनी संघको उल्लेखनीय भूमिका रहेको बताइन् ।

कार्यक्रममा संघका संस्थापक अध्यक्ष स्व. चेतमान श्रेष्ठको स्मृतिमा उनको परिवारलाई सम्मान गरिएको थियो। साथै, संघका संस्थापक कार्यसमिति सदस्यहरू, पूर्व अध्यक्षहरू, सल्लाहकारहरू, सामाजिक कार्यक्रम संयोजक तथा विशिष्ट व्यक्तित्वहरूलाई पनि सम्मान गरिएको थियो।

साधारणसभामा संघकी अध्यक्ष मञ्जु भुसाल र मन्त्री ढकालले संघको २८ वर्षेको इतिहास समेटिएको “लुम्बिनी निर्माण स्मारिका” नामक पुस्तकको विमोचन गरेका थिए ।

साधारणसभाले निर्माण व्यवसायीहरूको समस्या, अवसर, तथा भविष्यका योजनाहरूबारे छलफल गर्दै लुम्बिनी प्रदेशको समृद्धि र दिगो पूर्वाधार विकासका लागि व्यवसायी र सरकारबीच सहकार्य आवश्यक रहेको बिषयमा जोड दिएको थियो। सभाले पालिका स्तरमा शाखा बिस्तार गर्ने र सदस्यता बृद्धि गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?