ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

अब नरोकियोस् अन्तर्राष्ट्रिय उडान

२७ माघ २०८१, आइतबार
२७ माघ २०८१, आइतबार

अनेक आशंका चिर्दै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान बढ्दै गर्दा यो विमानस्थलले फेरी खुसी ल्याउने आधार एवं विश्वास सिर्जना भएको छ । हुस्सु तथा कुहिरोको कारण भिजिबिलिटी कम भएको भन्दै उडान स्थगित गरेका अन्तर्राष्ट्रिय विमान कम्पनीहरूले पुनः उडान सञ्चालन गर्न थालेपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूको चहलपहल बढ्न थालेको छ । यसले समग्र लुम्बिनी प्रदेशका जनतालाई खुसी बनाएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन भएमा मात्रैपनि समग्र लुम्बिनी क्षेत्रको पर्यटन विकासमा ठूलो टेवा पुग्ने विश्वास सिर्जना हुन्छ । त्यसमाथि जाडो सकिएर हिउँदै लाग्दै गर्दा कटौती भएका अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालन हुनु यस क्षेत्रको लागि खुसीको कुरा हो । यसले लुम्बिनी क्षेत्रको पर्यटनमा मात्रै होइन, आर्थिक गतिविधिमा समेत टेवा पुग्ने विश्वास गरिएको छ । भिजिबिलिटीको कारण देखाउँदै कतार एयरवेज, जजिरा एयरवेज, फ्लाई दुबई र थाई एयर एसियाले मंसिरको अन्तिम सातादेखि स्थगित गरेको अन्तर्राष्ट्रिय उडान मौसममा खुल्न थालेपछि पुनः सुरू गरेका छन् । यसबाट यो विमानस्थल अव सञ्चालनमा समस्या छैन भन्ने पनि प्रमाणित गरेको छ । यद्यपि कतार एयरवेजले भने अझै उडान सञ्चालन गरेको छैन । नेपालका श्रमिकहरूको प्रमुख गन्तब्य मानिएको कतारले समेत भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सुरु गर्ने प्रतिवद्धता जनाएकोले अव गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा कुनैपनि बाधा र अडचन छैन भन्ने प्रमाणित भएको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा चहलपहल बढ्न थालेको मात्र छैन, दैनिक अन्तर्राष्ट्रिय उडानले अव काठमाण्डौंको विकल्प भैरहवाले दिनसक्छ भन्ने प्रमाणित पनि गरेको छ । अन्तर्राष्ट्रिय उडानसंगै भैरहवाबाट उडने र स्वदेश फर्किने यात्रुहरूको संख्या समेत बढ्दै गएकोले यो विमानस्थल अव सञ्चालन हुँदैन कि भन्ने भ्रम समाप्त भएको छ । अवको दिनमा सरकारले विमानस्थल संचालन गर्न आवश्यक पर्ने पूर्वाधार, भिसा सेन्टर, श्रम, मेडिकल लगायतका सुविधा भैरहवाबाटै सुरु ग¥यो भने सुनमा सुगन्ध हुनेछ । अर्को खुसीको कुरा के छ भने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कम भिजिबिलिटी हुँदा पनि जहाज उडान र अवतरण गर्न सकिने रिक्वायर्ड नेभिगेसन पर्फर्मेसन–अथोराइजेसन रिक्वायार्ड (आरएनपी–एआर) प्रणाली लागू गरिएको छ । यो प्रणाली लागू भएपछि अव कम भिजिबिलिटी हुँदा पनि जहाज अवतरण गराउन सकिने भएकोले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले खुसी लिएर आएको छ । यो विमानस्थलबाट भारतसंग सिधा एयर रुट छैन । भारतले आकास उपलब्ध नगराउँदा अनिश्चयको वातावरण सिर्जना हुन सक्छ तर निकट भविष्यमै भारतले सिधा रुट दिने आश्वासन दिएको छ । भारतले एयर रुट दिएको अवस्थामा यो विमानस्थल एउटा भरोसायोग्य विमानस्थल बन्ने छ । नेपाल सरकारले भारतले एयर रुट दिने विश्वास गरेको छ । त्यसमा भारतमाथि कुटनीतिक दवाव र पहल दुबै बढाउनेतर्फ पहल गर्न ढिलाई गर्नु हुँदैन । जेहोस भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई अहिलेको भन्दा धेरै अन्तर्राष्ट्रिय उडानमार्फत जसरीपनि सफल बनाउने विषयमा सरकार, यस क्षेत्रका पर्यटन व्यवसायी र आम जनता सवैको ध्यान जाओस् ।

यो विमानस्थललाई त्रिभुवन विमानस्थलको विकल्पको रूपमा पनि हेरिएको छ । सरकारले कुनै आकस्मिक कारणबस त्रिभुवन विमानस्थल बन्द गर्नुपर्ने अवस्थामा देशको एकमात्र बैकल्पिक विमानस्थलको रूपमा यसलाई त्यही मोडेलमा विकास गर्नु जरुरी छ । अवको दिनमा विदेश जाने नेपालीले भैरहवाबाटै अन्तर्राष्ट्रिय उडानको सेवा पाउने र लुम्बिनी भ्रमणमा आउने विदेशी पर्यटकले समेत लुम्बिनी गन्तब्य बनाएर यहीँबाट उडान अवतरणको भरपर्दो सुविधा पाए भने लुम्बिनी प्रदेशका लागि ठूलो गौरवको बिषय हुनेछ । पछिल्लोसमय उडान रोकेका अन्तर्राष्ट्रिय बायुसेवा कम्पनीहरूले उडान सुरु गरेपछि उडानको बिषयमा सिर्जना भएका अनेक आशंका र भ्रम समाप्त भएको छ । गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान रोकिँदा निजी क्षेत्र निराश हुँदै गरेको अवस्थामा उडान सुरु भएको सुखद समाचारले सवैलाई उत्साहित वनाएको छ । अवको दिनमा कुनैपनि मानेमा अन्तर्राष्ट्रिय उडान रोकिने वातावरण सिर्जना नहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?