© २०२३
बुटवल, २७ माघ । बुटवलमा जारी प्रथम लखन कप नकआउट फुटबल प्रतियोगिता २०८१ मा सियारी गाउपालिकाका विजयी भएको छ । बुटवल उपमहानगरपालिकाको संरक्षकत्व तथा लखन ब्रदर्श यूथ क्लबको आयोजनामा आईतबार भएको खेलमा आयोजक लखन (निलो) लाई २–१ गोल अन्तरले पराजित गर्दै सियारीले अन्तिम आठमा स्थान बनाएको हो ।
सियारीको जितमा मनिष सुवेदी नायक रहे । उनले सिद्घेश्वर खेल मैदानमा भएको खेलको ७ औ मिनेटमा पहिलो गोल गरे । शुरुवातमा नै तालमेलमा कमजोर देखिएको आयोजक निलो खेलको १५ औ मिनेटमा दोस्रो गोल खान पुग्यो । मनिषले नै उत्कृष्ट गोल गरे ।
आयोजकका मिलन थापाले खेलको १९ औ मिनेटमा सान्त्वना गोल गरे । खेलमा सियारीका गोलकिपर मनोज नेपाली म्यान अफ दी म्याचबाट पुरस्कृत भए । सोमबार विग बुद्ध क्लब सुनवल र द एक्स लिजेण्ड बुटवलका बिचमा खेल हुने संयोजक राम बहादुर थापाले बताए । फागुन ७ गतेसम्म चल्ने प्रतियोगितामा १६ टिमले भाग लिएका छन ।