© २०२३
बुटवल, २७ माघ । बुटवलमा जारी प्रथम लखन कप नकआउट फुटबल प्रतियोगिता २०८१ मा रामनगर युवा परिवार विजयी भएको छ । बुटवल उपमहानगरपालिकाको संरक्षकत्व तथा लखन ब्रदर्श यूथ क्लबको आयोजनामा शनिबार भएको खेलमा योग ब्याईज एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै रामनगरले अन्तिम आठमा स्थान बनाएको हो ।
सिद्घेश्वर खेल मैदानमा भएको खेलको २७ औ मिनेटमा अमित शर्माले गरेको गोल नै निर्णायक भयो । खेलमा रामनगरका अमित शर्मा खेलमा म्यान अफ दी म्याचबाट पुरस्कृत भए । आईतबार आयोजक लखन (निलो) र सियारी गाउपालिकाका बिचमा खेल हुने संयोजक राम बहादुर थापाले बताए । फागुन ७ गतेसम्म चल्ने प्रतियोगितामा १६ टिमले भाग लिएका छन ।