ट्रेंडिंग:

>> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण

माओवादीको पक्षमा जनलहर बढ्दै : पूर्वसभामुख महरा

२७ माघ २०८१, आइतबार
२७ माघ २०८१, आइतबार

बुटवल, २७ माघ ।

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महराले २०८४ सालको संघीय चुनावमा माओवादी केन्द्रले एकल बहुमत ल्याउने दाबी गरेका छन् ।

रुपन्देहीस्थित लुम्बिनी साँस्कृतिक नगर समितिको तेस्रो अधिवेशनलाई सम्बोधन गर्दै उनले माओवादीको पक्षमा जनलहर बढ्दै गएको बताए । उनका अनुसार वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्ट सचेत नागरिकहरू देशभर माओवादी केन्द्रमा प्रवेश गरिरहेका छन् ।

उनले जनताको विश्वास जित्न नेता तथा कार्यकर्ताहरूलाई घरदैलो अभियानमा सक्रिय हुन निर्देशन दिए। नेता महराले माओवादी केन्द्रले मुलुकलाई आर्थिक, सामाजिक, तथा राजनीतिक रूपमा रूपान्तरण गर्ने स्पष्ट एजेन्डा अघि सारेको हुँदा जनताको आकर्षण बढ्दै गएको बताए। “आज मुलुकमा अन्योल र निराशा छ। सरकारको रवैया जनतामैत्री छैन। तर, माओवादी केन्द्रले स्थिर राजनीति, समृद्ध अर्थतन्त्र र समानताको पक्षमा उभिएको छ। यही कारण जनता हाम्रो पक्षमा एकजुट भइरहेका छन्,” उनले भने।

महराका अनुसार पूर्वदेखि पश्चिमसम्म सचेत नागरिकहरू माओवादी केन्द्रमा प्रवेश गरिरहेका छन्। माओवादिले सरकारमा जानुभन्दा जनतामाझ जाने नीति बनाएको बताए । महराले माओवादी केन्द्र आगामी तीन वर्षसम्म सरकारमा सहभागी नहुने स्पष्ट पारे। बरु, पार्टीका नेता–कार्यकर्ताहरू जनताको घरदैलोमा पुगेर संवाद गर्ने नीति लिएको बताए।

“माओवादी केन्द्र २०८४ सम्म सरकारमा जाँदैन। बरु, हरेक नेता–कार्यकर्ता गाउँ, बस्ती, टोल र नागरिकका घरदैलोमा पुग्छन्। सत्ताभन्दा पनि जनताको विश्वास जित्नु महत्वपूर्ण छ,” महराले भने।उनका अनुसार माओवादी केन्द्रले संगठन सुदृढीकरण, युवापुस्ताको परिचालन, र विकासका ठोस योजनाहरू लिएर जनता समक्ष जानेछ। उनले माओवादि केन्द्रले सिमान्तकृत समुदायका अधिकारका लागि प्रतिबद्धता रहेको बताए नेता महराले माओवादी केन्द्रले मधेसी, मुस्लिम, थारू, दलित, जनजाति तथा अन्य सिमान्तकृत समुदायहरूको हकहितका लागि संघर्ष जारी राख्ने बताए।

“दसवर्षे जनयुद्ध केवल सत्ता प्राप्तिका लागि थिएन, यो जनताको मुक्तिका लागि थियो। हामीले गरेका बाचा पूरा गर्ने समय आएको छ,” उनले भने। उनले जनयुद्धकै कारण मुलुकमा संघीयता, धर्मनिरपेक्षता, समावेशीता र समानुपातिक प्रणालीको स्थापना सम्भव भएको बताए।महराले २०८४ को चुनावलाई लक्षित गर्दै माओवादी केन्द्रले व्यापक जनमत निर्माण अभियान सञ्चालन गर्ने जानकारी दिए।

पार्टीले संगठन पुनर्गठन, जनपरिचालन, तथा स्थानीय स्तरमा माओवादीको पहुँच विस्तार गर्ने लक्ष्य राखेको छ।“अब हामी फेरि जनताको घरदैलोमा पुग्नेछौँ, उनीहरूको गुनासा सुन्नेछौँ र माओवादी आन्दोलनलाई नयाँ उचाइमा पु¥याउनेछौँ,” महराले भने। उनले पार्टीका कार्यकर्तालाई अनुशासित, सक्रिय र संगठित भएर जनताको सेवामा समर्पित हुन निर्देशन दिँदै माओवादी केन्द्रलाई २०८४ मा पहिलो पार्टी बनाउने लक्ष्य पूरा गर्न जुट्न आग्रह समेत गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?