© २०२३
काठमाडौँ ।
चितवनको सेतीदोभानमा बस दुर्घटना भएको छ। आज बिहान करिब पौने पाँचबजे बस दुर्घटनामा परेको हो।
बाँकेको नेपालगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको लु.प्र.०३-००१ ख ००७७ नम्बरको बस पुलबाट २० मिटर तल खसेर दुर्घटना भएको इलाका प्रहरी कार्यालय मुग्लिनकी प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिइन्।
‘बसमा २९ जना सवार थिए। घाइते १५ जनालाई घटनास्थलबाट उद्धार गरेर भरतपुर पठाइएको छ। बाँकी घाइतेको उद्धार कार्य जारी छ,’ इन्सपेक्टर निरलाले नेपालखबरसँग भनिन्।
दुर्घटनामा केही यात्रु गम्भीर घाइते भएका छन्। घटनाको थप विवरण आउँन बाँकी छ।