Butwal Today

हत्याको अभियोगमा घरधनि पक्राउ

२६ माघ २०८१, शनिबार
अ+
अ-

पाल्पा ,२६ माघ । तानसेन नगरको अर्गलीको साचाका ३१ वर्षिय माधब बिष्ट हत्या आरोपमा पक्राउ परेका छन । रिब्दीकोट गाउपालिका जोगीथुम्काका ५२ वर्षिय रुद्रबहादुर बुढाथोकीको हत्यामा संलग्न रहेको भन्दै घरधनि विष्टलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धानको प्रकृया अगाडि बढाएको हो । तानसेन नगरको अर्गलीको साचामा डेरागरी बस्ने बुढाथोकी आफनै कोठामा मृत अवस्थामा भेटिएका थिए ।

शरीरका विभिन्न भागमा चोटै चोट भएको अवस्थामा हत्यामा संलग्न भएका कारण घरधनि ३१ वर्षिय माधब बिष्टलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रकृया पुरा गरीएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक सुनिल मल्लले बताए । ज्यामी काम गरी बसेका बुढाथोकीलाई लेनदेनको विषयलाई लिएर हत्या गरेको हुन सक्ने प्रहरीले जनाएको छ ।