ट्रेंडिंग:

>> हिसानको खेल सप्ताह सुरु >> निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका >> ‘प्रदर्शनीले बढाउँदै औद्योगिक जागरण’  >> इट्टा व्यवसायीद्वारा बोर्डको निर्णय उल्लङ्घन >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आंशिक बदली >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै >> रवि लामिछानेलाई आज रुपन्देही ल्याइने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने >> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण

थकाली युवा राष्ट्रिय अध्यक्षमा रूपन्देहीका चित्रलाल तुलाचन निर्वाचित

२६ माघ २०८१, शनिबार
२६ माघ २०८१, शनिबार

बुटवल माघ – थकाली युवा परिवार केन्द्र नेपालको दोश्रो राष्ट्रिय महाधिबेशन सम्पन्न भएको छ। बुटवलमा बिहीबार सम्पन्न दोस्रो थकाली युवा परिवार केन्द्रको राष्ट्रिय भेला एवं महाधिवेशनले रूपन्देही कञ्चनका चित्रलाल तुलाचनको अध्यक्षतामा १६ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
महाविधेशनले आगामी ३ वर्षका लागि कञ्चन गाउँपालिकाका प्रवक्ता समेत रहेका तुलाचन यस अघि थकाली युवा परिवार केन्द्रका उपाध्यक्ष थिए । महाधिबेशनले केन्द्रको वरिष्ठ उपाध्यक्षमा नवीन शेरचन (थासाङ क्षेत्र), महिला उपाध्यक्षमा बालिका शेरचन थकाली (स्याउलीबाङ, प्युठान), सचिवमा प्रकाश शेरचन (बुर्तिबाङ, बाग्लुङ), सहसचिवमा मन्दिप गौचन (बुटवल), कोषाध्यक्षमा सरोज शेरचन (बुटवल) र सहकोषाध्यक्षमा रक्षा शेरचन (काठमाडौंं) लाई चयन गरेको छ ।

यसैगरी, सदस्यहरूमा निशान तुलाचन (थासाङ), योगेश गौचन (कुस्मा, पर्वत), टेकबहादुर शेरचन (दरबाङ, म्याग्दी), राजन शेरचन (टीकापुर, कैलाली), सिमरन शेरचन (मुग्लिन), प्रदीप भट्टचन (पोखरा), सुशील शेरचन (भैरहवा), विवेक शेरचन (भैरहवा) र विजय भट्टचन (बेनी, म्याग्दी) लाई चयन गरेको छ । अध्यक्षले तीन जना सदस्य मनोनीत गरेसँगै कार्यसमिति १९ सदस्यीय हुने छ । बुटवल स्थित फ्लामिङ्गो होटलमा सम्पन्न महाधिवेशनको अवसरमा बुधबार पूर्व राष्ट्रिय क्रिकेटर शक्ति गौचन र साहित्यकार मनिषा गौचनलाई सम्मान गरिएको थियो ।
यसैगरी प्रभु बैंकका सीईओ अशोक शेरचन, चलचित्र निर्देशक दीपेन्द्र गौचन हाल इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट (आईआईडीएस)का कार्यकारी निर्देशकका रूपमा कार्यरत विश्वास गौचनलाई सम्मान गरिएको थियो ।

महाधिबेशनमा पोखरा, काठमाण्डौ, बुटवल, भैरहवा लगायतका १९ क्षेत्र र बिदेशमा ३ क्षेत्र गरी २२ क्षेत्रबाट करिब ७५ जना भन्दा बढी प्रतिनीधि तथा प्रयवेक्षकको सहभागिता रहेको थियो ।

दुई दिनसम्म संचालन भएको महाधिवेशनमा थकाली युवाहरूका लागि थकाली अर्थविज्ञहरू, आदिवासी जनजाति युवा महासंघ, थकाली अनुसन्धान केन्द्र तथा युवा थकाली व्यवसायीहरूबाट उद्यमशीलता सम्बन्धी ज्ञान प्रशिक्षण समेत संचालन गरिएको थियो ।
प्रतिनीधि सभा सदस्य योगेश गौचन थकालीले उद्घाटन गर्दै हरेक परिवर्तनमा युवाहरुको भुमिका महत्वपूर्ण रहेको बताए । महाधिबेशनमा प्रतिनिधि तथा प्रवेक्षक गरी ७५ जना प्रतिनिधिहरू सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?