© २०२३
बुटवल २५ माघ – फर्निचर उद्योग संघ रूपन्देहीको आयोजनामा भएको उद्योगीहरूले भेलामा तिलोतमा नगर स्तरीय फर्निचर अनुगमन उपसमिति चयन गरेका छ । तिलोतमा नगर स्तरिय फर्निचर अनुगमन उपसमिती अनिरुद्र खनाल को सयोजकत्वमा सात सदस्यीय समिति गठन भएको हो । जसको सहसयोजक देबेन्द्र शर्मा, सचिब केशव ज्ञवाली र सदस्यहरू गोबिन्द सारु, रामचन्द्र कंडेल, रूपेस गौतम, मोहन शाह रहेका छन् ।
भेलामा जिल्ला अनुगमन समिती सयोजक जिबकान्त काफ्लेले फर्निचर संघ रूपन्देहीले स्थापना कालदेखि नै अनुगमनलाई नियमित गर्दै आएको भन्दै यसबाट बिना दर्ता र घुमन्ते कामदार, ठेकेदार समूहलाई रोक्ने महत्वपूर्ण अभियान भएको बताए । स्थानीय उपभोक्ताको घर घरमा गई फर्निचर उत्पादन गरि दिदा दर्ता भएर संचालनमा रहेका फर्निचर ब्यवसायी मर्कामा परेका छन भने स्थानिय सरकारलाई लाखौको राजस्व कर चुहावट भएको उनले बताए । उद्योगीहरूको उद्योगमा काम नहुदा कामदार पलायन हुँदै जाने समस्या रहेको बताए ।
कार्यक्रममा फर्निचर उद्योग संघ रूपन्देहीका अध्यक्ष तेज प्रसाद पराजुलीले तिलोतमा नगर भित्र संघबाट बिगतका बर्षहरूमा पनि अनुगमन भएको बताए ।
कार्यक्रममा तिलोतमाका नगर प्रमुख रामकृष्ण खाडले तिलोतमा नगरपालिका भित्र स्थानिय निकाय फर्निचर संघ स्थानिय संघसस्था सहित अनुगमन गर्न पहल गर्ने बताए ।