ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

सामाजिक सञ्जालमा अपरिचित व्यक्तिलाई विश्वास गर्दा तीन लाख सहित गयो जमुनाको ज्यान

२६ माघ २०८१, शनिबार
२६ माघ २०८१, शनिबार

रुकुम पश्चिम, २६ माघ ।

रुकुम पश्चिममा एक महिला अनलाईन ठगीको सिकार बनेकी छन्। केही दिन अगाडी रुकुम पश्चिमको सानीभेरी गाउँपालिका (८ तल्लो आमडाँडाकी २५ वर्षीया जमुना रसाईली लाई सामाजिक सञ्जालमा दश लाख रुपैयाँको गिफ्ट पाएको अपरिचित व्यक्ति बाट जानकारी आउँछ । उनलाई अनलाईन ठगीको प्रलोभनले मन तान्छ । कुराकानी गर्दै गर्दै जादा जमुनालाई ती व्यक्तिले केही रकम पहिले जम्मा गरेपछि गिफ्ट बापत ८ लाख रुपैयाँ पाउने जानकारी गराउँछ ।

उनीहरुको कुराकानी बढ्दै जाँदा बारगेनिङ गरेर जमुनाले आफु सँग भएको गरगहना , नगद जम्मा गरेर ३ लाख रुपैयाँ पठाउँछिन अपरिचित व्यक्तिलाई रकम पठाएको केही समयमै उनलाई ब्लग गरिन्छ । गिफ्ट पाउन लोभमा उनले आफुलाई ठगिरहेको थाहा नपाएपछी तनाब लिएर उनी घर बाट निस्किन पछिल्लो दिन घर नजिकै मृत अवस्थामा फेला परिन्। उनको श्रीमान रोजगारीका लागी भारतमा गएका छन्। श्रीमान् विनोद विकलाई फोन गरेर आफू ठगिएको बारेमा जानकारी गराएर उनी मृत फेला परेकी छन । शुक्रवार उनको घर नजिकैको जंगलमा शव फेला परेको हो ।

जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रमेश विष्टले शुक्रवार बिहान आफ्नो घर देखि नजिकैको स्याला भन्ने जङ्गलमा जमुना झुण्डिएको अवस्थामा मृत फेला परेको जानकारी दिए । उनका अनुसार अनलाईन ठगीको कुनै निवेदन नपरेको र प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ । आफ्नै सलले पासो लगाएर झुन्डिएको अवस्थामा भेटिएकी उनले आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ । जमुना अनलाइन गिफ्टको नाममा हुने ठगीमा परेर तीन लाख रुपैयाँ डुबेपछि तनावमा रहेको पारिवारिक स्रोतले बताएको छ । उनलाई १० लाख बराबरको गिफ्ट परेको म्यासेज आएपछी जमुनाले ३ लाख रुपैयाँ दिएकी थिइन्। उनले पैसा पठाउना साथ ब्लग गरिएको थियो ।

आफु सँग भएको गरगहना र नगद अपरिचित व्यक्तिको खातामा जम्मा गरेपछि उनलाई ब्ल्क गरिएको परिवारले जनाएको छ । जमुना उनका सासुससुरा सँगै बस्दै आएकी थिईन्। पछिल्लो समय नेपालमा सामाजिक सञ्जाल फेसबुक, मेसेन्जर, ह्वाट् एप, ईमेल लगायतबाट लोभ देखाएर ठगी गर्ने क्रम अझै रोकिएको छैन । त्यस्ता गिरोहले , गिफ्ट, चिठ्ठा र पार्सल पठाइदिन्छु भन्दै लाखौँ नगद ठगी गर्दै आएको छ । बिभिन्न प्रलोभन देखाई ठगी गर्ने र त्यसपछी धेरैले आत्महत्या गर्नेको सङ्ख्या बढ्दै गएको छ । साइबर ब्युरोका अनुसार सामाजिक सञ्जाल फेसबुकका कारण सबैभन्दा बढी पीडित भएका उजुरी दर्ता हुने गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?