Butwal Today

सुनको भाउमा सामान्य गिरावट, आज कतिमा हुँदै छ किनबेच?

२५ माघ २०८१, शुक्रबार
अ+
अ-

काठमाडौ, २५ माघ ।

नेपाली बजारमा सुनको भाउ शुक्रबार चार सय रुपैयाँले घटेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार, शुक्रबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले घटेर १ लाख ६८ हजार १०० रुपैयाँमा झरेको छ।

यसअघि बिहीबार छापावाल सुनको मूल्य १ लाख ६८ हजार ५०० रुपैयाँ कायम भएको थियो। यसअघि मंगलबार, बुधबार र बिहीबार सुनको भाउ क्रमशः प्रतितोला १ हजार ९००, २ हजार २०० र १ हजार ६०० रुपैयाँले बढेको थियो। यता, शुक्रबार चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले बढेर १ हजार ९८५ रुपैयाँ कायम भएको छ।