ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

सतप्रतिशत कार्यान्वयन होस् सरकारको खर्च कटौतीको निर्णय

२५ माघ २०८१, शुक्रबार
२५ माघ २०८१, शुक्रबार

सरकारले सार्वजनिक खर्चलाई मितव्ययी बनाउने भन्दै भत्ता तथा अन्य सुविधामा व्यापक कटौती गर्ने निर्णय गरेको छ । त्यसो त यसअघि पनि धेरैपटक सरकारी खर्च कटौती भन्दै मन्त्रिपरिषदले एकातिर निर्णय गर्ने र अर्कोतीरबाट उल्लंघन गर्ने काम नभएको होइन । तसर्थ यसपटक पनि यो निर्णय कार्यान्वयनमा आउँछ भन्ने विश्वास गरिहाल्ने अवस्था छैन् । सस्तो लोकप्रियताका नाममा धेरैपटक गरिएका यस्ता निर्णय रद्दीको टोकरीमा मिल्काउने काम भएको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले फेरी त्यस्तै निर्णय गरेको छ । जुन सुरुमै आशंकामा परेको छ । सार्वजनिक खर्चलाई मितव्ययी तथा प्रभावकारी बनाउनेसम्बन्धी मापदण्ड पारित गर्दै यस्ता सुविधामा कटौतीको व्यवस्था गरेको हो । सुन्दा र पढ्दा राम्रो लाग्ने, के के न होला भन्ने भान परेपनि पछि मन्त्रिपरिषदकै सदस्यहरूले आफैले गरेको निर्णय अवज्ञा गर्ने परम्परा कायमै रहेको अवस्थामा यो पनि त्यसैको निरन्तरता हो भन्दा अत्युक्ति हुँदैन । जेहोस सरकारले यसपटक पनि निर्णयमाथि निर्णय गर्ने काम भएको छ । अव यसको पूर्ण कार्यान्वयन होस भन्ने आम जनताको आशा र विश्वास माथि तुषरापातको खेती नहोस् । सोमबारको मन्त्रिपरिषद बैठकले कुनैपनि प्रकारको प्रोत्साहन भत्ता, अतिरिक्त समय काम गरेबापतको भत्ता, जोखिम भत्ता, विशेष भत्ता लगायतका भत्ता लिन नपाइने निर्णय गरेको छ ।

सरकारी आवास प्रयोग गर्ने पदाधिकारीले आवास सुविधा बापतको रकम पनि लिन पाउने छैनन् । उक्त मापदण्डले नियमित कामको लागि पनि बैठक भत्ता प्रदान नगर्ने व्यवस्था गरेको छ तर कानुन बमोजिम गठन भएको समिति वा कार्यदलको लागि कार्यालय समयअघि वा पछि काम गरेको अवस्थामा बैठक भत्ता भुक्तानी गर्न बाधा पर्ने छैन भनिएको छ । यसैगरी, कार्यक्रम तथा मनोरञ्जन खर्च अन्तर्गत नियमित प्रकृतिको कामलाई कार्यक्रम खर्चमा राखी सञ्चालन गर्न पाइने छैन । कार्यक्रम खर्चबाट मर्मत, इन्धन, बैठक भत्ताजस्ता शीर्षकमा खर्च लेख्न नपाइने व्यवस्था गरिएको छ । यससँगै, विदेशी अतिथि तथा पाहुनाको लागि गरिने अतिथि सत्कारका लागि बाहेक अन्य अवस्थामा सरकारी खर्चमा भोजभतेर गर्न नपाईने निर्णय गरिएको छ । त्यसैगरी अर्थ मन्त्रालयको सहमति बेगर कुनैपनि प्रकारको आर्थिक सहायता, राहत, क्षतिपूर्ति वा अनुदान वितरण गर्न नपाइने, सरकारी स्रोत र वैदेशिक ऋणबाट आवासीय गोष्ठी गर्न नपाइने, स्वदेशी वस्तु उपयोग गर्नुपर्ने, औषधिको खरिद वेवसाइटमा राख्नुपर्ने, सरकारका केन्द्रीय निकाय, जिल्लास्थित कार्यालय र प्रदेश तथा स्थानीय तहका प्रशासकीय भवन निर्माण गर्दा एकरूपता कायम गर्नुपर्ने निर्णयमा उल्लेख छ । यस्ता धेरै निर्णय मन्त्रिपरिषद वैठकले गरेका छन् । ती निर्णय कार्यान्वयन भए त्यो देशका लागि दूरगामी महत्वको हुनेछन् । तर, निर्णय गर्ने तर कार्यान्वयन नगर्ने हो भने जनताको लागि ‘लंकामा सुन छ, मेरा कान बुच्चै’ हुनेछ ।

सरकारले निर्णय कार्यान्वयन भए नभएको अनुगमन गर्न उच्चस्तरीय समिति वनाउने निर्णय समेत गरेको छ । त्यो समितिलाई निर्णय नमान्ने, अटेर गर्ने, सरकारको खर्च अनावश्यक रूपमा बढाउने कार्यालय तथा कर्मचारीमाथि कारवाही गर्ने अधिकार समेत दिनु जरुरी छ । होइन भने सरकार आफै अनुगमन गर्ने र कारवाही गर्नेतर्फ लाग्यो भने त्यसले खासै परिणाम दिनेछैन् । जेहोस् केही नहुनुभन्दा सरकारले कमसेकम निर्णय गरेर जनतालाई आश्वस्त वनाउने कोशिस चाहिँ गरेको छ । यसले सरकारप्रति थोरै भएपनि आशा जागृत गराएको छ । सरकारले आफ्नो निर्णय कार्यान्वयन गर्ने तत्परता देखायो भने भोली आउने सरकारका लागि पनि नयाँ सन्देश हुने छ । तसर्थ निर्णय गर्ने तर कार्यान्वयन नगर्ने होइन, आफूले गरेको निर्णयलाई दिगो र परिणामुखी वनाउनेतर्फ पनि सरकारको पहल जरुरी छ । कतिपय हतारमा गरिएका निर्णयले विवाद समेत निम्त्याएको अवस्थामा यो सरकारी खर्च कटौतीको यो निर्णय सतप्रतिशत कार्यान्वयन होस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?