ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

नेपालको राजनीति र उमेशको नियती

२५ माघ २०८१, शुक्रबार
२५ माघ २०८१, शुक्रबार

उमेश निकै वेरदेखि गाउँको बाटोको किनारमा ओहरदोहर गरिरहेका थिए । यो दृश्य केही क्षण उभिएर मैले नियाँले । उनी एकोहोरो यताउता गरेको कारण थाहा हुन सकेन । उनको मुहारमा कतिवेला आक्रोस झल्कन्थ्यो भने कतिवेला निराशाको भाव देखिन्थ्यो । उनको ओहर दोहरको कारण सोध्न मन लागेर केही कदम अगाडि बढें तर बीच बाटोमा उभिएँ । उनको नजिक पुग्न मन नलागेर केही कदम फिर्ता भएँ । उनलाई हेर्दै विचार गरेँ आज हाम्रो साथीलाई के भएको होला ? कहिले यस्तो अवस्थामा कारण सोध्ने गर्दा झर्कने पनि हुनसक्छ भन्ने लागेर म फिर्ता भएको थिएँ । उमेशलाई घरायसी उल्झन पनि हुनसक्छ । उनको चिन्ता टाढा गराउन सकिने पनि त हुन सक्छ भनेर पुनः अगाडि बढें । उमेश विद्यार्थी कालदेखि राजनीतिमा संलग्न हुँदै आएका हुन् । उनले राजनीतिको थालनी गर्दा हाम्रो मुलुकमा निरंकुश व्यवस्था थियो । दलका राजनीतिक गतिविधि सबै भूमिगत हुनेगर्थे । उमेशले पनि त्यही राजनीतिमा सघाएका एक पाका व्यक्ति हुन् । बहुदलीय व्यवस्था पुनः स्थापना भएपछि अरूहरूसंगै उनी पनि खुलारूपमा रहेर राजनीतिमा संलग्न भए । उनी पहिले जुन कमिटीमा बसेर काम गरेका थिए, त्यो कमिटीमा नयाँ साथीहरूको आगमन भयो । उनी किनारा लागे । कहिलेकाहीँ निर्वाचनको समयमा उनलाई बोलाइन्छ । त्यो भन्दा उता उमेशसंग कुनैपनि पार्टी कार्यकर्ताले सम्पर्क गर्दैनन् । सामान्य सभा समारोहमा खवर पाएसम्म आफै पुग्छन् । पुराना साथीहरूसंग भेट हुँदा सबैको गुनासो एकै खालको हुन्छ । “हामी भूमिगतकालमा काम गरेकाहरूलाई आजभोली सानो सोधपुछ पनि हुँदैन, अरू मान सम्मान त परै छ । अहिले त आफै जमिनबाट पार्टी उम्रिएको हो र हामीले सहजरूपमा यसको उपयोग गर्नुपर्दछ भने जस्तैगरी आजभोलीका कार्यकर्ता लाग्ने गर्छन ।” उनीहरू आपसमा बसेर यस्तै कुरा गर्ने गर्छन् । राजनीतिमा सायद यस्तै हुन्छ होला ? एउटाले अर्कोलाई पछाडि धकेल्ने अनि आफू अगाडि बढ्ने । जहाँ कहीँ यस्तै दृश्य देखिन्छ । उमेश मात्र नभएर उमेश जस्ता धेरैको गुनासो यस्तै सुनिन्छ । तर आज किन उमेशमा वेचैनी बढ्यो थाहा भएन । सोध्न समेत मेरो हिम्मत भएन । निकै वर्ष अघिदेखिको साथ संगत भए पनि कहिलेकाहीँ यस्तै संकट हुँदो रहेछ । सायद आजको उनको वेचैनी वेग्लै विषय पनि हुन सक्छ । भनेर पुनः नजिक जान मन लाग्यो ।

उमेश आफ्नै गाउँको बाटोको किनारमा यताउता गरेको दृष्य अलिक रहस्यमय लाग्यो । अनि फेरी साथीसंग सोधपुछका निम्ति निकट पुगें । उनले मेरो निकटतालाई त्यति रुचाएको जस्तो भाव देखिएन । नजिक गएर बोलाउन त बोलाएँ तर के भन्न्ने होला फेरी मनमा अलमल जागेर आयो । मेरो मनमा लागेको कुरा उनको चिन्तन भन्दा फरक रहेछ । मैले बोलाएपछि उमेशको मुहारमा अलिक चमकता देखियो । उनको मुहार पढेर मेरो मनमा केही हर्षले छायो । दुबैले कसिलो हात मिलायौं । उमेशले आफ्नो मुख खोले । म तिर औला ठड्याएर भने “यो के भएको ?” उनको कुरा नबुझेर के जवाफ दिनु ? उनले यो के भएको भनेर प्रश्न त गरे तर प्रश्न अस्पष्ट हुन पुग्यो । मैले विचार गरें उमेशको आक्रोश वास्तवमा घरायसी रहेनछ । उनले वास्तवमा वर्तमान अवस्थाबाट चिन्तित रहेछन् । दुबैजना बाटोको किनारमा बसेर गफ गर्न लाग्यौं । गाउँको बाटो भएर होला गाडीहरू खासै चलेका थिएनन् । फाट्टफुट्ट बाइक र स्कुटर केही कुदेका थिए । बाटो पक्की भएको हुनाले धुलो धुँवाको डर थिएन । त्यसैले दुबैजना बसेर गफ चल्न थाल्यो । उनले आफ्ना मनका सारा कुरा ओकले अनि मसंग जवाफ मागे । उनका जस्तै कुरा अरू साथीहरूबाट पनि सुन्दै आएको हो । पुराना पाका साथीहरूको करिव एउटै खालको भनाई छ । वास्तवमा राजनीति बुझ्न गाह्रो रहेछ । हामीले विगतमा जे कुरा सुन्यौं, सिक्यौं र जे विचार सिकायौं साथमा मुलुकलाई जहाँ लैजाने भनेर सोंचेका थियौं यो मार्ग र विचारबाट जाँदैन भन्ने अव निश्चय भएको छ । जसले जतिसुकै धक्कु पिटेपनि हामीले मार्ग बिरायौं भन्ने लाग्दछ । हामीले बुझ्न नसकेको भए वेग्लै कुरा रह्यो होइन भने उमेशको गुनासो सही हो भन्ने लाग्छ । उमेशले विगत केही समययतादेखि वर्तमान अवस्थासम्मको वारेमा विश्लेषण गरेर सुनाएका थिए । अनि यसबाट के साँच्चि हामी पार लाग्छौं ? यही कडा प्रश्न गरेका थिए । उनको प्रश्नको ठोस जवाफ मैले कसरी दिन सक्छु । हामीले राजनीति बुझेनौं भन्दा साथी रिसाउने वर्तमानमा भएका गतिविधि सही छन् भनुँ भने काँचो रुखमा आगो लगाए जस्तो हुने । हामीले जनको अधिकारको वारेमा ठूला गफ गरेर झण्डै दशक वितायौं । असी प्रतिशत भूभाग हाम्रो कब्जामा छ भनेर पनि भन्यौं । अहिले हामी आफै कसको कब्जामा छौं ? हामीलाई नै थाहा छैन ।

यो अवस्थाबाट पार पाउने त अव छाँट छैन । हिंजो बाँटेका सपनाहरूका वारेमा सामान्य नागरिकले अब प्रश्न गर्न छोडि सके । किनभने उनीहरूलाई पनि राम्रोसँग थाहा छ नेतृत्व गर्नेहरू आलिसान महलमा पसिसके र विलासिता जीवनमा लागे भन्ने कुरा । उनीहरूले प्राप्त गर्नुपर्ने पद प्रतिष्ठा धनमान जे जे प्राप्त गर्नु थियो गरे, लाग्छ अव प्राप्त गर्न बाँकी केही छैन । सत्ता प्राप्ति पछि कति सदुपयोग र कति दुरूपयोग यो पनि सामान्य नागरिकले राम्ररी बुझेका छन् अनि किन उनीहरूले वर्तमान नेतृत्व वर्गबाट अव सर्बसाधारणको जीवनस्तर परिवर्तन हुन्छ भन्ने रत्तिभर विश्वास लाग्दैन । विश्वास त कामले हुने हो । समुद्र भेटनका लागि उत्तरको बाटो लागेर हुँदैन । उत्तर लाग्नु भनेको समुद्र भेटन होइन हिमाल भेटनका लागि हो । न त हिमाल भेटन दक्षिण तर्फ लागेर हुन्छ ?

उमेशले हरदिन राजनीति राजनीतिज्ञमा विकृति आएको कुराको चर्चा गर्दछन् । पहिलेका दिन भन्दा आज उनी वढ्ता वेचैनी भएको मात्र हो । मैले उमेशको चित्त बुझाउनका लागि “अहिले सबै विग्रियो भन्ने होइन । कहिले क्रान्ति पछि प्रतिक्रान्ती हुन्छ भन्ने त सुनेको हो नि । अर्को कुरा हिंजो भूमिगत कालमा देखेको सपना सबै सत्य थिएन होला । हामीले सपना अलि ठूला देख्यौं कि ? अथवा हामीलाई अलि ठूला सपना देखाईएको पनि हुनसक्छ । फेरी राजनीतिमा आकृष्ठ गर्नका लागि यस्ता सपना नबाँडेर पनि हुने थिएन । सपना राम्रो नदेखाई कसले घर गृहस्थी त्यागेर हिंडछ र ? हामी त ज्यान गए छ भने पनि मुलुकले समृद्धि पाउँछ भनेर लागेको न हो । यही सपना अलिक बढ्ता रहेछ भनेर सम्झने हो भने सामान्य चित्त बुझ्छ होला मित्र ! तर हार खानु हुँदैन, सत्य सधै सत्य हुन्छ । जीत पनि सत्यको हुन्छ । यत्ति कुरा गरेर मैले उमेशको कुममा धाप मारेँ । उमेश लामो सास तानेर मुसुक्क हाँसे । यही हाँसेको समयमा मित्रलाई छोडनु पर्छ भनेर म उठेर पूर्वतर्फ लागें । केही मिनेट पार गर्दासम्म उनले मलाई हेर्दै थिए । यसरी हेर्नुको अर्थ सायद उनले मेरो कुरामा केही विचार गर्दै थिए होलान ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?