Butwal Today

धोकेबाज शब्द सुन्दा आफैलाई भने झै लाग्छ: एलिना चौहान

२५ माघ २०८१, शुक्रबार
अ+
अ-

काठमाडौं, २५ माघ।

गायिका एलिना चौहानले आफूलाई धोकेबाज भनेर सम्बोधन गरिनु आफूसँगै जोडिएको कुरा भएको बताएकी छन्।

शुक्रबार ह्वाइट हाउस लिटरेचर फेस्टिभलमा प्रस्तुति दिनुअघि विद्यार्थी दर्शकले धोकेबाज गीत गाउन अनुरोध गर्दा उनले उक्त कुरा सार्वजनिक गरेकी हुन्।

उनले भने, “धोकेबाज मलाई भनेको गीत? अहिले त धोकेबाज शब्द सुन्दा पनि मलाई नै भनेको जस्तो लाग्छ।”

दर्शकले सोधे कि “वान्समोर” भन्दा धेरैलाई प्रेममा धोका भएको छ कि भन्ने। यसै क्रममा उनले भने, यो पढ्ने बेला भएकाले प्रेममा नपर्न सुझाउँछु।

एलिना चौहानले यसै क्रममा थप भनिन्,मैले अहिलेको अवस्थामा धोकेबाज गीत धेरै गाउन चाहन्न। भर्खरै ब्रेकअप भएको छ, त्यसैले यस्ता गीतहरु अहिले धेरै गाउनु हुँदैन। मलाई अहिले धोकेबाज गीत गाउनको मन छैन। त्यसपछि उनले “के माया लाउछ” गीत गाएकी थिइन्।

यसका अलावा, उनले “तिम्रो मायाले बाँधेर राख”, “धोकेबाज हौं तिमी”, “कट्टा हान्दिन्छु”, “रक्सी चुरोट छाड्न पाउन्नौं”, “दुश्मन हेरेको हेरेई”, “मिनरल वाटर” लगायतका गीतहरु पनि प्रस्तुत गरिन्।

अलिकति व्यक्तिगत विषयमा कुरा गर्दै, गायिका चौहानले काठमाडौं जिल्ला अदालतमा पति विष्णु सापकोटाविरुद्ध गत शुक्रबार सम्बन्ध विच्छेदको मुद्दा दायर गरेको बताइन्।