© २०२३
बुटवल, २५ माघ ।
रुपन्देहीमा निजि लगानीमा निमार्णधिन अन्तराष्ट्रियस्तरको एक्स्ट्रा–टेक ओवल क्रिकेट मैदान करीब ६० प्रतिशत काम पुरा भएको मैदानका निर्देशक विनाद कुँवरले बताए । तिलोत्तमा नगरपालिकाको दरखसहवामा पाच वर्षभित्र पुरा गर्ने लक्ष्यसहित ०८० साल जेठ २९ गते शिलान्यास भएको मैदान तिब्र गतिमा काम भैरहेको दाबी गरेका छन । धेरै चुनौतीका बाबजुद काम नरोकिएको उनले बताए । ‘स्टेडियम निर्माणको सन्दर्भमा हामी फेरि निकै महत्वपूर्ण चरणमा आईपुगेका छौं ।’–उनले भने । नेपाल खेलकुद पत्रकार मञ्च, रुपन्देही शाखाको आयोजनामा शुक्रबार भएको पत्रकार भेटघाटमा उनले २० महिनाको अवधिमा ६० प्रतिशत बढी काम भएको बताउदै निर्धारित पाच वर्ष अघि नै मैदान पूर्ण रुपमा तैयार हुने दाबी गरे । स्टेडियममा फ्लड लाइटका सबै सामग्रीहरु आईपुगेको र अब जडानको काम शुरु हुने उनले बताए । ‘अबको एक महिनाभित्र फल्ड लाईटपूर्ण रुपमा जडान भै डे नाईट म्याच खेलाउन सकिने छ ।’–उनले भने । करीब ७ करोड रुपैया लागत अनुमान गरिएको फ्लो लाईट स्टेप बाई स्टेप काम भैरहेको उनले बताए । यो नेपालमै क्रिकेट मैदानमा पहिलो भएको उनले बताए । मैदानका साथै भौतिक संरचना निर्माणको काम पनि भैरहेको उनले बताए । चार–चार तलाको २ वटा भवन (भीआईपी बक्स, प्लेयर बक्स, चेञ्जिंग रुम र मिडिया बक्ससहित) निमार्ण भैरहेको छ । जसमा तेस्रो तलाको काम भैरहेको उनले बताए ।
जग्गा बाहेक गरि ४५ करोड रुपैया लागत अनुमान गरिएको मैदानमा आधाआधी लगानी भैसकेको उनले बताए । निमार्णकै क्रममा डिजिटल बोर्ड राख्ने, भिआईपी बिल्डिङको संरचनालाई थप फिचर बढाउने जस्ता योजनाका कारण लगानी थप हुनसक्ने उनले बताए । यो मैदान पुरा हुदा नेपाल सरकारबाट थप अर्को मैदानमा समेत फ्लड लाईट जडान हुने उनले दाबी गरे ।
एकेडेमी संचालन गरेर स्थानिय युवा खेलाडीहरुलाई प्रोत्साहन मिल्ने उनले बताए । ‘हरेक वर्ष प्रतियोगिता हुने छ ।’–उनले भने । अहिले पनि सामान्य खेलहरु नियमित भैरहेको भन्दै उनले क्यानका अधिकाश गतिविधिहरु यहा गरिदै आएको बताए । एक दिनमा प्रतियोगिता खेल्दा न्युनतम ६–८ हजार रुपैया ग्राउण्ड स्टाफ खर्च वापत ताकिएको समेत उनले बताए । अझै डेढ वर्षसम्म पूर्ण रुपमा मैदान तयार नहुने उनले बताए । मैदान ब्यवस्थापनमा अटोमेसनको काम पुरा नभएको हुदा म्यानुअल नै काम भैरहेको छ । साउथ एशियाको पहुचका कारण ईगलिस पिच बनाईएको उनले बताए । स्पिन बलरलाई फाईदा मिल्ने गरि तयार गरिएको उनको दाबी छ ।
कार्यक्रममा मैदानका निर्देशक सुर्य कुवँरले यो मैदानमा गत वर्षको फागुन यता एक सय भन्दा बढी खेल भैसकेको बताए । नेपालको १९ वर्ष मुनिको विश्वकप खेलेको महिला टोली र नेपाल प्रिमियर लिग टिम लुम्बिनी लायन्सले यो मैदानमा अभ्यास गरेको थियो । भारतबाट पनि केही क्लब स्तरीय टिम आएर यहाँ आएर खेलेका छन । नेट प्राक्टिसका लागि पनि छुट्टै पिच तयार गर्ने भैरहेको छ, जुन अन्तिम चरणमा छ ।
कार्यक्रममा नेपाल खेलकुद पत्रकार मञ्च, रुपन्देहीका अध्यक्ष सुमन अधिकारीले खेलगतिविधि र पूर्वाधार विकासमा फड्को मार्दै गर्दा रुपन्देहीमा खेलकुद विधालाई मुख्य बनाएर कलम चलाउने पत्रकारहरुको दक्षता अभिवृद्धिमा समेत जोड दिन जरुरी रहेको बताए । मंचमार्फत आगामी दिनमा क्षमता विकास र अभिमुखिकरण कार्यक्रम गर्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे, सल्लाहकार खिमानन्द भट्टराई, बिनोद परियार, प्रेस चौतारी रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेल, नेपाल प्रेस युनियन रुपन्देहीका सभापति कबिन्द्र नेपाल, मंचका सचिव स्वस्तिक श्रेष्ठले मैदानका बारेमा जिज्ञासा राखेका थिए ।