© २०२३
बुटवल, २४ माघ ।
गुलेरियाकी आकृति ढकाल लनटेनिस कोर्टमा भेटिन्छिन । ¥याकेट समाउने, बललाई मिलाएर हान्ने तरिकाहरू उनले सिक्दैछिन । सनराईज ईगलिस बोर्डिङ स्कुल कक्षा ६ मा अध्ययरत उनी खेलमा सानैदेखि रुचि राख्ने गरेको बताईन । टिभीमा लनटेनिस हेरेकी उनलाई खेल्न अझ रमाईलो लागेको बताईन । ‘खुबै मजा आयो,’ उनले भनिन । उनी एक हप्ते लनटेनिस कोर्ष लिदैछिन ।
समरज्योती स्कुल, कक्षा ५ मा अध्ययनरत प्रियान्सी खत्री पनि अहिले टेनिसमा आकर्षित भईन । सानैदेखि खेलमा रुचि भएकी उनी टेनिसमा रमाएकी छिन । टेनिसमा कसरी ¥याकेट समाउने, कसरी भलि हान्नेमात्र नभई खेल अनुसासन पनि सिक्न पाएको उनी बताउँछिन । ‘टेनिस खेलमा रुचि जागेको छ ।’–उनले भनिन । विद्यालय सकेपछि उनी साँझ समयमा नै मैदानमा पुग्छिन ।
लिटिल बोर्डिङ स्कुल कक्षा ४ मा अध्ययनरत ९ वर्षका उपार्थ पौडेल पनि अहिले लनटेनिसको कखरा सिक्दैछन । बुबाआमाको खेलाडी बनाउने ईच्छा पुरा गर्न उनी मैदानमा मेहनत गरिरहेका छन । छोराको सिकाईबाट बुबाआमा धेरै खुशी छन । कोर्टमा उनले सर्भिस गर्दा बल समाउने, हातमा ¥याकेट समाउने जस्ता सामान्य ज्ञानसँगै धेरै अतिरिक्त अनुसासनका ज्ञान भएको बताए ।
बर्दिया जिल्लाको गुलेरियामा खेलप्रेमीहरूको अगुवाईमा स्थानीय सरकारबाट समेत सहयोग हँुदा ९ महिनाअघि लनटेनिस कोर्ट निमार्ण गरिएको हो । गुलेरिया कबर्ड हलमा रहेको आठ कठ्ठा क्षेत्रफलमा २ वटा कोर्ट निर्माण भएसँगै खेल गतिविधि समेत बढ्दै गएको छ । बर्दिया लन टेनिस संघका अध्यक्ष दिपक शर्माले कोर्ट निर्माण भएको एक वर्षमा धेरै खेलकुदका गतिविधिहरू गरेको बताउँछन । काठमाडौं केन्द्रित टेनिस अहिले नेपालको पश्चिम कुनातिर समेत आफूहरूले खेल्न र सिकाउने माहौल तयार गरेको उनले बताए । गुलेरिया यसअघि नै फुटबल, क्रिकेट, खोखो खेलमा राष्ट्रिय खेलाडी उत्पादन गर्ने क्षेत्रको रूपमा पहिचान बनाएको भन्दै अब टेनिसमा पनि राम्रो भविष्य देखेको उनले बताए । यसैबीच प्रशिक्षक भित्राएर नै पहिलोपटक गुलेरियामा टेनिस तालिम समेत आयोजना गरिदा यसले थप हौसला बढेको उनले बताए । ‘युवा खेलाडी उत्पादन गर्ने गरि काम गर्दैछौं’–उनले भने । बर्दियामा पनि लनटेनिस कोर्ट निमार्णसंगै प्रशिक्षणमा समेत विशेष चासो बढेको छ । ‘पहिले हामी टेनिस खेल्नेमात्र गथ्यौ भने अहिले धेरै सिक्न सफल भएका छौं’–उनले भने । गुलेरियामा संचालन भएको बेसिक टेनिस तालिममा अहिले बिहान २० जना सिनियर र बेलुका ३५ जना बालबालिकाहरूले खेल सिक्दैछन । प्रशिक्षक विकास खड्काले गुलेरियामा टेनिस सिकाएका छन । उनि परिचित पूर्व खेलाडी तथा रूपन्देही लनटेनिसमा स्थापनाकालदेखी नै टेनिस प्रशिक्षक हुन । टेनिसको बेसिकमा ग्रिप, फोर हेन, ब्याक हेन, रेडि पोजिसन, बच्चाहरूलाई मोटिभेसन दिने जस्ता महत्वपूर्ण भूमिका हुने उनले बताए । ‘बेसिक सिकाईको छोटो समयावधिमा लनटेनिस खेल, कोर्ट, यसमा प्रयोग हुने शब्दावलीहरू समेत सिकाईन्छ,’–उनले भने । खेलप्रति माया जगाउन सके खेलाडी उत्पादन आफै हुने उनको तर्क छ ।

हाल श्री सैनिक आवासिय महाविद्यालय बुटवलका लनटेनिसका हेडकोच समेत रहेका खड्का न्यु होराईजन बोर्डिङ स्कुलका समेत प्रशिक्षक हुन । जहाबाट राष्ट्रिय र अन्तराष्ट्रिय (जुनियर) एशियन प्रतियोगितामा भाग लिएका खेलाडीहरू उत्पादन गरेका छन् । जसमा निश्चल ज्ञवाली, सहनवाज आलम, वृजेश अर्याल, रोहित रानाभाट, प्रिति गौतम, सलिना गौचन, विकास पाण्डे, आयुष गुरुङ लगायत हुन ।
यसका साथै उनी त्रिभुवन आर्मी अफिसर क्लबका समेत प्रशिक्षक हुन जहाँ उनले ५ हजार बढी अफिसरहरूलाई लनटेनिस सिकाएका छन् ।
कुनै बेला काठमाडौं केन्द्रित रहेको लनटेनिस खेल अहिले नेपालका धेरै शहरहरूमा बिस्तार हुँदै गएको लनटेनिस संघ लुम्बिनी प्रदेशका सचिव गोपाल ज्ञवाली बताउँछन । नेपालका मुख्य शहर पोखरा, बुटवल, नारायणगढ, बर्दियामा यो खेलको आकर्षण छ । पोखरा र बुटवलमा राष्ट्रियस्तरको प्रतियोगिता नै आयोजना हुँदै आएको उनले बताए । यसका साथै बालबालिकाहरूलाई लक्षित गरि विभिन्न लेभलका प्रशिक्षण समेत हुदै आएको उनी बताउँछन् । भर्खरमात्र नेपाल अन्तर्राष्ट्रिय बरियतामा समेत एक खुड्किला जिभिना फोरमा उक्लिन सफल भएको छ । नेपालको टेनिस विकासमा महत्वपूर्ण योगदान दिदै आएका नेपाल टेनिस संघका अध्यक्ष ज्योती राणा र पूर्वअध्यक्ष मनोज राणा दम्पतीबाट समेत युवा खेलाडी उत्पादनको क्षेत्रमा महत्वपूर्ण योगदान हुदै आएको छ । प्रत्येक वर्ष मन्जेयकार जुनियर प्रतियोगिता आयोजना, जिल्लाहरूमा हुने प्रतियोगितामा आर्थिक तथा भौतिक सहयोग गर्दै आएका छन ।