Butwal Today

बारा मालपोत कार्यालयमा छडके अनुगमन, १७ जना कर्मचारी अनुपस्थित

२५ माघ २०८१, शुक्रबार
अ+
अ-

रौतहट, २५ माघ।

जिल्ला प्रशासन कार्यालय बाराको एक टोलीले शुक्रबार भूमि सुधार तथा मालपोत कार्यालयमा छडके अनुगमन गरेको छ।प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र प्रसाद यादवको नेतृत्वमा गएको टोलीले अनुगमन गर्दा मालपोत अधिकृत उदयशंकर चौधरी सहित १७ जना कर्मचारी अनुपस्थित भएको पाइएको हो।

सेवाग्राहीहरूले कार्यालयको सेवा प्रवाहमा ढिलासुस्तीको गुनासो गरेपछि प्रमुख प्रशासकीय अधिकृत यादवको नेतृत्वमा यो छडके अनुगमन गरिएको थियो।अनुगमनको क्रममा अनुपस्थित रहेका कर्मचारीहरूमा मालपोत अधिकृत चौधरी, नायव सुब्बा राजकिशोर चौधरी, रामजी साह, कम्प्युटर अपरेटर जितेन्द्र प्रसाद यादव, खरिदार सुदिप साह, प्रवेज हवारी, दिपेन्द्र चौधरी, प्रविण चौधरी, सहायक कम्प्युटर अपरेटर गणेश कुमार साह, सुर्या दहैत, मुनिलाल हजारा, असेसर प्रसाद यादव, राजकिशोर यादव, चौकिदार श्यामबाबु यादव, तामेलदार दिनेश कुमार यादव र स्विपर आत्मा देवी डोम रहेका छन्।

प्रमुख प्रशासकीय अधिकृत यादवले अनुपस्थित कर्मचारीहरूलाई नियमित रूपमा कार्यालयमा उपस्थित हुन र छिटो–छरितो सेवा प्रवाहमा ध्यान दिन निर्देशन दिएका छन्।जिल्ला प्रशासनका नायब सुब्बा रत्न बहादुर स्याङतानको पनि सहभागिता रहेको टोलीले अनुपस्थित कर्मचारीहरूको हाजिरी काटेको बाराका मालपोत कार्यालय प्रमुख सालिकराम ढकालले पुष्टि गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?