Butwal Today

प्रतिनिधिसभाको बैठक माघ २७ सम्म स्थगित

२५ माघ २०८१, शुक्रबार
अ+
अ-

काठमाडौं, २५ माघ ।

प्रतिनिधिसभाको बैठक थप दुई दिनका लागि स्थगित गरिएको छ। अब, बैठक माघ २७ गते दिउँसो १ बजे बस्ने गरी तय गरिएको छ।सभामुख देबराज घिमिरेले यसका बारेमा जानकारी दिएका छन्।

शुक्रबारको बैठकमा उद्योग, बाणिज्य तथा श्रम र उपभोक्ता समितिका सभापति अब्दुल खानले ‘विद्युत व्यापार विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेश गरेका थिए। त्यस्तै, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले ‘कानुन, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहितको विधायन विधेयक, २०८०’ माथि छलफल गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। संसद सचिवालयले ‘विधायन विधेयक, २०८१’ लाई पारित गरियोस् भनी प्रस्ताव पेश गरिने जानकारी दिएको छ।