© २०२३
काठमाडौं, २५ माघ।
महिला त्रिकोणात्मक टी-२० आई सिरिजको अन्तिम खेलमा नेपालले थाइल्याण्डविरुद्ध टस जितेको छ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको टसमा नेपालकी कप्तान इन्दु बर्माले ब्याटिङ रोजेकी छन्। यस खेलमा नेपालले यसअघि पाँच खेलमा पराजय भोगेपछि अब अन्तिम खेलमा जितको लक्ष्य राखेको छ।
नेपालको टिममा दुई परिवर्तन गरिएको छ। नयाँ सूचीअनुसार इन्दु बर्मा (कप्तान), बिन्दु रावल, सम्झना खड्का, अलिशा कुमारी यादव, पुजा महतो, रुविना क्षेत्री, कविता जोशी, राजमती ऐरी, मनिषा उपाध्याय, सिता राना मगर र रचना चौधरी आजको खेलका लागि मैदानमा रहेका छन्।