© २०२३
काठमाडौं।
नेपालले थाइल्यान्डविरुद्ध ८३ रनको झिनो लक्ष्य प्रस्तुत गरेको छ।
त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृंखलाअन्तर्गत अन्तिम खेलमा नेपालले झिनो लक्ष्य प्रस्तुत गरेको हो।
काठमाडौँको कृतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङको निर्णय लिएको नेपालले २० ओभरको समाप्तिमा ७ विकेट गुमाउँदै ८२ रनको योगफल खडा गरेको हो।
नेपालका लागि ओपनर सम्झना खड्काले २९ बलमा एक चौकासहित सर्वाधिक १७ रन जोडिन् भने ब्याटर कविता जोशीले १४ रन बनाउँदा कप्तान इन्दु वर्माले १० रनको मात्रै योगदान गर्न सकिन्। अन्य नेपाली खेलाडीले दोहोरो अंकमा रनसमेत बनाउन नसकेर झिनो लक्ष्य दिएको हो।
थाइल्यान्डका लागि ओनिचा कामचोम्फुले चार ओभरमा १५ रन खर्चिँदै तीन विकेट र चानिदा सुथिरुवाङ, नटया बूचाथम र सुलीपोर्न लाओमीले समान एक एक विकेट लिन सफल भएका थिए।