ट्रेंडिंग:

>> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान

हिमाल जोगाउने साझा प्रतिवद्धता

२४ माघ २०८१, बिहीबार
२४ माघ २०८१, बिहीबार

नेपाल र बेलायतले जलवायु परिवर्तनका कारण हिमाल काला पहाडमा रूपान्तरित हुँदै गर्दा हिमाल जोगाउन साझा पहल गर्ने प्रतिवद्धता जनाएका छन । राष्ट्रपति रामचन्द्र पौडेल र बेलायतका राजकुमारबीच मंगलवार भएको भेटवार्ताले जलवायु परिवर्तन आजको विश्वको प्रमुख चिन्ताको विषय भएकाले यो समस्या समाधानका लागि सबै मिलेर काम गर्नुपर्ने बिषयमा ऐक्यवद्धता जनाईएको छ । जलवायु परिवर्तन आज विश्वको प्रमुख चिन्ताको विषय बनेको छ भने यसको प्रत्यक्ष मारमा परेको नेपालले विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा हिमाल संरक्षणको विषयलाई प्रमुखताका साथ उठाउँदै आएको छ । नेपालले हिमाल संरक्षणकै लागि सगरमाथा संवाद कार्यक्रम सुरु गर्ने तयारी गरिरहेको अवस्थामा आगामी मई १६ देखि १८ तारिखसम्म काठमाडौँमा ‘जलवायु परिवर्तन, हिमाल र मानवको भविष्य’ विषयक बृहद कार्यक्रममार्फत हिउँविनाका हिमाल कसरी जोगाउने भन्ने बिषयमा बृहद छलफल हुँदैछ । त्यसो त नेपालले सन् २०२५ लाई विश्व हिमाल संरक्षण वर्षका रूपमा मनाइँदै छ । चिन्ताको कुरा के छ भने यो बर्ष हिउँदे वर्षा नहुँदा हिमाल काला पहाडमा परिणत हुन थालेका छन् । धेरै हिमाल अहिले हिउँविहीन भएका छन । कुनै कुनै हिउँदमा वर्षा नहुनु मौसमको स्वाभाविक चक्र मानिन्छ तर हिउँदे वर्षा नहुने निरन्तरको प्रवृत्तिले नेपालका हिमाल बिस्तारै काला पहाडमा परिणत हुने चिन्ता बढेको छ । विश्वमा मौसम परिवर्तनले ल्याएको जलवायु परिवर्तनको प्रभाव नेपालका हिमाल कालो भएर देखिने क्रम बढ्दै गएको छ । यो गंभीर चिन्ताको बिषय हो । अन्नपूर्ण हिमशृंखलामा पर्ने माछापुच्छ्रे हिमालको कालो स्वरूप केही दिनयता लगातार सामाजिक सञ्जालमा आइरहेको छ । हिउँदमा हिउँ टम्म भरिएर सूर्यको किरण त्यसमा पर्दा सुनौलो हुने माछापुच्छ्रेको सौन्दर्यमा यस वर्ष पनि कालो पोतिएजस्तो देखिएको छ । मौसममा आएको परिवर्तनका कारण हिमाल कालो बन्दै जानु नेपालको लागि चुनौति हो । हिमाल हिउँले बन्छ । हिउँको दिगो संरचनाको आधार भनेको हिमनदी हो । जलवायु परिवर्तन र कार्बन उत्सर्जनको प्रभावले हिमालका नदीको अवस्था जटिल बन्दैछ । बढ्दो विश्वव्यापी तापक्रमले हिउँ पग्लने क्रम बढेको छ । हिमनदीहरू अब विस्तारै सफा पानीको नदीमा रूपान्तरण हुँदा हिमालको हिउँ र हिमाल जोखिममा पर्दै गएको अवस्था छ । अर्को चिन्ताको बिषय के छ भने हिउँद सकिन करिब एक महिना मात्र बाँकी रहँदा तापक्रम बढ्न थालेको छ । सरकारले हिमाल संरक्षणका लागि यसै वर्ष सगरमाथा संवादको घोषणा गरेर विश्वव्यापी अभियान थाल्दै गर्दा देखिएका काला हिमालले चुनौती बढाएको मान्न सकिन्छ । अवको दिनमा अन्तर्राष्ट्रिय समुदायलाई जिम्मेवार बनाएर हिमाल संरक्षण गर्ने अभियान नै सुरु गर्नुपर्ने खाँचो छ ।
समयमा पानी नपर्दा चिसो बढ्न नसकेपछि हिउँले ढाकिएका हिमालको रूपमै परिवर्तन आउनु चिन्ताको कुरा हो । त्यसो त तापमानमा बृद्धि विश्वव्यापी समस्या हो । पछिल्ला तथ्याँकहरूका अनुसार वैज्ञानिक अध्ययनले हिमालय क्षेत्रबाट हिउँ तीव्ररूपमा पग्लिरहेको देखाएको छ । गत बर्षमात्र सार्वजनिक गरिएको एक अध्ययनले संसारको सबैभन्दा अग्लो स्थानमा रहेको हिमनदी तीव्रगतिमा पग्लिरहेको देखाएको छ । सो अध्ययन अनुसार सगरमाथाको सबैभन्दा अग्लो भागमा रहेको साउथ कोल ग्लेसियरको मोटाइ गएको २५ वर्षमा १८० फिट अर्थात ५४ मिटरले घटेको छ । हिमनदीमा रहेको हिउँको थुप्रोमा भएको क्षयीकरणका कारण त्यसभित्र रहेको कालो हिउँमा सूर्यको किरण पुग्दा यसको पग्लने क्रममा तीव्रता आएको अनुसन्धानमा संलग्न वैज्ञानिकहरूले जनाएका छन । निश्चितरूपमा विश्व तापमान बृद्धिको असर नेपालको हिमाली क्षेत्रमा पर्न थालेको छ र यो बर्ष जाडो याममा पनि हिमाल हिउँबिनाका भएका छन । हिउँ नपर्दा हिमालको स्वरूप नै बिग्रिएको छ । यसले नेपालको पर्यटन क्षेत्रमा समेत असर पर्ने देखिएको छ । तसर्थ नेपालले पछिल्लोपटक सगरमाथा संवादमार्फत हिमाल संरक्षणको जुन अभियान सुरु गर्दैछ, त्यो सराहनीय छ । नेपाल र बेलायतबीच हिमाल जोगाउने बिषयमा भएको बार्ताले प्रतिवद्धतामात्रै होइन, हिमाल जोगाउने आधार तयार गरोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?