ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड

लुम्बिनी प्रदेश सरकारः छात्रवृत्तिले बढाउँदै विज्ञान पढ्ने छात्रा

विज्ञान विषय अध्ययन गर्ने छात्राको संख्या ४२४ जनाबाट बढेर अहिले २५०० छात्रा पुगेका छन् । आव ७६/७७ बाट सामुदायिक विद्यालयको कक्षा ११ र १२ को विज्ञान पढ्ने छात्रा र आव २०७७/७८ बाट आंगिक तथा सामुदायिक क्याम्पसमा उच्च शिक्षातर्फ विज्ञान पढ्ने छात्रालाई प्रदेश सरकारले छात्रबृत्ति दिन शुरु गरेको थियो ।
२४ माघ २०८१, बिहीबार
२४ माघ २०८१, बिहीबार

लमही, २४ माघ ।
लुम्बिनी प्रदेशको सरकारद्वारा प्रदान गर्ने छात्रवृत्तिले विज्ञान विषय अध्ययन गर्ने छात्राको संख्यामा उल्लेखनीय वृद्धि भएको तथ्याङ्कले देखाएको छ । कपिलवस्तुकी छात्रा अनुजा खनाल भन्छिन्, “स्नातकमा विज्ञान पढ्न आर्थिक अवस्थाले सकेको थिइन छात्रवृत्ति पाएपछि पढ्ने बाटो खुलेको छ ।” उनी जस्तै लमही नगरपालिका ५ कि सृजना बस्नेत बिज्ञान बिषयमा अध्ययन गर्न चाहे पनि घरको आर्थिक अवस्थाले अन्यौलमा परेको बेला प्रदेश सरकारको छात्रवृत्तिले आफ्नो अध्ययनको बाटो खुलेको बताउँछिन । उनी अहिले आदर्श मावि, लमहीको कक्षा १२ मा अध्ययनरत छिन ।
अनुजा र सृजना उदाहरणका पात्र हुन् । उनीहरू जस्तै धेरै छात्राले प्रदेश सरकारको छात्रवृत्तिले बिज्ञान बिषय पढ्ने अवसर पाएको बताउँछन । शिक्षा तथा सामाजिक विकास निर्देशनालय, लुम्बिनीका अनुसार विज्ञान विषय अध्ययन गर्ने छात्राको संख्या ४२४ जनाबाट बढेर अहिले २५०० छात्रा पुगेका छन् । आव २०७६/०७७ बाट सामुदायिक विद्यालयको कक्षा ११ र १२ को विज्ञान पढ्ने छात्रा र आव २०७७/७८ बाट आंगिक तथा सामुदायिक क्याम्पसमा उच्च शिक्षातर्फ विज्ञान पढ्ने छात्रालाई छात्रबृत्ति दिन शुरु गरेको हो । शिक्षाकर्मी डा. रमेश थापा भन्छन्, “छात्रवृत्तिले न केवल छात्राहरूलाई अवसर दिएको र प्रदेशकै विज्ञान तथा प्रविधि क्षेत्रमा लैङ्गिक समानताको दिशामा नयाँ मानक स्थापित गरेको छ ।” विज्ञान सहित लक्षित कोटामा प्रदेश सरकारको छात्रवृत्तिले धेरै बालिकाको उच्च शिक्षा अध्ययनको बाटो खुलाएको छ । (तालिका हेर्नुहोस्)


तुल्सीपुर उपमहानगरपालिका–७, नबलपुर डाबर निवासी रमा नेपाली पनि ज्ञान ज्योति माविको कक्षा ११ मा भर्ना त भइन् । तर शुल्क कसरी तिर्ने भन्ने चिन्ता थियो । यत्तिकैमा उनले लुम्बिनी प्रदेश सरकारले दिने छात्रवृत्तिबारे थाहा पाइन् र फारम भरिन् । रमाले वार्षिक ५ हजार रूपैयाँ छात्रवृत्ति पाइन्, जसले गर्दा उनको पढाइ उच्च शिक्षासम्म नियमित चल्न सकेको छ । रमा भन्छिन्, “हामीजस्ता गरिब दलित विद्यार्थीलाई यसले निकै ठूलो सहयोग पु¥याएको छ ।“
रमाले छात्रवृत्तिबाट कक्षा १२ हुँदै स्नातक तहको अध्ययन पनि गर्न सकेकी छिन् । उनी भन्छिन्, “स्नातक तह पढ्ने त कल्पनासम्म पनि गरेको थिइनँ । उच्च शिक्षाका लागि पनि छात्रवृत्ति रहेछ भन्ने थाहा पाएपछि छात्रवृत्ति लिएर अहिले म स्नातक अध्ययन गरिरहेकी छु । बुवाको सिलाइ पेशाको कमाइले पढ्न सक्ने अवस्था थिएन । छात्रवृत्ति पाउँदा हामीलाई पढ्न निकै सजिलो भयो।“
रमाजस्तै, दाङको राजपुर गाउँपालिकाकी माया चौधरी पनि छात्रवृत्तिबाट पढ्न पाएकी छन् । उनी मुक्त कमैया परिवारकी हुन् । हाल लमहीस्थित देउखुरी बहुमुखी क्याम्पसमा तेस्रो वर्षमा अध्ययनरत छिन्। आर्थिक अभावका कारण उनले कक्षा १० पास गरेपछि पढाइ छोड्नुपरेको थियो । पढाइ छोडेर बसेकी मायाले लुम्बिनी प्रदेश सरकारले कक्षा ११ र १२ एवं उच्च शिक्षाका लागि छात्रवृत्ति दिन्छ भन्ने जानकारी पाइन् । त्यसपछि प्रक्रिया थालेर उनले पुनः पढाइ सुरु गरिन् । माया भन्छिन्, “यो छात्रवृत्ति मेरो लागि बरदान साबित भएको छ। पढाइ छोडेर बसेकी म छात्रवृत्तिकै कारण अहिले स्नातक पढ्न पाएकी छु ।”

रेस्मी राज अर्याल
निर्देशक, शिक्षा तथा सामाजिक विकास निर्देशनालय, लुम्बिनी

लुम्बिनी प्रदेश सरकारले प्रदेशभित्रका बिज्ञान सहित अतिविपन्न, सिमान्तकृत, दलित, मुस्लिम, महिला, मुक्त कमलहरी कमैयाँ, अपांग, सहिद बेपत्ता परियार र अल्पसंख्यक बालबालिकाहरूको शिक्षामा पहुँच बढाउन र मुलधारमा ल्याउन प्रोत्साहन स्वरूप छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्दै आएको निर्देशनालयका निमित्त निर्देशक रश्मिराज अर्याल बताउँछन् । उनका अनुसार छात्रवृत्ति कार्यक्रमको उद्देश्य सामाजिक न्याय र समानतालाई प्रवर्द्धन गर्नु हो । जसमा विशेषगरी मुक्त कमलहरी, मुस्लिम, दलित, र बिपन्न समुदायका बालबालिकालाई लक्षित गरिएको छ। दलित र आर्थिक रूपमा विपन्न रमा र माया जस्ता धेरै छात्रा विद्यार्थीहरू अहिले लुम्बिनी प्रदेश सरकारको छात्रवृत्ति पाएर पढाइलाई निरन्तरता दिएका छन् । यसले गरिब दलित छोरीहरूलाई शिक्षा हासिल गर्न प्रेरणा दिएको छ । राज्यको यो प्रयासले हामीलाई आर्थिक अभावका कारण पढाइबाट वञ्चित हुनुपरेको छैन । राज्यले दलित समुदायलाई मुलधारमा ल्याउन सहज भएको प्रदेश सरकारले सामुदायिक विद्यालयमा विज्ञान पढ्ने सबै समुदायका छात्रा र जुनसुकै विषय पढ्ने मुक्त कमलहरी, कमैयाका, दलित, मुस्लिम, अपांग, बेपत्ता, सहिद परियार, अल्पसंख्यक लगायतकाले प्रदेश सरकारले तोकेको रकम बार्षिक एकमुष्ट रकम पाउने व्यवस्था छ । शिक्षा निर्देशनालय मार्फत उक्त रकमप्रत्येक बर्ष विद्यालयमार्फत विद्यार्थीलाई उपलब्ध गराउछ । शिक्षा निर्देशनालय प्रमुख अर्यालका अनुसार निर्देशनालयले ४ वर्षको अबधिमा बिज्ञान बिषयमा उच्च, कक्षा ११ र १२ पढ्दै गरेका गरेका छात्रा र अन्य, लक्षित बर्गका छात्राछात्रहरू गरी १० हजार ३ सय ५ जनालाई ८ करोड ६६ लाख ९३ हजार रकम छात्रवृत्ति बितरण गरेको छ । त्यसबाहेक पनि ठुलो परीमाणमा अपांग, सिमान्त्कृत, बिपन्न समुदायका लागि आंशिक छात्रवृत्ति प्रदान गरेको उनले बताए ।

छात्रवृत्ति रकम वार्षिक रूपमा हेर्दा लुम्बिनी प्रदेश सरकार सामाजिक बिकास मन्त्रालय अन्तगत सामाजिक बिकास निर्देशनालयले ४ बर्षको अबधिमा ११/१२ मा अध्ययनरत २००९ सय ६९ जनाले छात्रवृत्ति पाएका छन् । जसमध्ये उच्च शिक्षा तर्फ १६१ मुक्तकमैया, ४४ कम्लहरी, २८ मुस्लिम, २,५५६ जना दलितले जनही ६ हजार ६ सयका दरले सो रकम छन् । उनीहरूका लागि प्रती ब्यक्ति रु ६ हजार ६ सयका दरले भुक्तानी गरेको निर्देशनालयका बरीष्ठ अधिकृत माधब प्रसाद पोख्रेलले बताए । यद्यपि अपांगता भएका विद्यार्थीको भने फरक फरक हुने गरेको छ । चार वर्षको अवधिमा करिब ३ सय मुक्त कमलहरी र ५ हजार ४३९ दलित, मुस्लिम, र बिपन्न बालिकाहरूले करिब साढे ४ करोड रूपैयाँ बराबरको छात्रवृत्ति प्राप्त गरेका छन् ।

वार्षिक रूपमा हेर्दा आर्थिक वर्ष २०७७/७८ मा मात्रै सबै लक्षित समुदायका ५ हजर ७७ जनालाई ३ करोड ३३लाख ९३ हजार ६० रूपैया बराबरको छात्रवृत्ति बितरण गरेको छात्रवृत्ति निर्देशनालयका बरीष्ठ अधिकृत माधब प्रसाद पोख्रेलले बताए । उनका अनुसार त्रिभुवन विश्वविद्यालय माताहातका सामुदायिक र आगिक क्याम्पसमा उच्च शिक्षा अध्ययनरत १ हजार १ सय र कक्षा ११/१२ मा अध्यनरत २ हजर ९ सय ६९ जनाले छात्रवृत्ति प्राप्त प्राप्त गरेका थिए । उच्च शिक्षातर्फ दलित १७३, जनजाति २३१, महिला ३३४, मधेशी १७७, द्वन्द्वपीडित २९, सहिद ४ बेपत्ता ३ अल्पसंख्यक ३६ अपांगता भएका १६० जनाले बार्षिक ५ हजारका दरले छात्रवृत्ति पाएका छन । आर्थिक बर्ष २०७९/८० मा उच्च शिक्षा र कक्षा ११/१२ मा अध्ययनरत ५ हजार २२८ जनालाई छात्रवृत्ति बितरण गरेको थियो । जसअन्तरगत विज्ञानमा उच्च शिक्षा अध्ययनरत १५१ जनालाई २५ हजार र लक्षित समुदायका १२८ जनालाई जनही १० हजारका दरले बितरण गरेको जनाएको छ । र कक्षा ११/१२ मा बिज्ञान बिषयमा अध्यन गर्दै आएका २ हजार ४४७ जनालाई जनही १० हजार र लक्षित समुदायका २५ सय जनालाई जनही ८ हजारका दरले छात्रवृत्ति प्रदान गरेको थियो । आर्थिक बर्ष २०८९/८० निर्देशनालयले रु. ५ करोड ६४ लाख ८२ छात्रवृत्ति बितरण गरेको थियो । जसमध्ये उच्च शिक्षा बिज्ञान १५१, लक्षित मुक्तकमैया, कम्लहरी, दलित, जनजाति, मुस्लिम लगायत प्रदेश सरकारले सुचिकृत गरेका समुदाय १२८ जनाले छात्रवृत्ति पाएका थिए । कक्षा ११/१२ मा अध्यानरत बिज्ञान तर्फ २ हजार ४४७ र लक्षित समुदायवाट २५ जनाले सो सुबिधा प्राप्त गरेका छन । लुम्बिनी प्रदेश सरकारले प्रदान गर्दै आएको छात्रवृत्ति भने प्राप्त नभएको मुक्त कम्लहरी मञ्चकि केन्द्रिय अध्यक्ष हिरामोतती चौधरी बताउछिन । उनी भन्छिन्, उच्च शिक्षा पढ्नेहरूका लागि जम्मा १० हजारले नाम पनि लेखाउन पुग्दैन, किताब, डेस किन्न पनि पुग्दै अन्तत पढ्न छाडेर पून कम्लहरी बस्न बाध्य भएका छन चौधरीले भनिन ।
प्रदेश सरकारले दिँदै आएको छात्रवृत्तिले लक्षित समुदायहरूमा उत्साह ल्याएको दलित अभियान्ता शशी नेपाली बताउँछन । उनले दलित समुदायका बालबालिकाहरू आर्थिक अभावका कारण पलसटु देखि उच्च शिक्षा पढ्न नपाएको अबस्थामा छात्रवृत्तिले उनिहरू उत्साही भएको बताए । नेपालीले छात्रवृत्तिलाई निरन्तरता दिन प्रदेश सकासँग आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?